For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    अग्निसपन्दनको रापताप

    अग्निसपन्दनको रापताप

    निबन्ध

    निबन्ध

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

byDainik Nepalgunj
August 21, 2026
in News, मुख्य समाचार
0 0
0
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका
Share on FacebookShare on Twitter

विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ आरोहणयोग्य हिमाल रहेको नेपालका लागि पर्वतीय पर्यटन केवल साहसिक गतिविधि मात्र होइन, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विस्तार र राष्ट्रिय पर्यटन उद्योगको महत्वपूर्ण आधार बन्दै गएको छ । पछिल्ला वर्षमा पर्वतारोहण तथा पदयात्राका लागि नेपाल आउने पर्यटकको सङ्ख्या, आरोहण अनुमति र यसबाट हुने आर्थिक कारोबारले पर्वतीय पर्यटनको सम्भावना अझ फराकिलो रहेको पाइएको छ ।

सगरमाथाको प्रवेशद्वार सोलुखुम्बुबाट हेर्दा यसको प्रभाव अझ स्पष्ट देखिन्छ । हिमाल आरोहणका लागि आउने विदेशी पर्यटकसँगै गाइड, उच्च हिमाली कामदार, भरिया, कुक, होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन सामग्री बिक्रेता तथा अन्य सेवा प्रदायकसम्मको आम्दानी जोडिएको हुन्छ । यसरी हिमालमा सुरु हुने आर्थिक गतिविधि गाउँ हुँदै राष्ट्रिय अर्थतन्त्रसम्म पुग्ने गरेको छ ।

पर्वतीय पर्यटनमा पुनरुत्थान

नेपालको पहिचानका रूपमा रहेको पर्वतीय पर्यटन (ट्रेकिङ तथा पर्वतारोहण) महामारीको कडा असरलाई चिर्दै पुनः पुरानै उच्च लयमा फर्किएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विगत पाँच वर्षको तथ्याङ्कअनुसार सन् २०२१ को तुलनामा सन् २०२५ सम्म आइपुग्दा ट्रेकिङ र पर्वतारोहणका लागि नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या ४७७.१ प्रतिशत अर्थात् ५.८ गुणाले बढेको छ ।

सन् २०२१ मा कोभिड–१९ सम्बन्धी कडा प्रतिबन्ध र ‘लकडाउन’का कारण जम्मा २८ हजार ६०० जना पर्यटक मात्र पर्वतीय गतिविधिमा सहभागी भएका थिए । सन् २०२२ मा अन्तरराष्ट्रिय सीमा र हवाई सेवा खुला भएसँगै पदयात्रामा आउनेको सङ्ख्या ११५.६ प्रतिशतले बढेर ६१ हजार ६६९ पुग्यो । यो वृद्धिदर त्यसपछिका वर्षमा पनि निरन्तर कायम रह्यो । 

सन् २०२३ मा ६५ प्रतिशतको वृद्धिदरसहित एक लाख एक हजार ७९२ जना र सन् २०२४ मा थप ५२.२ प्रतिशतले बढेर एक लाख ५४ हजार ९०० पुगेको पर्वतीय पर्यटकको सङ्ख्या सन् २०२५ मा एक लाख ६५ हजार ५६ जना पुगेको छ । यो अघिल्लो वर्ष सन् २०२४ को तुलनामा ६.५ प्रतिशतको क्रमिक वृद्धि हो ।

पर्वतीय पर्यटनको यो पुनरागमनले कुल पर्यटक आगमनमा पनि आफ्नो बलियो उपस्थिति देखाएको छ । सन् २०२१ पछि नेपाल आउने कुल पर्यटकमध्ये पर्वतीय क्षेत्रमा जानेहरूको हिस्सा घटेर १० प्रतिशतसम्म झरेको थियो । तर, पछिल्ला तीन वर्षको निरन्तर सुधारपछि सन् २०२५ मा यो हिस्सा बढेर १४.२ प्रतिशत पुगेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०२५ को तथ्याङ्कअनुसार सन् २०२५ मा नेपालमा कुल ११ लाख ६२ हजार ३६५ विदेशी पर्यटक आएका थिए । तीमध्ये एक लाख ६५ हजार ५६ जना अर्थात् १४.२ प्रतिशत पर्यटकको मुख्य उद्देश्य ट्रेकिङ तथा पर्वतारोहण थियो । यसले नेपालमा आउने प्रत्येक सात जना पर्यटकमध्ये करिब एक जना पर्वतीय गतिविधिसँग प्रत्यक्ष जोडिएको देखाउँछ ।

पर्यटनको यो हिस्सा केबल पर्यटक आगमनको सङ्ख्यामा मात्रै सीमित छैन । पर्वतीय पर्यटकले आवास, खानपान, यातायात, गाइड, भरिया, आरोहण सामग्री, बिमा, अनुमति, उद्धारलगायतका विभिन्न क्षेत्रमा गर्ने खर्चले अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने विश्वविख्यात पर्वतारोही स्पीडकाजी शेर्पा बताउनुहुन्छ । “एक जना विदेशी पर्यटक नेपाल प्रवेश गरेदेखि स्वदेश नफर्किएसम्म प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एक दर्जनभन्दा बढी नेपालीले रोजगारी पाउँछन् । विमानस्थलबाट ओसारपसार गर्ने ट्याक्सी चालकदेखि ट्रेकिङ कम्पनी, गाइड, पोर्टर, आरोहण सहयोगी, होटल तथा अन्य सेवा प्रदायकसम्ममा यसको लाभ पुग्छ”, शेर्पाले भन्नुभयो, “त्यसैले पर्वतीय पर्यटनलाई पर्यटकको सङ्ख्या र रोयल्टीबाट मात्र मूल्याङ्कन गर्न हुँदैन, यसले सिर्जना गर्ने रोजगारी, आय र आर्थिक गतिविधिको समग्र प्रभावलाई हेर्नुपर्छ ।”

हिमालबाट राज्यलाई राजस्व

पर्वतारोहणबाट मुलुकले प्रत्यक्ष रूपमा प्राप्त गर्ने प्रमुख आर्थिक लाभमध्ये रोयल्टी महत्वपूर्ण हो । सगरमाथा, ल्होत्से, मनास्लु, मकालु, धौलागिरि, कञ्चनजङ्घालगायतका हिमालबाट सरकारले पर्वतारोहण रोयल्टी प्राप्त गर्दै आएको छ । त्यससँगै तुलनात्मक रूपमा कम उचाइका आरोहणयोग्य हिमालले पनि आर्थिक गतिविधिमा योगदान गरिरहेका छन् । 

सरकारी तथ्याङ्कअनुसार नेपाल पर्वतारोहण सङ्घमार्फत अनुमति जारी हुने २७ वटा हिमालमा सन् २०२५ मा सात हजार ५४ जनाले आरोहण अनुमति लिएका थिए । तीमध्ये छ हजार ९०३ विदेशी र १५१ नेपाली आरोही थिए । यी हिमालबाट मात्रै १४ लाख २५ हजार ७२० अमेरिकी डलर अर्थात् करिब २० करोड रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । 

पर्वतीय पर्यटनका जानकार तथा नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार पर्वतारोहणबाट सिर्जना हुने आर्थिक योगदानलाई रोयल्टीमा मात्र सीमित गरेर हेर्न मिल्दैन । आरोहीले नेपालमा गर्ने अन्य खर्च जोड्दा यसको वास्तविक आर्थिक प्रभाव निकै ठूलो हुन्छ । एक जना आरोही नेपाल आउँदा अनुमति शुल्कबाहेक आरोहणका लागि आवश्यक उपकरण, लजिस्टिक, गाइड, उच्च हिमाली कामदार, खाद्यान्न, आवास, यातायात, सञ्चार तथा उद्धारमा खर्च हुन्छ । तीमध्ये ठूलो हिस्सा निजी क्षेत्र र स्थानीय सेवा प्रदायकसम्म पुग्ने शेर्पाको भनाइ छ । 

सोलुखुम्बुको अर्थतन्त्रमा हिमालको प्रभाव

नेपालको पर्वतीय पर्यटनको आर्थिक प्रभाव बुझ्न सोलुखुम्बु एउटा महत्वपूर्ण उदाहरण हो । सगरमाथा आरोहणका लागि विश्वभरबाट आउने आरोही तथा अन्य पर्यटकका कारण खुम्बु क्षेत्रमा पर्यटनसँग सम्बन्धित व्यवसायको ठूलो सञ्जाल विकास भएको छ । लुक्लाबाट सुरु हुने पर्यटन गतिविधि फाक्दिङ, नाम्चे, थामे, तेङ्बोचे, दिङ्बोचे, लोबुचे हुँदै आधार शिविरसम्म फैलिन्छ । होटल, लज, रेस्टुरेन्ट, पसल, गाइड, भरिया, यातायात, सञ्चार तथा पर्यटन सामग्रीको कारोबार यसैसँग जोडिन्छ तर सोलुखुम्बुको पर्वतीय पर्यटन सगरमाथामा मात्र सीमित छैन । मेरा पिक, आइल्यान्ड पिक र लोबुजे इस्टजस्ता हिमालले पनि ठूलो सङ्ख्यामा आरोही आकर्षित गरिरहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको ‘नेपाल पर्यटन तथ्याङ्क–२०२५’ अनुसार नेपाल पर्वतारोहण सङ्घमार्फत व्यवस्थापन हुने हिमालमध्ये सोलुखुम्बु क्षेत्रका मेरा पिकमा दुई हजार ६३३, आइल्यान्ड पिकमा दुई हजार ७८ र लोबुजेमा एक हजार ७७५ जनाले आरोहण अनुमति लिएका थिए । यी तीन हिमालमा मात्रै छ हजार ४८६ आरोहीले अनुमति लिएका थिए । यसले सगरमाथाबाहेकका हिमालमा पनि पर्यटनको ठूलो आर्थिक सम्भावना रहेको देखाउँछ ।

नयाँ हिमाल, नयाँ आर्थिक अवसर

नेपालमा पर्वत पर्यटन विस्तारका लागि अबको मुख्य अवसर भनेकै नयाँ आरोहण गन्तव्यको विकास र प्रवर्द्धन हो । केही सीमित हिमालमा पर्यटक तथा आरोहीको चाप केन्द्रित हुँदा पर्यटनबाट प्राप्त हुने आर्थिक लाभ पनि सीमित क्षेत्रमा केन्द्रित हुने गरेको छ । कम चर्चित हिमाललाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनसके नयाँ क्षेत्रमा पर्यटन पूर्वाधार विकास, रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विस्तार गर्न सकिन्छ । 

सोलुखुम्बुकै उदाहरण हेर्दा मेरा पिक, आइल्यान्ड पिक तथा लोबुजेमा भइरहेको आरोहण गतिविधिले सगरमाथा आरोहण नगर्ने पर्यटकलाई जिल्ला भित्र्याउन सहयोग गरेको छ । यसबाट पर्यटकको बसाई लम्ब्याउने र स्थानीय खर्च बढाउने अवसर सिर्जना हुन्छ । 

नेपालले पर्वतीय पर्यटनलाई सगरमाथाको ब्रान्डमा मात्र निर्भर नराखी हिमालको विविधता प्रस्तुत गर्नसके विश्वबजारमा नेपालको पर्वतीय पर्यटन उत्पादन अझ प्रतिस्पर्धी बन्नसक्ने कीर्तिमानी आरोही तेम्बाछिरि शेर्पाले बताउनुभयो ।

दक्ष जनशक्ति र रोजगारी

पर्वत पर्यटनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरेको छ । गाइड, भरिया, कुक, होटल कर्मचारी, आरोहण सहयोगी, उद्धारकर्मी, पर्यटन व्यवसायी तथा विभिन्न सेवा प्रदायक यस क्षेत्रसँग जोडिएका छन् । तर अन्तरराष्ट्रिय पर्वतारोहण बजारमा प्रतिस्पर्धा गर्न दक्ष र प्रमाणित जनशक्ति आवश्यक हुन्छ । सुरक्षित पर्वतारोहणका लागि व्यावसायिक गाइड, उद्धारकर्मी र उच्च हिमाली कामदारको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ । नेपाल पर्वतारोहण सङ्घ र पर्यटन क्षेत्रका अन्य निकायले तालिम तथा दक्षता अभिवृद्धिका कार्यक्रम अघि बढाइरहेका छन् । 

सन् २०२५ मा व्यावसायिक माउन्टेन गाइड तालिमअन्तर्गत सिटिइभिटीबाट स्वीकृत पाठ्यक्रममा तालिमसमेत सञ्चालन भएको थियो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा सुरक्षित, व्यावसायिक र दिगो पर्वतीय पर्यटन विकासका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताउँदै आउनुभएको छ । उहाँले पर्वत पर्यटनको प्रवर्द्धनसँगै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने र अन्तरराष्ट्रियस्तरको दक्षता विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

हिमाल संरक्षणसँग जोडिएको अर्थतन्त्र

पर्वतीय पर्यटनको विस्तारसँगै वातावरण संरक्षण अर्को महत्वपूर्ण विषय हो । जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, हिमतालको आकार परिवर्तन हुने, हिमपहिरोको जोखिम बढ्ने तथा आरोहण मार्गमा परिवर्तन आउनेक्रमले पर्वतीय पर्यटनको भविष्यमा चुनौती थपेको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष शेर्पाले बताउनुभयो । खुम्बु क्षेत्रमा देखिएका हिमनदी तथा हिमतालका परिवर्तनले पर्वतारोहण र पर्यटन पूर्वाधारको सुरक्षाबारे प्रश्न उठाएको छ । 

सङ्घले पनि वातावरणीय जिम्मेवारी, पर्वतारोहण सुरक्षा तथा उच्च हिमाली उद्धार क्षमतामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सङ्घको आयोजनामा गत मङ्गलबारदेखि काठमाडौँमा प्रोफेसनल माउन्टेन गाइड (पिएमजी) प्रशिक्षण ‘स्किल कोर्स’ सुरु भएको छ । चालिस दिने उक्त प्रशिक्षण काठमाडौँ र ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा सञ्चालन हुने आयोजकले जनाएको छ । 

यो प्रशिक्षण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट स्वीकृत एक हजार ६९६ घण्टे व्यावसायिक पर्वतीय पथप्रदर्शकसम्बन्धी पाठ्यक्रमको महत्वपूर्ण हिस्सा भएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । 

स्थानीयस्तरमा ठूलो आर्थिक लाभ

पर्वतारोहणबाट राज्यले पाउने रोयल्टीलाई मात्र यसको आर्थिक योगदानको मापन मान्दा पर्वतीय पर्यटनको वास्तविक योगदान ओझेलमा पर्न सक्छ । एउटा आरोहण दलले अनुमति लिएपछि त्यसको खर्च आरोहण शुल्कमा मात्र सीमित हुँदैन । काठमाडौँमा तयारीदेखि सोलुखुम्बुको लुक्लासम्मको हवाई यात्रा, खुम्बुका होटल तथा लज, गाइड तथा भरियाको पारिश्रमिक, खाद्यान्न, आरोहण सामग्री, सञ्चार, बिमा र उद्धारसम्म विभिन्न चरणमा खर्च हुने गर्दछ । 

यसरी एउटै आरोहीले गरेको खर्च धेरै व्यवसाय तथा श्रमिकलाई आर्थिक लाभ मिल्ने भएकाले यसको प्रभाव स्थानीय अर्थतन्त्रमा पर्ने पर्यटक व्यवसायी बलबहादुर दर्नालको भनाइ छ । उहाँका अनुसार स्थानीय तह र पर्यटन व्यवसायीलाई पर्वत पर्यटनको लाभसँग थप जोड्न आवश्यक छ । हिमाल भएको ठाउँका बासिन्दाले पर्यटनबाट प्रत्यक्ष आर्थिक लाभ पाउने वातावरण बनाउनसके पर्वत पर्यटन स्थानीय विकासको माध्यम बन्नसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । 
Previous Post

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

Next Post

‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

Next Post
‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण अभियान

विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण अभियान

August 21, 2026
‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

August 21, 2026
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

August 21, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

August 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version