For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज मुख्य समाचार

डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

byDainik Nepalgunj
September 27, 2026
in मुख्य समाचार
0 0
0
डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन
Share on FacebookShare on Twitter

सजल गैरे

परम्परागत यात्रा योजनाहरू अब विस्तारै इतिहास बन्दैछन्, किनकि डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले यात्रालाई नयाँ, स्मार्ट र अकल्पनीय दिशातर्फ अघि बढाइरहेका छन्। पर्यटन केवल एउटा स्थानबाट अर्को स्थानमा यात्रा गर्ने गतिविधि मात्र होइन; यो अनुभव, संस्कृति, प्रविधि र मानिसबीचको सम्बन्धसँग जोडिएको क्षेत्र हो। डिजिटल प्रविधिको तीव्र विकाससँगै पर्यटकले गन्तव्य छनोट गर्ने, यात्रा योजना बनाउने, होटल बुक गर्ने र गन्तव्यमा अनुभव लिने तरिका पनि परिवर्तन हुँदै गएको छ। यही परिवर्तनलाई थप तीव्र बनाउँदै कृत्रिम बुद्धिमत्ता (एआई) ले पर्यटन क्षेत्रलाई नयाँ स्वरूप दिन थालेको छ।

एआईमा आधारित भर्चुअल सहायक, व्यक्तिगत यात्रा सुझाव, स्मार्ट बुकिङ प्रणाली, भाषानुवाद तथा तथ्यांक विश्लेषणजस्ता प्रविधिले पर्यटक र पर्यटन व्यवसाय दुवैका लागि नयाँ सम्भावना सिर्जना गरिरहेका छन्। स्पष्ट डिजिटल एजेन्डासहित एआईको जिम्मेवार प्रयोग गर्न सकिएमा पर्यटनलाई अझ पहुँचयोग्य, व्यक्तिगत, प्रभावकारी र दिगो बनाउन सकिन्छ।

विश्व पर्यटन दिवस र बदलिँदो पर्यटन

हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। सन् १९७० को सेप्टेम्बर २७ मा तत्कालीन विश्व पर्यटन संगठनको विधान स्वीकृत भएको दिनलाई आधार बनाएर यो दिवस मनाउन थालिएको हो। सन् १९८० देखि विश्व पर्यटन दिवसले पर्यटनको सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक महत्वबारे विश्वव्यापी चेतना फैलाउँदै आएको छ।

पर्यटनलाई केवल आम्दानी र रोजगारी सिर्जना गर्ने क्षेत्रका रूपमा मात्र हेर्न मिल्दैन। यसले मानिस र संस्कृतिबीचको सम्बन्ध विस्तार गर्ने, स्थानीय समुदायका लागि अवसर सिर्जना गर्ने, नयाँ सीप र रोजगारीका बाटो खोल्ने तथा विभिन्न समुदायबीच समझदारी र सहकार्य बढाउने भूमिका खेल्छ।

सन् २०२५ को विश्व पर्यटन दिवसले पनि पर्यटनको परिवर्तनकारी सम्भावना र सकारात्मक परिवर्तनको माध्यमका रूपमा यसको भूमिकालाई विशेष रूपमा जोड दिएको थियो। तर पर्यटनको वास्तविक सम्भावना हासिल गर्न केवल पर्यटकको संख्या बढाउनु पर्याप्त हुँदैन। दीर्घकालीन दिगोपनका लागि सुशासन, रणनीतिक योजना, प्रभावकारी अनुगमन र स्पष्ट प्राथमिकता आवश्यक हुन्छ।

यस अर्थमा पर्यटन आर्थिक क्षेत्र मात्र होइन, सामाजिक प्रगतिलाई अघि बढाउने माध्यम पनि हो। शिक्षा, रोजगारी र नयाँ अवसर सिर्जना गर्ने पर्यटनको सम्भावनालाई उपयोग गर्न दिगोपन, उत्थानशीलता र सामाजिक समावेशितालाई पर्यटन विकासको केन्द्रमा राख्न आवश्यक हुन्छ।

नेपाल : सम्भावना धेरै, चुनौती पनि उत्तिकै

प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधताका कारण नेपाल पर्यटनका लागि विशिष्ट सम्भावना बोकेको देश हो। सगरमाथादेखि लुम्बिनी, पोखरादेखि चितवन, मुस्ताङदेखि कर्णालीका ग्रामीण क्षेत्रसम्म नेपालमा साहसिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा ग्रामीण पर्यटनका अनेक सम्भावना छन्।

तर सम्भावना सँगै चुनौती पनि छन्। कमजोर पूर्वाधार, सीमित हवाई सम्पर्क, सडक निर्माण तथा मर्मतमा हुने ढिलाइ, वातावरणीय दबाब र पर्यटन पूर्वाधारको असमान विकासले पर्यटन क्षेत्रको विस्तारमा असर पार्न सक्छ। प्राकृतिक विपद् तथा प्रतिकूल मौसमले पनि पर्यटकको यात्रा र यातायातमा प्रभाव पार्ने गरेको छ।

पछिल्लो समय नेपालको पर्यटन क्षेत्रले विभिन्न चुनौतीबीच आफ्नो गतिविधि निरन्तरता दिइरहेको छ। सडक अवरोध, पहिरो, प्रतिकूल मौसम वा अन्य परिस्थितिका कारण यात्रा प्रभावित हुँदा पनि होटल व्यवसायी, ट्राभल एजेन्सी, पर्यटन व्यवसायी तथा स्थानीय उद्यमीहरूले सेवा पुनःसञ्चालन गर्दै पर्यटनलाई चलायमान राख्ने प्रयास गरिरहेका छन्।

यस्तो अवस्थामा डिजिटल प्रविधि पर्यटनका लागि केवल प्रचारको माध्यम नभई सूचना, पहुँच, व्यवस्थापन र पर्यटक अनुभव सुधार गर्ने उपकरण बन्न सक्छ।

नेपालगन्जको प्रयास : पर्यटकलाई भित्र्याउन के गर्दैछ सहर ?

नेपालगन्जमा पर्यटन प्रवर्द्धनका लागि पछिल्लो समय विभिन्न कार्यक्रम तथा गतिविधिलाई निरन्तरता दिइएको नेपालगन्ज पर्यटन परिषद्का महासचिव भीम कँडेलले बताए। उनका अनुसार गत वर्षदेखि नेपालगन्जलाई पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले ठूला तथा साना विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन्।

डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको कँडेलले बताए। नयाँ पुस्ता तथा कन्टेन्ट क्रिएटरसँग सहकार्य गर्दै बाँकेमा थप पर्यटक कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा पनि काम भइरहेको उनको भनाइ छ। नेपालगन्जलाई थप चलायमान सहरका रूपमा विकास गर्ने योजनासहित पर्यटनसम्बन्धी गतिविधिलाई विस्तार गर्दै लगिएको उनले बताए।

हालै सम्पन्न ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिभल’मा ३५ देखि ४० हजारसम्म सहभागी भएको र त्यसमध्ये करिब १० देखि १५ हजार भारतीय पर्यटकलाई नेपालगन्ज भित्र्याउन सफल भएको कँडेलले बताए। उनका अनुसार उक्त कार्यक्रमबाट करिब १९ लाख रुपैयाँ बराबरको टिकट बिक्री भएको थियो।

नेपालगन्जको पर्यटनमा व्यवसायीको अनुभव

नेपालगन्जबाट बाहिरी गन्तव्यतर्फ हुने यात्रामा पनि समूहगत भ्रमणको प्रवृत्ति देखिएको ट्राभल एजेन्सी तुलसी होलिडेजकी प्रतिनिधि अनुषा पोखरेलले बताइन्। उनका अनुसार नेपालगन्जबाट परिवार तथा साथीभाइका समूहमा भ्रमणमा जानेहरू उल्लेख्य छन्। कतिपय १५ देखि २० जनाको समूहमा जाने गरेका छन् भने कतिपय ५ देखि ८ जनाको सानो समूहमा भ्रमण गर्ने गरेका छन्।

विशेषगरी मुक्तिनाथ, चितवन र लुम्बिनीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यमा जाने पर्यटकको संख्या उल्लेख्य रहेको उनले बताइन्। विदेशी पर्यटकलाई गन्तव्यबारे यथार्थ जानकारी दिन तुलसी होलिडेजले आफैंले खिचेका फोटो तथा भिडियो प्रयोग गर्ने गरेको पोखरेलले जानकारी दिइन्।

सामाजिक सञ्जालमा देखाइने वास्तविकतासँग मेल नखाने तस्बिर तथा भिडियोका कारण पर्यटकमा भ्रम सिर्जना हुन सक्ने भएकाले आफूहरूले सम्भव भएसम्म वास्तविक दृश्य र जानकारी प्रस्तुत गर्ने गरेको उनको भनाइ छ। तुलसी होलिडेजले नेपाली पर्यटकलाई थाइल्यान्ड, सिंगापुरलगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा भ्रमण गराउने सेवा पनि प्रदान गर्दै आएको उनले जानकारी दिइन्।

प्रविधिसँगै बदलिँदै होटल व्यवसाय

पर्यटन प्रवर्द्धनसँगै प्रविधिको प्रयोगले होटल तथा आतिथ्य व्यवसायमा पनि नयाँ परिवर्तन ल्याइरहेको छ। देशभर होटल तथा आतिथ्य व्यवसाय सञ्चालन गर्दै आएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीकी निर्देशक केशव न्यौपानेका अनुसार होटल व्यवसायमा उपकरण तथा मेसिनरीदेखि मार्केटिङ, बुकिङ, भुक्तानी र अर्डरसम्मका धेरैजसो प्रक्रिया क्रमशः डिजिटल बन्दै गएका छन्।

तर प्रविधिको प्रयोग बढ्दै गए पनि आतिथ्य व्यवसायमा मानवीय सेवाको आवश्यकता भने कायमै रहने पोखरेल बताउँछिन्। होटल तथा रेस्टुरेन्टमा ग्राहकले खोज्ने आत्मीयता, संवाद र व्यक्तिगत सेवाको स्थान प्रविधिले पूर्ण रूपमा लिन नसक्ने उनको भनाइ छ। एआई तथा रोबोटको प्रयोग बढे पनि आवश्यक ठाउँमा प्रविधिको उपयोग गर्दै मानवीय आतिथ्यतालाई सँगसँगै अघि बढाउनुपर्ने उनको धारणा छ।

नेपालगन्जबाट देखिएको डिजिटल परिवर्तनको सुरुवात

नेपालगन्जका होटल तथा ट्राभल व्यवसायसँग नजिकबाट काम गर्ने क्रममा डिजिटल प्रविधितर्फ व्यवसायीहरूको चासो विस्तारै बढ्दै गएको अनुभव गर्न सकिन्छ।

केही समयअघि नेपालगन्जका ४० भन्दा बढी होटल तथा ट्राभल व्यवसायीलाई एआई तथा डिजिटल प्रविधिका आधारभूत र उपयोगी उपकरणबारे जानकारी दिने अवसर पाएको थिएँ। त्यस क्रममा पर्यटन व्यवसायमा प्रविधिको प्रयोगको अवस्था र व्यवसायीहरूको रुचिलाई नजिकबाट बुझ्ने अवसर पनि मिल्यो।

धेरै व्यवसाय अझै पनि परम्परागत शैलीमै सञ्चालन भइरहेका देखिए। ग्राहकसँगको सम्पर्क, प्रचारप्रसार, सामग्री निर्माण तथा व्यवसायको डिजिटल उपस्थिति व्यवस्थापनमा पुरानै अभ्यासलाई प्राथमिकता दिइएको पाइयो। तर, केही व्यवसायी भने प्रविधि र एआईको प्रयोगतर्फ विस्तारै आकर्षित हुँदै गएको देखिन्थ्यो।

कतिपय व्यवसायीले सूचना प्रविधिसँग सम्बन्धित नयाँ अभ्यास सुरु गरिसकेका थिए भने केहीले सामाजिक सञ्जाल व्यवस्थापन तथा डिजिटल सामग्री निर्माणका लागि कन्टेन्ट क्रिएटरसमेत जोड्न थालेका थिए।

यसले एउटा महत्वपूर्ण कुरा देखाउँछ –डिजिटल परिवर्तन एकैपटक हुने प्रक्रिया होइन; यो व्यवसायको आवश्यकता, क्षमता र प्रविधिप्रतिको बुझाइअनुसार विस्तारै अघि बढ्ने प्रक्रिया हो।

नेपालगन्जजस्ता सहरका पर्यटन व्यवसायले डिजिटल नक्सा, सामाजिक सञ्जाल, अनलाइन बुकिङ, डिजिटल समीक्षा, आकर्षक दृश्य सामग्री तथा एआईमा आधारित उपकरणलाई योजनाबद्ध रूपमा प्रयोग गर्न थालेमा स्थानीय पर्यटन व्यवसायको पहुँच अझ फराकिलो बनाउन सकिन्छ। यसले नेपालगन्जमा रहेका गन्तव्य र पर्यटन व्यवसायलाई स्थानीय पर्यटकसँग मात्र होइन, देश तथा विदेशका सम्भावित पर्यटकसम्म पनि पुर्‍याउन सहयोग गर्न सक्छ।

प्रचारको शैलीदेखि पर्यटकको अनुभवसम्म

कुनै समय पर्यटकीय गन्तव्यको प्रचारका लागि ब्रोसर, पोस्टर, पम्प्लेट र परम्परागत विज्ञापनमा निर्भर हुनुपर्थ्यो। अहिले एउटा आकर्षक भिडियो, भर्चुअल भ्रमण, डिजिटल नक्सा वा सामाजिक सञ्जालमार्फत गरिएको प्रचारले विश्वका विभिन्न स्थानमा रहेका सम्भावित पर्यटकसम्म गन्तव्यको जानकारी पुर्‍याउन सक्छ।

विशेषगरी डिजिटल नक्साले पर्यटनको सम्भावनालाई नयाँ ढंगले प्रस्तुत गर्न सक्छ। नक्सामा कुनै पर्यटकीय स्थल मात्र देखिँदैन; त्यस वरपर रहेका होटल, रेस्टुरेन्ट, यातायात सेवा, स्थानीय पसल, सांस्कृतिक स्थल तथा अन्य आवश्यक सेवाहरूलाई समेत पर्यटकले सजिलै पहिचान गर्न सक्छन्।

यसले कुनै ठाउँमा लुकेर रहेका सम्भावनालाई पर्यटकको नजरमा ल्याउन सक्छ।

एउटा सानो होटल वा स्थानीय पर्यटन व्यवसायलाई उदाहरणका रूपमा हेर्दा, डिजिटल नक्सामा उसको सही स्थान, तस्बिर, सेवा, सम्पर्क विवरण र ग्राहकका अनुभवहरू स्पष्ट रूपमा देखिन थालेपछि पर्यटकले त्यसलाई सजिलै पहिचान गर्न सक्छ। पर्यटकको आवागमन बढ्दै जाँदा त्यससँग जोडिएका अन्य व्यवसायमा पनि आर्थिक गतिविधि बढ्ने सम्भावना रहन्छ।

यसरी एउटा गन्तव्यको डिजिटल दृश्यताले त्यस क्षेत्रको पर्यटन मात्र होइन, स्थानीय व्यवसायको विस्तारमा समेत योगदान पुर्‍याउन सक्छ।

नेपालका लागि डिजिटल पर्यटनको ठूलो सम्भावना

नेपालजस्तो प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधता भएको देशका लागि डिजिटल पर्यटनको सम्भावना अझ ठूलो छ। लुम्बिनीको धार्मिक पर्यटनदेखि सगरमाथाको साहसिक पर्यटन, पोखराको प्राकृतिक सौन्दर्य, चितवनको वन्यजन्तु पर्यटन तथा ग्रामीण क्षेत्रका मौलिक संस्कृति र परम्परासम्मलाई डिजिटल माध्यमबाट विश्वसामु प्रस्तुत गर्न सकिन्छ।

एआईमा आधारित बहुभाषिक पर्यटन सहायकले विदेशी पर्यटकलाई उनीहरूको भाषामा गन्तव्य, यातायात, होटल, मौसम, संस्कृति र आवश्यक सेवासम्बन्धी जानकारी उपलब्ध गराउन सक्छ। त्यस्तै, डिजिटल नक्सा, भर्चुअल भ्रमण र स्मार्ट यात्रा प्रणालीमार्फत पर्यटकले नेपाल आउनुअघि नै आफ्नो यात्रा योजना बनाउन सक्छन्।

यसले विशेषगरी कम चर्चामा रहेका गन्तव्यका लागि नयाँ अवसर सिर्जना गर्न सक्छ। पर्यटकको ध्यान केही सीमित लोकप्रिय स्थानमा मात्र केन्द्रित हुनुको सट्टा डिजिटल माध्यमले नयाँ तथा स्थानीय गन्तव्यलाई पनि पर्यटनको नक्सामा ल्याउन सक्छ।

स्मार्ट पर्यटन केवल पर्यटकका लागि होइन

एआईको प्रभाव पर्यटकमा मात्र सीमित हुँदैन। होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, हवाई सेवा तथा स्थानीय पर्यटन व्यवसायले पनि यसको उपयोगबाट लाभ लिन सक्छन्। पर्यटकको मागको अनुमान, ग्राहकसँगको संवाद, बुकिङ व्यवस्थापन, भाषानुवाद, सामाजिक सञ्जालका लागि सामग्री निर्माण तथा तथ्यांक विश्लेषणजस्ता काममा एआईको प्रयोग गर्न सकिन्छ। यसले व्यवसायलाई पर्यटकको आवश्यकता बुझ्न र त्यसअनुसार आफ्नो सेवा सुधार गर्न सहयोग पुर्‍याउँछ।

तर यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ-के हाम्रो पर्यटन व्यवसाय डिजिटल परिवर्तनका लागि तयार छ?

प्रविधिले देखाउनेछ, व्यवसायले अवसर समात्नुपर्छ

डिजिटल नक्सा वा एआई आफैंले कुनै होटलमा पर्यटक पुर्‍याउने अन्तिम माध्यम होइन। यसले सम्भावित ग्राहकलाई स्थान र सेवाबारे जानकारी तथा पहुँच दिन्छ। त्यसपछि व्यवसायको सेवा, मूल्य, आतिथ्य, सरसफाइ, विश्वसनीयता र ग्राहक अनुभवले पर्यटकलाई आकर्षित र कायम राख्ने भूमिका खेल्छ।

त्यसैले डिजिटल पर्यटनलाई केवल प्रविधि प्रयोग गर्ने विषयका रूपमा हेर्नुभन्दा सम्पूर्ण पर्यटन पारिस्थितिक प्रणालीलाई डिजिटल रूपमा जोड्ने प्रयासका रूपमा बुझ्न आवश्यक छ।

एउटा पर्यटकले डिजिटल नक्सामा कुनै होटल देख्छ, त्यहाँका तस्बिर हेर्छ, समीक्षा पढ्छ, नजिकैको पर्यटकीय स्थल पत्ता लगाउँछ, होटलमा सम्पर्क गर्छ र अनलाइन बुकिङ गर्छ भने उसको सम्पूर्ण यात्रा अनुभव डिजिटल प्रणालीसँग जोडिएको हुन्छ।

यही जोडले पर्यटन व्यवसायलाई अझ व्यवस्थित र पहुँचयोग्य बनाउन सक्छ।

जोडिन बाँकी छ प्रविधिको अर्को पाटो

पर्यटन क्षेत्रमा एआईको प्रयोगबारे विश्वव्यापी बहस भइरहँदा एउटा महत्वपूर्ण पक्ष प्रविधिबीचको अन्तरसम्बन्ध पनि हो। बुकिङ एउटा प्रणालीमा, भुक्तानी अर्को प्रणालीमा र ग्राहकसम्बन्धी तथ्यांक अर्को ठाउँमा छुट्टाछुट्टै रहने अवस्था भएमा प्रविधि भएर पनि त्यसको पूर्ण लाभ लिन सकिँदैन।

पर्यटन क्षेत्रमा प्रयोग हुने विभिन्न डिजिटल प्रणालीबीच आवश्यक समन्वय र अन्तरसम्बन्ध विकास गर्न सकिएमा व्यवसायले उपलब्ध तथ्यांकलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्न सक्छ। यसले पर्यटकको यात्रा अनुभवलाई सहज बनाउनुका साथै पर्यटन व्यवसायलाई निर्णय लिन पनि सहयोग गर्न सक्छ।

विश्व पर्यटन क्षेत्रमा एआईको भूमिकाबारे बोल्दै संयुक्त राष्ट्रसंघीय पर्यटनकी महासचिव शेखा अल नुवाइसले उचित व्यवस्थापनसहित एआईले पर्यटन क्षेत्रलाई अझ प्रभावकारी र उत्थानशील बनाउन सहयोग गर्न सक्ने धारणा व्यक्त गरेकी छन्। तर उनले प्रविधिको विकाससँगै डिजिटल विभाजन बढ्न नदिन र छुट्टाछुट्टै रहेका बुकिङ, भुक्तानी तथा तथ्यांक प्रणालीलाई जोड्नुपर्ने आवश्यकतामा पनि जोड दिएकी छन्।

यसले एउटा स्पष्ट सन्देश दिन्छ—डिजिटल पर्यटन भनेको नयाँ उपकरण थप्नु मात्र होइन, ती उपकरणलाई एउटै प्रभावकारी प्रणालीमा जोड्नु पनि हो।

तर चुनौती पनि उत्तिकै छन्

डिजिटल प्रविधि र एआईसँग सम्भावना मात्र छैनन्, चुनौती पनि छन्। एआईले गलत वा अपूर्ण सूचना दिन सक्ने सम्भावना, व्यक्तिगत तथ्यांकको गोपनीयता, साइबर सुरक्षा, डिजिटल साक्षरताको कमी तथा ग्रामीण क्षेत्रमा इन्टरनेट र प्रविधिको सीमित पहुँच महत्वपूर्ण चुनौती हुन्।

त्यस्तै, प्रविधिमाथि अत्यधिक निर्भर हुँदा पर्यटनको मानवीय पक्ष कमजोर हुने सम्भावना पनि रहन्छ।

पर्यटकले कुनै ठाउँको जानकारी एआईबाट पाउन सक्छ, तर स्थानीय मानिससँगको संवाद, स्थानीय खानाको स्वाद, संस्कृतिको प्रत्यक्ष अनुभव र आतिथ्यको आत्मीयता कुनै प्रविधिले पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन।

त्यसैले एआई प्रयोग गर्दा प्राप्त हुने जानकारीको विश्वसनीयता जाँच गर्ने, ग्राहकको व्यक्तिगत तथ्यांक सुरक्षित राख्ने र मानव निर्णय तथा जिम्मेवारीलाई केन्द्रमा राख्ने अभ्यास आवश्यक हुन्छ।

भविष्यको पर्यटन : प्रविधिसँगै मानवीय स्पर्श

पर्यटनको भविष्य केवल एआईले निर्धारण गर्ने विषय होइन। यसको भविष्य प्रविधि र मानव आतिथ्यबीचको सन्तुलनले निर्माण गर्नेछ।

प्रविधिले यात्रा योजना बनाउन, सही सूचना प्राप्त गर्न, गन्तव्य पहिचान गर्न, होटल खोज्न र सेवा लिन सजिलो बनाउन सक्छ। एआईले व्यवसायलाई ग्राहक बुझ्न, सामग्री बनाउन, तथ्यांक विश्लेषण गर्न र सेवा सुधार गर्न सहयोग गर्न सक्छ।

तर पर्यटनको वास्तविक मूल्य अझै पनि मानिस, संस्कृति, प्रकृति र अनुभवमै आधारित रहनेछ।

त्यसैले डिजिटल एजेन्डाको उद्देश्य मानिसलाई प्रविधिबाट विस्थापित गर्नु होइन, प्रविधिमार्फत मानिसको अनुभवलाई अझ सहज, प्रभावकारी र समृद्ध बनाउनु हुनुपर्छ।

नेपालले पर्यटनको भविष्यलाई डिजिटल बनाउने हो भने केवल नयाँ प्रविधि भित्र्याएर पुग्दैन। पर्यटन व्यवसायीमा डिजिटल सीप विकास, स्थानीय गन्तव्यको डिजिटल अभिलेखीकरण, भरपर्दो डिजिटल नक्सा, सुरक्षित तथ्यांक प्रणाली, गुणस्तरीय डिजिटल सामग्री र एआईको जिम्मेवार प्रयोगलाई एउटै योजनामा जोड्न आवश्यक छ।

भविष्यको पर्यटकले केवल “कहाँ जाने?” भनेर सोध्ने छैन। उसले आफ्नो समय, बजेट, रुचि र आवश्यकताअनुसार “मैले कस्तो अनुभव पाउन सक्छु?” भनेर खोज्नेछ।

Previous Post

हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

September 27, 2026
हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

September 27, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

वडा अधिवेशन गर्दै इतर समूह

September 27, 2026
जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version