For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, September 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

पर्यटन विकासमा राज्यको सहयोग खोज्दै व्यवसायी

byDainik Nepalgunj
September 28, 2026
in मुख्य समाचार
0 0
0
पर्यटन विकासमा राज्यको सहयोग खोज्दै व्यवसायी
Share on FacebookShare on Twitter

नेपालगन्जलाई पश्चिम नेपालको पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्यसहित नेपालगन्ज पर्यटन परिषद्ले होटल, खाद्य तथा पेय व्यवसायको प्रवद्र्धनदेखि क्रस बोर्डर पर्यटन र विवाह गन्तव्य विकाससम्मका कार्यक्रम अघि सारेको छ । त्यसका लागि राज्यको सहयोगी भूमिका खोजिएको छ ।
आइतवार औपचारिक कार्यक्रममा परिषद्ले नेपालगन्ज तथा बाँकेका पर्यटकीय गन्तव्यको पहिचान र विकाससँगै भारतीय पर्यटक आकर्षित गर्ने र पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने योजना सार्वजनिक गरेको हो

परिषद्को पहिलो वार्षिक साधारणसभा तथा अधिवेशनका क्रममा आइतबार महासचिव भिमलाल कंडेलले आगामी कार्ययोजना प्रस्तुत गर्दै पर्यटन विकासलाई एउटै क्षेत्रको व्यवसायमा सीमित नगरी स्थानीय उत्पादन, संस्कृति, कृषि, हस्तकला, खानाका परिकार, रोजगारी र यातायातसँग जोडेर अघि बढाउने बताए ।

उनका अनुसार, परिषद्ले पहिलो चरणमा नेपालगन्ज फुड, बेभरेज एण्ड होटल एक्स्पो, वेस्टर्न ट्राभल मार्ट, म्यारिज डेस्टिनेसन, डेस्टिनेसन डेभलपमेन्ट, व्यवसायिक तथा सीपमूलक तालिम र क्रस बोर्डर टुरिजमलाई प्राथमिकतामा राखेको छ ।

‘पर्यटन विकास केवल होटल र ट्राभल व्यवसायको विषय होइन । यो स्थानीय उत्पादन, संस्कृति, रोजगारी, यातायात, कृषि, हस्तकला, खाद्य परिकार, कला तथा समग्र स्थानीय अर्थतन्त्रसँग जोडिएको क्षेत्र हो,’ कंडेलले भने, ‘त्यसैले सबै पक्षको सहभागितामा कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’

नेपालगन्जमा मौलिक खानाका परिकार, स्थानीय उत्पादन, होटल तथा रेस्टुरेन्ट व्यवसायलाई जोडेर फुड, बेभरेज एण्ड होटल एक्स्पो आयोजना गर्ने परिषद्को योजना छ । स्थानीय खाद्य संस्कृति र परिकारको प्रवद्र्धनसँगै होटल तथा रेस्टुरेन्ट व्यवसायको बजारीकरण, नयाँ व्यवसायिक सम्भावनाको खोजी र पर्यटन व्यवसायीबीच नेटवर्क विस्तार गर्ने उद्देश्य एक्स्पोको रहेको कंडेलले बताए ।

त्यसैगरी नेपालगन्जलाई पश्चिम नेपालको पर्यटन हबका रूपमा स्थापित गर्ने उद्देश्यले वेस्टर्न ट्राभल मार्ट आयोजना गर्ने योजना परिषद्ले अघि सारेको छ । नेपालका विभिन्न प्रदेशका होटल, ट्राभल तथा टुर कम्पनी, पर्यटन व्यवसायी, गन्तव्य व्यवस्थापक र सञ्चारकर्मीलाई कार्यक्रममा जोडिनेछ । भारतीय बजारका पर्यटन व्यवसायीलाई समेत सहभागी गराएर व्यापारिक सहकार्यको वातावरण तयार गर्ने परिषद्को लक्ष्य छ ।

परिषद्ले नेपालगन्जलाई विवाह तथा पारिवारिक समारोहका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना पनि अघि सारेको छ । नेपालगन्जमा रहेका स्तरीय होटल, बैंक्वेट हल, रेस्टुरेन्ट, यातायात तथा अन्य सेवा सुविधालाई एकीकृत गरेर स्वदेशी तथा भारतीय दम्पती र परिवारलाई विवाह समारोहका लागि आकर्षित गर्ने योजना रहेको कंडेलले बताए ।

यसका लागि होटल तथा इभेन्ट व्यवसायीको सहकार्यमा विवाह प्याकेज निर्माण गर्ने, डिजिटल प्रचार–प्रसार गर्ने, विवाह मेला तथा व्यवसायिक कार्यक्रम सञ्चालन गर्ने र भारतका सीमावर्ती शहरमा प्रचार अभियान चलाउने परिषद्को योजना छ । यसबाट होटल, रेस्टुरेन्ट, यातायात, फूल तथा सजावट, फोटोग्राफी, भिडियोग्राफी, मेकअप, स्थानीय खाद्य तथा अन्य व्यवसायमा रोजगारी र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

नेपालगन्ज र बाँकेका सम्भावित पर्यटन गन्तव्यको पहिचान, विकास र प्रवद्र्धनलाई पनि परिषद्ले प्राथमिकतामा राखेको छ । धार्मिक तथा सांस्कृतिक पर्यटन, वन्यजन्तु तथा प्रकृति पर्यटन, थारू तथा स्थानीय संस्कृति, खाना तथा पाक पर्यटन, विवाह तथा इभेन्ट पर्यटन, वेलनेस तथा मनोरञ्जन पर्यटन र ग्रामीण तथा सामुदायिक पर्यटनलाई जोडेर नेपालगन्जलाई बहुआयामिक पर्यटन गन्तव्य बनाउने योजना अघि सारिएको छ ।

परिषद्ले पर्यटन तथा आतिथ्य क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता अभिवृद्धिका लागि व्यवसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । होटल म्यानेजमेन्ट, हाउसकिपिङ, फुड सेफ्टी, कुकिङ, वेटर, फ्रन्ट अफिस, डिजिटल मार्केटिङ, ग्राहक सेवा, पर्यटन गाइड र उद्यमशीलतासम्बन्धी तालिमलाई प्राथमिकता दिइने कंडेलले बताए ।

नेपालगन्जको पर्यटन विकासमा भारतसँगको सीमा सम्बन्धलाई महत्वपूर्ण आधारका रूपमा प्रयोग गर्ने योजना पनि परिषद्ले अघि सारेको छ । भारतीय सीमावर्ती शहर तथा पर्यटन बजारसँग सहकार्य गर्दै भारतीय पर्यटकलाई नेपालगन्जसँगै लुम्बिनी प्रदेशका विभिन्न गन्तव्यसम्म पु¥याउने योजना रहेको छ ।

यसका लागि भारतीय पर्यटन व्यवसायी, ट्राभल एजेन्ट, होटल व्यवसायी र सञ्चारमाध्यमसँग व्यवसायिक सहकार्य तथा प्रचारात्मक कार्यक्रम सञ्चालन गरिने परिषद्ले जनाएको छ । नेपालगन्जको भौगोलिक अवस्थालाई पर्यटन बजार विस्तारको अवसरका रूपमा प्रयोग गर्ने परिषद्को योजना छ ।

परिषद्ले पर्यटनको प्रचारमा डिजिटल माध्यमलाई समेत प्राथमिकतामा राखेको छ । नेपालगन्ज पर्यटनको ब्रान्डिङ र डिजिटल प्रचार–प्रसार गर्ने, पर्यटकीय गन्तव्यको डिजिटल म्याप तथा सूचना सामग्री तयार गर्ने र पर्यटनसम्बन्धी डाटा तथा तथ्यांक संकलन गर्ने योजना अघि सारिएको छ ।

त्यसैगरी स्थानीय खाना, कला र संस्कृतिको प्रवद्र्धन, पर्यटन व्यवसायीबीच नियमित अन्तरक्रिया, पर्यटनसम्बन्धी नीति तथा बजेट निर्माणका लागि सरकारसँग पहल र पर्यटकमैत्री पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यक्रम पनि परिषद्को कार्ययोजनामा समेटिएका छन् ।

कंडेलका अनुसार पर्यटन क्षेत्रको विकासमा स्थानीय तह, प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटनसँग सम्बन्धित सरकारी निकाय, होटल तथा ट्राभल व्यवसायी, उद्योग वाणिज्य क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक छ ।

‘नेपालगन्जसँग पर्यटनको सम्भावना मात्र होइन, पश्चिम नेपालको पर्यटन नेतृत्व गर्ने क्षमता पनि छ,’ उनले भने, ‘त्यसका लागि सरकारी निकाय, निजी क्षेत्र, पर्यटन व्यवसायी, स्थानीय समुदाय र सञ्चार क्षेत्रबीच सहकार्य अपरिहार्य छ ।’

नेपालगन्ज पर्यटन परिषद् तीन पर्यटनसम्बद्ध संस्थाको प्रतिनिधित्व हुने गरी स्थापना गरिएको हो । होटल व्यवसायी संघ बाँके नेपालगन्ज, होटल संघ नेपाल र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स बाँके च्यापटरको स्थायी आबद्धतामा परिषद् गठन गरिएको हो । परिषद् २०८३ भदौ २५ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा विधिवत् दर्ता भएको हो ।

नेपालको पश्चिमी प्रवेशद्वारका रूपमा परिचित नेपालगन्ज तथा बाँकेमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा व्यावसायिक पर्यटनको ठूलो सम्भावना रहेको परिषद्को निष्कर्ष छ । बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, विभिन्न धार्मिक तथा सांस्कृतिक स्थल, थारू समुदायको मौलिक संस्कृति, स्थानीय कला–परम्परा र विभिन्न जातजातिका सांस्कृतिक सम्पदालाई पर्यटनको आधारका रूपमा विकास गर्न सकिने परिषद्ले जनाएको छ ।

नेपालगन्ज विमानस्थल, पूर्व–पश्चिम राजमार्ग र भारतसँगको सहज सीमा सम्पर्कका कारण नेपालगन्जलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने परिषद्को प्रतिवेदनमा उल्लेख छ । तर पर्यटन गन्तव्यको व्यवस्थित पहिचान, संरक्षण, विकास, व्यवस्थापन तथा प्रचार–प्रसारको कमी र पर्यटन व्यवसायीबीच प्रभावकारी समन्वयको अभावले अपेक्षित विकास हुन नसकेको परिषद्को ठहर छ ।

यही अवस्थालाई ध्यानमा राखेर सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, पर्यटन व्यवसायी र स्थानीय समुदायबीच समन्वय गर्ने साझा मञ्चका रूपमा परिषद्को अवधारणा अघि सारिएको कंडेलले बताए । परिषद्को विधानले पर्यटनको प्रवद्र्धन, विकास, संरक्षण र व्यवस्थापनसँगै स्थानीय संस्कृति तथा सम्पदाको प्रचार–प्रसारलाई प्राथमिकता दिएको छ । परिषद् गैरनाफामूलक सामाजिक संस्थाका रूपमा पर्यटन क्षेत्रको विकासमा सहकार्य गर्ने उद्देश्यमा केन्द्रित रहने व्यवस्था गरिएको छ ।

तदर्थ समितिले परिषद्को संस्थागत आधार तयार गर्ने, पर्यटन क्षेत्रका सरोकारवालाबीच सहकार्य र समन्वय गर्ने तथा नेपालगन्ज र बाँकेको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

‘नेपालगन्ज पर्यटन परिषद्ले कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई सम्पूर्ण पर्यटन क्षेत्रको साझा मञ्चका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,’ कंडेलले भने, ‘पर्यटनको विकास, स्थानीय अर्थतन्त्रको विस्तार र नेपालगन्जको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचानलाई मुख्य लक्ष्य बनाएर परिषद्का कार्यक्रम अगाडि बढाइनेछ ।’

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीसहित पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी अधिकारी, सुरक्षा निकायका अधिकारी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, परिषद्का पदाधिकारी तथा सदस्य र सञ्चारकर्मीको उपस्थिति थियो । परिषद्का अध्यक्ष केशव राज न्यौपानेको अध्यक्षतामा भएको पहिलो साधारणसभा तथा अधिवेशनमा कंडेलले महासचिवका हैसियतले तदर्थ समितिको प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।

Previous Post

नेपालगञ्ज पर्यटन परिषद्को नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा केशवराज न्यौपाने

Next Post

पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई

Next Post
पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई

पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई

पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई

September 28, 2026
पर्यटन विकासमा राज्यको सहयोग खोज्दै व्यवसायी

पर्यटन विकासमा राज्यको सहयोग खोज्दै व्यवसायी

September 28, 2026
नेपालगञ्ज पर्यटन परिषद्को नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा केशवराज न्यौपाने

नेपालगञ्ज पर्यटन परिषद्को नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा केशवराज न्यौपाने

September 27, 2026
डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version