For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक

byDainik Nepalgunj
October 6, 2026
in News, मुख्य समाचार
0 0
0
सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगर क्षेत्रमा सामुदायिक कुकुरको संख्या बढ्दै जाँदा सडकमा आवतजावत गर्ने सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । विशेषगरी साँझ परेपछि सडकमा हिँड्ने पैदलयात्री तथा मोटरसाइकल, स्कुटर र साइकलमा यात्रा गर्नेहरू सामुदायिक कुकुरका कारण जोखिममा पर्ने गरेका छन् ।

नेपालगन्जका विभिन्न सडक, चोक तथा गल्लीमा सामुदायिक कुकुरको समूह देखिन थालेको छ । दिनभर सडकमा सुत्ने तथा साँझ परेपछि सडकमा हिँड्ने मानिस र सवारीसाधनतर्फ झम्टिने कुकुरका कारण दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ ।

सडकमा सुतिरहेका कुकुर अचानक झम्टिँदा स्कुटर, साइकल तथा मोटरसाइकलमा सवार व्यक्ति लड्ने गरेको स्थानीय बताउँछन् । कतिपय स्थानमा सडक बत्तीको पर्याप्त व्यवस्था नहुँदा समस्या थप जटिल हुने गरेको छ ।

नेपालगन्जका स्थानीय सतिश आचार्यका अनुसार साँझ र रातको समयमा सडकमा हिँड्न निकै समस्या हुने गरेको छ । ‘अँध्यारोमा झ्याप्पै आक्रमण गर्छन् । बत्ती नभएको ठाउँमा झन् समस्या हुन्छ’, उनले भने ।

कुकुरले सडकमा हिँड्ने मानिसलाई लखेट्ने, सवारीसाधनको पछाडि दौडिने तथा अचानक बाटो काट्ने गरेका कारण दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र दुईपांग्रे सवारीसाधन प्रयोग गर्नेहरू बढी जोखिममा पर्ने गरेका छन् । ‘कुकुरको झुण्ड भएको ठाउँबाट हिड्यो कि झम्टन्छन्’, बबिता अधिकारी भन्छिन् ।

गाउँदेखि सहरसम्मै सामुदायिक कुकुरको संख्या बढ्दै गएको स्थानीय बताउँछन् । बाँकेको जानकी गाउँपालिकाका नरेश काँदुका अनुसार पछिल्लो समय सडकमा देखिने कुकुरको संख्या बढिरहेको छ । ‘बाटोमा कुकुरको संख्या बढ्दै गएको छ’, उनले भने ।

सामुदायिक कुकुरको संख्या बढ्दै जाँदा टोक्ने घटना तथा रेबिजको जोखिमसमेत बढ्न थालेपछि स्थानीय तहले कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

नेपालगन्ज उपमहानगर–पालिकाका अनुसार गत जेठमा चार दिनसम्म शिविर सञ्चालन गरी उपमहानगरपालिकाका २३ वटै वडाबाट २ सय ८१ वटा सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोप लगाइएको थियो । यसअघि पनि उपमहानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

तर, सीमित संख्यामा कुकुरको बन्ध्याकरण र खोप लगाएर मात्रै समस्या समाधान नहुने स्थानीयको भनाइ छ । सामुदायिक कुकुरको संख्या निरन्तर बढिरहेको अवस्थामा नियमित रूपमा बन्ध्याकरण, खोप, व्यवस्थापन तथा अनुगमन गर्नुपर्ने उनीहरूको माग छ ।

सामुदायिक तथा घरपालुवा जनावरबाट रेबिजको जोखिम बढ्दै गएपछि बाँकेको जानकी गाउँपालिकाले समेत रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । गाउँपालिकाले गत असोज १२ देखि १६ गतेसम्म घरपालुवा कुकुर, बिरालो तथा समात्न सकिने सामुदायिक कुकुरलाई लक्षित गरी रेबिजविरुद्धको खोप शिविर सञ्चालन गरेको थियो ।

स्थानीय तहले जनावरको टोकाइबाट हुने रेबिजको जोखिम न्यूनीकरणका लागि खोप तथा बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्दै आए पनि सडकमा देखिने कुकुरको संख्या घट्न नसक्दा समस्या यथावत् रहेको स्थानीयको भनाइ छ । कुकुर तथा अन्य जनावरको टोकाइको समस्या नेपालगन्जमा मात्रै सीमित छैन । भेरी अस्पताल नेपालगन्जमा आर्थिक वर्ष २०८२÷८३ मा जनावरको टोकाइका ८ हजार ४ सय ४ घटना रेकर्ड भएका छन् ।

पछिल्लो समय नेपालगन्ज क्षेत्रमा कुकुरको संख्या बढेसँगै कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउन अस्पताल पुग्नेको संख्या पनि बढेको बताइएको छ । कुकुरबाहेक बाँदरले टोकेका तथा नङले कोतरेका व्यक्तिसमेत रेबिजविरुद्धको खोपका लागि भेरी अस्पताल पुग्ने गरेका छन् । नेपालगन्ज क्षेत्रमा पछिल्लो समय बाँदरको समस्या पनि बढ्दै गएको स्थानीय बताउँछन् ।

रेबिजको जोखिम बढ्दै जाँदा भेरी अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी) को माग पनि बढेको छ । मागअनुसार खोप उपलब्ध नहुँदा अस्पतालमा बेलाबेलामा खोप अभाव हुने गरेको बताइएको छ । पछिल्लो समय देशभर नै रेबिजविरुद्धको खोपको अभाव देखिएको छ ।

चिकित्सकहरूका अनुसार रेबिज लागेपछि यसको उपचार निकै कठिन हुने भएकाले जनावरले टोकेको वा शंका लाग्ने गरी घाउ बनाएको अवस्थामा समयमै रेबिजविरुद्धको खोप लगाउनु आवश्यक हुन्छ । खोप समयमै लगाएमा रेबिजबाट बच्न सकिने भए पनि संक्रमणका लक्षण देखिन थालेपछि बिरामीको ज्यान जोगाउने सम्भावना अत्यन्त न्यून हुने चिकित्सकहरूको भनाइ छ ।

त्यसैले सडकमा छाडा तथा सामुदायिक कुकुरको संख्या नियन्त्रणसँगै टोकाइका घटना न्यूनीकरण, रेबिजविरुद्धको खोपको सहज उपलब्धता र जनचेतना विस्तारलाई प्राथमिकता दिनुपर्ने आवश्यक स्थानीय औंल्याउँछन् ।

सामुदायिक कुकुरको संख्या नियन्त्रणका लागि बन्ध्याकरण मात्रै पर्याप्त नहुने सरोकारवालाहरू बताउँछन् । ‘बन्ध्याकरण गरिएका कुकुरको नियमित अनुगमन, नयाँ जन्मिएका कुकुरको व्यवस्थापन, रेबिजविरुद्धको खोप, फोहोर व्यवस्थापन तथा कुकुरलाई सडकमा आश्रित हुन नदिने उपाय एकसाथ अघि बढाउनुपर्ने देखिन्छ’, हरि शर्मा भन्छन् ।

नेपालगन्जजस्तो बाक्लो बस्ती र बढ्दो सवारी चाप भएको सहरमा सडकमा जथाभावी कुकुरको समूह देखिनु मानव स्वास्थ्यसँगै सडक सुरक्षाको विषयसमेत बनेको छ ।

Previous Post

कोहलपुर घटनामा पत्रकार महासंघको ध्यानाकर्षण

Next Post

कांग्रेसमा थपिए एक लाख सदस्य

Next Post
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

कांग्रेसमा थपिए एक लाख सदस्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

कोहलपुर घटना : पाँच सदस्यीय समिति गठन

October 6, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

कांग्रेसमा थपिए एक लाख सदस्य

October 6, 2026
सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक

सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक

October 6, 2026
सञ्चार नीति बनाउ

कोहलपुर घटनामा पत्रकार महासंघको ध्यानाकर्षण

October 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version