For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, August 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    अग्निसपन्दनको रापताप

    अग्निसपन्दनको रापताप

    निबन्ध

    निबन्ध

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    हाम्रो समाजको दुर्दशाको कारण–२

    हाम्रो समाजको दुर्दशाको कारण–२

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    अग्निसपन्दनको रापताप

    अग्निसपन्दनको रापताप

    निबन्ध

    निबन्ध

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    हाम्रो समाजको दुर्दशाको कारण–२

    हाम्रो समाजको दुर्दशाको कारण–२

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

संघ : संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

byDainik Nepalgunj
August 20, 2026
in News, मुख्य समाचार
0 0
0
संघ : संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
Share on FacebookShare on Twitter

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले प्रतिबद्धता सांर्वजनिक गरेको छ ।

संयुक्त प्यानलले बिहीबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामी, संघका पूर्वअध्यक्ष तथा महासंघका पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य, संयुक्त प्यानल निर्वाचन समितिका संयोजक ललितकुमार रौनियार, संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार चिरञ्जीवी ओली, संघका महासचिव भीमबहादुर रानाभाट, पूर्वमहासचिव विष्णु लामिछाने र संघका पूर्व सदस्य भास्कर काफ्लेलगायतले २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा निर्र्वाचन परिचालन समितिका संयोजक ललितकुमार रौनियारले प्रतिबद्धता पत्रमा उल्लेख गरिएका विषयवस्तुहरु प्रस्तुत गर्नु भएको थियो । ‘व्यवसायिक एकता, सहकार्य र पारदर्शिता ः बाँकेको आर्थिक समृद्धि नै हाम्रो प्रतिबद्धता’ मूल नारा रहेको प्रतिबद्धता पत्रमा बाँकेको आर्थिक समृद्धिका लागि २३ बुँदा समेटिएको छ । संघ सबलिकरण र सुदृढिकरण, नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि दवाब, नेपालगन्जमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि पहल, लगानी सम्मेलन, सुख्खा बन्दरगाहको माग, स्टार्ट अप मार्फत उद्यमशीलता प्रबद्र्धन र अवैध आयात निर्यातमा निरन्तर खबरदारी रहेको छ ।

त्यसैगरी कृषि उपज प्रबद्र्धन, जडिबुटी व्यवसाय प्रबद्र्धन, निःशुल्क स्वास्थ्य शिविर, बजार व्यवस्थापन, पर्यटन प्रबद्र्धन, महोत्सव, मेला, उद्यमशीलता र औद्योगिक प्रदर्शनी र बैंक तथा वित्तीय संघसंस्थासँग सहजीकरण गर्ने रहेको छ ।
त्यस्तै, सामूहिक बिमा कार्यक्रमको निरन्तरता, सामाजिक सेवा, व्यवसायी मैत्री नीति र कानुनमा जोड, तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन, व्यवसायीले विश्राम गर्न महिनामा १ दिन बजार बन्द, व्यवसायिक सहायता कक्ष तथा परामर्श केन्द्र र कार्यालय व्यवस्थापन लगायतका रहेका छन् ।

निर्वाचन परिचालन समितिका संयोजक ललितकुमार रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यका साथै पूर्वमहासचिव विष्णु लामिछानेले संयुक्त प्यानलका उम्मेदवारलाई मतदान गर्र्न अपिल गर्नु भएको थियो ।

कार्यक्रममा सयुक्त प्यानलबाट नेपालगन्ज उद्योग वाणिज्य संंघको अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी ओलीले पत्रकारले राखेको जिज्ञासाको जवाफ दिनुभएको थियो । ओलीले विशुद्ध उद्योगी व्यवसायीको साझा टिम बनेकाले ३ वर्षे कार्यकालमा राजनीति भन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले संघलार्ई सबै उद्योगी व्यवसायीको साझा संस्थाको रुपमा काम गर्ने बताउनु भयो ।

संयुक्त प्यानलबाट अध्यक्षमा ओली, महासचिवमा विष्णु श्रेष्ठ, उप–महासचिवमा शिवप्रसाद दाहाल र कोषाध्यक्षमा टीकामणि उपाध्याय उम्मेदवारी दिनु भएको छ । त्यसैगरी सदस्यहरुमा तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दाराम जैसी, चाँदबाबु अन्सारी, जहाँगीर मुुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, ई.नगेन्द्र शाही र शरदप्रसाद रिजाल सदस्य पदको उम्मेदवारी दिनु भएको छ । संघको निर्वाचित हुने २१ सदस्यीय कार्य समितिमा संयुक्त प्यानलबाट उपाध्यक्षद्वय उद्योगतर्फ कमलकुमार कार्की र वाणिज्यतर्फ विष्णुप्रसाद श्रेष्ठ, एसोसियट सदस्य राजीव तलंगा र अब्दुल वाहिद अन्सारी, सम्बद्ध सदस्य फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्वाचित भइसक्नु भएको छ । संघको आगामी ६ भदौमा निर्वाचन हुँदैछ ।

यस्तो छ ः संयुक्त प्यानलको चुनावी प्रतिबद्धता पत्र

‘व्यवसायिक एकता, सहकार्य र पारदर्शिता ः बाँकेको आर्थिक समृद्धि नै हाम्रो प्रतिबद्धता’
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन २०८३
संयुक्त प्यानलको प्रतिबद्धता पत्र

आदरणीय उद्योगी व्यवसायीज्यूहरु,
नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको नयाँ नेतृत्व चयनको लागि यही भदौ ६ गते निर्वाचन हुँदैछ । संघ निजी क्षेत्रको हक, अधिकारको आवाज उठाउने एउटा विश्वसनीय र नेतृत्वदायी संस्था हो । पछिल्ला केही वर्षदेखि संघमा नेतृत्व चयनको लागि देखिएको तछाडमछाड र अस्वस्थ प्रतिस्पर्धाले गर्दा संघको गरिमा र प्रतिष्ठामाथि प्रश्न उठिरहेको छ । निर्वाचनमा सधैं दुई वटा प्यानलबीच प्रतिष्पर्धा हुने र निर्वाचित भइसकेपछि पनि त्यो तुस बाँकी रहेर कार्य समिति समेत पक्ष र विपक्षमा विभाजित भइ संघले काम गर्ने वातावरण बनिरहेको छैन । यो वा त्यो प्यानलका नाममा प्रतिस्पर्धा गरेर व्यवसायीहरुलाई विभाजित गराएर न उद्योगी व्यवसायीहरुको हकहितलाई संरक्षण गर्न सकिन्छ, न संघको गरिमालाई जोगाउन सकिन्छ । यही कुरालाई मध्यनजर गर्दै यसपटक संघका पूर्वअध्यक्ष र पूर्वपदाधिकारीहरुको पहलमा संघको निर्वाचनमा सर्वसम्मत् टिम घोषणा गरिएको हो ।
सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्नुपर्ने मुख्य उद्देश्य नै एकताबद्ध उद्योगी व्यवसायी र एकताबद्ध संघको कार्य समिति बनाउने हो । सर्वसम्मत् नेतृत्व घोषणा गरिँदै गर्दा बजारमा केही साथीहरुले अनावश्यक भ्रम छरेर प्रचार गरिरहेका छन् । यस्ता भ्रमको पछाडि नलाग्न हामी सम्पूर्ण मतदाता (उद्योगी÷व्यवसायी)सँग हामी अनुरोध गर्दछौ । सर्वसम्मत् नेतृत्व चयन केवल पद बाँडफाँडका लागि मात्रै होइन, नेपालगन्ज उद्योग वाणिज्य संघमा रहेका कमीकमजोरी हटाउँदै संघ सबै वर्ग, क्षेत्र र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्दै संघलाई सबैको साझा र विश्वसनीय संस्था बनाउने हाम्रो अभियान हो । संघको गरिमालाई उच्च बनाउनका लागि संयुक्त प्यानल निम्नानुसारका सुधारका कार्यहरु गर्ने प्रतिबद्धता जनाउँछ ः

१. संघ सबलिकरण र सुदृढिकरण
नेपालगन्ज उद्योग वाणिज्य संघ जिल्ला संघ हो । यसका सदस्य जिल्लाका सबै पालिकामा छन् । जिल्लामा सबै स्थानीय तहमा रहेका उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि पालिका स्तरीय उद्योग वाणिज्य संघ गठन गरिनेछ । हरेक पालिका अध्यक्षलाई जिल्ला कार्य समितिको पदेन सदस्यको रुपमा संघमा प्रतिनिधित्व गराइनेछ । पालिका स्तरमा सदस्यता वृद्धिका लागि ‘मेरो संघ, मेरो सदस्यता’ अभियान सञ्चालन गरिनेछ । जिल्लाका धेरै भन्दा धेरै उद्योगी व्यवसायीहरुलाई संघमा आबद्ध हुन प्रोत्साहित गरिनेछ । संघको सदस्यलाई अधिकारसँगै दायित्व बोध गराउने काम पनि हुनेछ । नयाँ सदस्यले मतदानमा सहभागी हुनका लागि कम्तीमा एक वर्ष अगाडि नै फर्म दर्ता भएको हुनुपर्ने र पूरानो सदस्यको हकमा मतदाता हुनका लागि निरन्तर तीन वर्ष फर्म नविकरण गरेको हुनुपर्ने व्यवस्था गरिनेछ । यी तीन वटै निर्णयले संघको निर्वाचन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउनुका साथै संघको नेतृत्वमा आमव्यवसायीको पहुँचलाई पनि सुनिश्चितता गर्नेछ । सदस्यता सम्बन्धि व्यवस्थाका लागि विधान संशोधन गरिनेछ । विधानमा अस्पष्ट वा थप गर्नुपर्ने अन्य विषय पनि संशोधन गरिनेछ ।

२. नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि दवाब
सरकारले शिलन्यास गरेको ६ वर्ष बितिसक्दा पनि पूर्वाधार विकास समेत हुन नसकेको नौबस्ता औद्योगिक क्षेत्र निर्र्माणका लागि पहल गरिनेछ ।

३. नेपालगन्जमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि पहल
राँझा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नति गरेर नेपालका प्रमुख सहरका साथै नेपालगन्जबाट भारतको नयाँ दिल्ली लगायत प्रमुख सहरहरुमा सिधा हवाइ उडानको व्यवस्था गर्न सरकारसँग पहल गरिनेछ ।

४. लगानी सम्मेलन
संघीयताका कारण मारमा परेको बाँकेलाई बाँकेलाई औद्योगिक उत्पादन, व्यापार, शिक्षा र स्वास्थ्य सेवाको प्रादेशिक हब बनाउने दीर्घकालीन योजना तयार गर्न सरकारी र गैरसरकारी संघसंस्था र निकायसँग साझेदारी गरेर लगानी सम्मेलनको आयोजना गरिनेछ । सम्मेलनमार्फत लगानीकर्ताहरुलाई आकर्र्षित गरिनेछ । लगानी सम्मेलन गर्नु अघि सम्भाव्यता अध्ययन गरिनेछ ।

५. सुख्खा बन्दरगाहको माग
तेस्रो मुलुकबाट बस्तु आयात निर्यात सहजीकरणका लागि सरकारसँग सुख्खा बन्दरगाह निर्माण गर्न माग गर्दै संघले निरन्तर दवाब दिनेछ । आइसीपीमा मालसामान आयात–निर्यातमा लाग्ने समय र लागत घटाउन पहल गर्नुका साथै आइसीपीमा आवश्यक पूर्वाधार, गोदाम, पार्किङ, कन्टेनर व्यवस्थापन, सुरक्षा तथा डिजिटल प्रणालीको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य र समन्वय गर्नेछ ।

६. स्टार्ट अप मार्फत उद्यमशीलता प्रबद्र्धन
युवा तथा महिला उद्यमशीलता प्रबद्र्धनका लागि संघले सरकारी र गैरसरकारी संघसंस्था र साझेदार निकायसँग स्टार्ट अप कार्यक्रममा जोड दिइनेछ । त्यसका लागि आवश्यक पर्ने सीप विकास, स्वरोजगार र रोजगारमूलक तालिम आयोजना गर्नेछ । महिला तथा युवा उद्यमीका उत्पादनको बजार विस्तार तथा ब्रान्डिङमा पनि सहयोग गरिनेछ । व्यवसायिक प्रतिष्ठानमा कार्यरत कर्मचारीकोे क्षमता अभिवृद्धिका कार्यक्रमलाई पनि प्राथमिकताका साथ सञ्चालन गरिनेछ ।

७. अवैध आयात निर्यातमा निरन्तर खबरदारी
नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध व्यापार तथा चोरी–पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, प्रहरी र प्रशासनलगायतका सम्बन्धित निकायसँग नियमित समन्वय र पहल गरिनेछ । स्वदेशी उत्पादनकोे प्रयोग र स्वदेशमै खरिददारी गर्न संघले उपभोक्ता सचेतना कार्यक्रमको निरन्तरता दिनेछ ।

८. कृषि उपज प्रबद्र्धन
कृषि उपजको बजारीकरण प्रबद्र्धन गर्न सम्बन्धित निकायसँग सहकार्य गरिनेछ । स्थानीय उत्पादनको ब्रान्डिङ, प्याकेजिङ तथा गुणस्तर सुधारका लागि पहल गरिनेछ । आवश्यकताका आधारमा सहरी क्षेत्रमा पनि हाट बजारको सम्भाव्यता अध्ययन गरी सरोकारवाला निकायलाई सुझाव दिइनेछ ।

९. जडिबुटी व्यवसाय प्रबद्र्धन
जडिबुटी संकलन, प्रशोधन, भण्डारण र निर्यातमा सहजीकरणका लागि नेपाल जडिबुटी व्यवसायी संघसँग समन्वय गरेर संघले प्राथमिकताका लागि काम गर्नेछ ।

१०. निःशुल्क स्वास्थ्य शिविर
संघले उद्योगी व्यवसायीका लागि आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नेछ । सदस्यहरुका लागि विभिन्न अस्पतालसँग सहकार्य गरेर सहुलियत दरमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ ।

११. बजार व्यवस्थापन
सफा सुग्घर र सुन्दर सहर निर्माणका लागि फोहर व्यवस्थापन, सौन्दर्र्यकरण र ट्राफिक व्यवस्थापन, फुटपाथ, पार्किङ्ग, सडक, सडक बत्ती, विद्युत, खानेपानी, सुरक्षा, यातायात, पार्किङ्ग, शौचालय, लगायत विषयमा स्थानीय सरकार र सम्बन्धित कार्यालयसँग सहजीकरण गरिनेछ । अव्यस्थित सडक व्यवसायलाई स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर व्यवस्थित रुपमा सञ्चालनका लागि पहल गरिनेछ ।

१२. पर्यटन प्रबद्र्धन
बाँके राष्ट्रिय निकुञ्ज, शक्तिपीठ बागेश्वरी, बाबा बर्फानी, सन्तानेश्वरलगायत जिल्लाका धार्मिक, सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनको प्रबद्र्धन गर्न पर्यटन बोर्र्ड, पर्यटन कार्यालय, नाट्टा, होटल, ट्राभल र टुर व्यवसायी, यातायात तथा पर्यटन व्यवसायी लगायत सरकारी र गैरसरकारी संघसंस्थाका साथै विभिन्न निकायहरुसँग समन्वय, सहकार्य र साझेदारीमा काम गरिनेछ ।

१३. महोत्सव, मेला, उद्यमशीलता र औद्योगिक प्रदर्शनी
स्थानीय उत्पादन र व्यापार व्यवसाय प्रबद्र्धनका नेपालगन्जमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महोत्सव, व्यापार मेला, रोजगार मेला, उद्यमशीलता र औद्योगिक प्रदर्शनी गर्नेछ ।

१४. बैंक तथा वित्तीय संघसंस्थासँग सहजीकरण
संघले व्यवसायिक हकहितका लागि बैंक तथा वित्तीय संस्थासँग सहजीकरण गर्नेछ । उद्योगी व्यवसायीका लागि सहुलियत ऋण उपलब्ध गराउन पहल गरिनेछ ।

१५. सामूहिक बिमा कार्यक्रमको निरन्तरता
व्यवसायीको जीवन सुरक्षाका लागि संघले सामूहिक बिमा कार्यक्रमलाई निरन्तरता दिनेछ ।

१६. सामाजिक सेवा
संघले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सेवाका कार्यहरु गर्नेछ ।

१७. व्यवसायी मैत्री नीति र कानुनमा जोड
कर, राजस्व, भन्सार, बैंकिङ्क, उद्योग, वाणिज्य, पर्यटन सम्बन्धि व्यवसायमैत्री नीति तथा कानुन निर्माणका लागि सरकारलाई सुझाव दिइनेछ । तीन तहकै सरकारसँग विषय र एजेण्डागत रुपमा समन्वय, सहकार्य र साझेदारी गरिनेछ । घर बहाल करका लागि स्थानीय तहले गरेको मूल्याङ्कन पुनरावलोकन गर्नका लागि दवाब दिने, छलफल गर्ने र वैज्ञानिक भाडादर कायम गर्न लगाइनेछ ।
१८. तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
संघले उद्योगी, व्यवसायीहरुका लागि डिजिटल मार्केटिङ, लेखा, कर, वित्तीय साक्षरता, नेतृत्व तथा व्यवस्थापनसम्बन्धी तालिमका साथै भन्सार, कर, राजस्व, मौद्रिक नीति, शिक्षा, बैंकिङ तथा सरकारी नीतिबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ । सहरमा हुने चोरी, आगलागी, प्राकृतिक विपद् तथा अन्य जोखिम न्यूनीकरणका लागि सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
१९. व्यवसायीले विश्राम गर्न महिनामा १ दिन बजार बन्द
व्यवसायिक व्यस्त जीवनशैलीका कारण हामीले आफ्नो स्वास्थ्यको ख्याल गर्र्न पाएका छैनौं । मानसिक अशान्ति बढाइरहेका छौंं । महिनामा कम्तीमा एक दिन व्यवसायिक जिम्मेवारीबाट विश्राम लिएर आफ्नो शरीर, मन र परिवारलाई समय दिऔं । स्वस्थ शरीर र शान्त मन नै दीर्घकालीन व्यवसायिक सफलताको आधार हो । त्यसैैले आफ्नो स्वास्थ्यको आफैं ख्याल गरौं, महिनामा एक दिन विश्राम गरौं भन्ने मान्यताबारे आमव्यवसायीसँग राय सल्लाह लिएर हरेक महिनाको १ दिन बजार बन्द गर्ने निर्णय कार्यान्वयन गरिनेछ ।
२०. व्यवसायिक सहायता कक्ष तथा परामर्श केन्द्र
संघले व्यवसायीहरुलाई आइपर्ने कानुनी जटिलता, कर, राजस्व वा अनुगमनका विषयमा सहजीकरण गर्नका लागि संघभित्र सहायताकक्ष र परामर्श केन्द्रको स्थापना गर्नेछ । सदस्यहरुलाई आइपर्ने समस्याको समाधानबारे केन्द्रले सहजीकरण गर्नेछ । व्यवसायीका गुनासो सुनुवाई व्यवस्थापनको काम पनि यी कक्षबाट हुनेछ ।
२१. कार्यालय व्यवस्थापन
संघबाट प्रदान गरिने सेवालाई छिटो, छरितो, चुस्त र दुरुस्त बनाएर पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी संस्थाको रुपमा विकास गरिनेछ । संघमा कार्यरत कर्मचारीको पनि दक्षता अभिवृद्धि गरिनेछ । सूचना प्रविधिको अधिकतम् प्रयोगमा जोड दिइनेछ । त्यसका लागि आवश्यक पूर्वाधार विकास र सुधारका कामहरु गरिनेछ ।

ललितकुमार रौनियार
संयोेजक ः निर्वाचन परिचालन समिति, संयुक्त प्यानल
सम्पर्क ः ९८४८०७१७८२

Previous Post

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
संघ : संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

संघ : संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

August 20, 2026
देशमा आजः ८ बजे ८ खबर

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

August 20, 2026
नेपालगञ्जका विद्यालयमा सहकारी शिक्षा

लुम्बिनीका सहकारीमा ६५ अर्ब बचत, ५९ अर्ब लगानी

August 20, 2026
निजामती सेवा : सङ्घ र प्रदेशका कानुन बाझिए, कर्मचारी अन्योलमा

११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

August 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version