For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

byDainik Nepalgunj
October 7, 2026
in News
0 0
0
टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध
Share on FacebookShare on Twitter

महिलासहित दुई पक्राउ, रुपैडिहामै ३०४ ग्राम स्म्याक बरामद

नेपाल–भारत सीमावर्ती बजार रुपैडिहामा टायल्स पसलबाट ठूलो परिमाणमा स्म्याक बरामद भएको घटनाले सीमाक्षेत्रमा भइरहेको लागूऔषध कारोबार र सुरक्षा निगरानीमाथि प्रश्न उठाएको छ । बहराइच प्रहरीले चकिया रोडस्थित टायल्स पसलमा छापा मारेर ३०४ ग्राम अवैध स्म्याक बरामद गरेको हो ।

प्रहरीले घटनामा एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराबंकीको बदोसराय थाना क्षेत्रअन्तर्गत किशुनदासपुरकी ३३ वर्षीया पूनम वर्मा र रुपैडिहा नगर पंचायत–९, चकिया रोडका ३१ वर्षीय रियाज अली उर्फ रियाज बाबा रहेका छन् ।

प्रहरीका अनुसार, सोमवार रुपैडिहा थाना प्रहरी र स्वॉट तथा सर्विलांसको संयुक्त टोलीले चकिया रोडस्थित टायल्स पसलमा लागूऔषधको किनबेच भइरहेको सूचना पाएको थियो । सूचनाका आधारमा पसलमा पुगेको टोलीले दुई जनालाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा पसलको काउन्टरबाट २९४ ग्राम र पूनम वर्माको साथबाट १० ग्राम स्म्याक बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट नेपाली मुद्रा, दुईवटा डेबिट कार्ड, आधार कार्ड, प्यान कार्ड र ड्राइभिङ लाइसेन्ससमेत बरामद गरेको छ ।

प्रहरीको दाबीअनुसार, पूनमले बाराबंकीबाट स्म्याक ल्याएर रियाजलाई बिक्री गर्दै आएकी थिइन् । बक्यौता रकम लिन र नयाँ मालको नमुना देखाउन उनी रुपैडिहा पुगेकी थिइन् ।

रियाजले भने आफ्नै टायल्स पसलबाट लुकिछिपी थोकमा स्म्याक बिक्री गर्दै आएको प्रहरीको दाबी छ । पसलमै ठूलो परिमाणमा लागूऔषध भेटिएपछि रुपैडिहामा लामो समयदेखि भइरहेको भनिएको कारोबारमाथि थप अनुसन्धानको आवश्यकता देखिएको छ । प्रहरीका अनुसार, त्यहाँबाटै नेपालगन्ज हुँदै नेपालका विभिन्न ठाउँ पठाइने गरेको खुलेको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध रुपैडिहा थानामा मु०अ०सं० २७२÷२०२६ अन्तर्गत धारा ८÷२१ एनडीपीएस ऐनबमोजिम मुद्दा दर्ता गरिएको छ । उनीहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

‘स्थानीयस्तरमा लागूऔषध कारोबारमा संलग्न केही व्यक्तिले संरक्षण पाउने गरेको आरोपसमेत लाग्दै आएको छ,’ रुपैडिहास्थित पत्रकार सुरेन्द्र मधेसियाले दैनिक नेपालगन्जसँग भने, ‘यद्यपि त्यस्ता आरोपमा प्रहरीको संलग्नता रहेको निष्कर्ष निकाल्न स्वतन्त्र अनुसन्धान र ठोस प्रमाण आवश्यक हुन्छ ।’ ‘त्यसैले पछिल्लो बरामदगीपछि प्रहरी अनुसन्धानले आरोपित दुई जनाभन्दा माथि पुगेर कारोबारको वास्तविक सञ्जाल पहिचान गर्नुपर्ने चुनौती थपिएको छ,’ पत्रकार मधेसियाले थपे ।

टायल्स पसलबाट थोकमै स्म्याक बिक्री भइरहेको थियो भने स्थानीय प्रहरी र अन्य निगरानी संयन्त्रले त्यसको जानकारी यसअघि किन पाएनन् भन्ने विषयले रुपैडिहामा चर्चा पाएको छ । ‘३०४ ग्राम स्म्याकसहित भएको पछिल्लो कारबाहीपछि अनुसन्धान पक्राउ र बरामदगीमै सीमित हुन्छ वा लागूऔषधको स्रोत, आपूर्तिकर्ता, खरिदकर्ता र सम्भावित संरक्षणदातासम्म पुग्छ भन्ने विषय अब महत्वपूर्ण बनेको छ,’ पत्रकार मधेसियाले स्थानीयबासीको चर्चा सुनाउँदै भने ।

बक्स

सुर्खेत पुग्यो ब्राउनसुगर

दैनिक नेपालगन्ज

नेपालगन्ज हुँदै सुर्खेततर्फ आउँदै गरेको ईभी गाडीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएपछि सीमादेखि गन्तव्यसम्मको सुरक्षा जाँच प्रणालीमाथि प्रश्न उठेको छ । प्रहरीले वीरेन्द्रनगरमा पुगेपछि मात्र लागूऔषध बरामद गरेको घटनाले अवैध लागूऔषध ओसारपसार नियन्त्रणमा बाटोमै हुने निगरानी कति प्रभावकारी छ भन्ने प्रश्न खडा गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनामा मंगलबार प्रहरीले ७ ग्राम २ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ का ३९ वर्षीय मिनराज गिरीसमेत छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतसमेतबाट खटिएको प्रहरी टोलीले नेपालगन्जदेखि सुर्खेततर्फ आउँदै गरेको भे.१ ज १३७० नम्बरको ईभी गाडी जाँच गरेको थियो । सोही क्रममा गाडीभित्र उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ । पदार्थ भेटिएपछि गाडीमा सवार चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाले नेपालगन्जबाट सुर्खेततर्फ जाने यात्रुवाहक तथा सार्वजनिक सवारीसाधनमा हुने सुरक्षा जाँचलाई पनि पुनः गम्भीरतापूर्वक हेर्नुपर्ने अवस्था देखाएको छ । ‘विशेषगरी नेपालगन्ज क्षेत्रबाट लागूऔषध अन्य जिल्लातर्फ लैजाने सम्भावनालाई ध्यानमा राखेर बाटोमा हुने निगरानी र जाँच प्रभावकारी बनाउनुपर्ने देखिन्छ,’ स्थानीय पत्रकारले दैनिक नेपालगन्जसँग भने ।

रुपैडिहा नाकाबाट नेपालगन्ज हुँदै सुर्खेतसम्म लागूऔषध पुग्ने सम्भावनालाई लिएर सुरक्षा निकायले सीमाक्षेत्रदेखि नै निगरानी कडा बनाउनुपर्ने आवश्यकता घटनाले देखाएको स्थानीय प्रहरीले पनि स्वीकार गरेको छ । ‘यद्यपि बरामद पदार्थ कहाँबाट ल्याइएको थियो र यसको वास्तविक स्रोत तथा गन्तव्य के थियो भन्ने कुरा भने प्रहरी अनुसन्धानबाट खुल्नेछ,’ स्थानीय प्रहरी अधिकारीले भने ।

सवारीसाधनभित्र लागूऔषध जस्तो देखिने पदार्थ भेटिनुले यात्राको क्रममा हुने नियमित सुरक्षा जाँचको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ । सीमा क्षेत्रमा हुने जाँचपछि नेपालगन्जबाट सुर्खेततर्फ जाने बाटोमा पनि जोखिमअनुसार निगरानी र आकस्मिक जाँच बढाउनुपर्ने देखिएको छ ।

प्रहरीले पक्राउ परेका चारै जनामाथि अनुसन्धान अघि बढाएको जनाएको छ । बरामद पदार्थको प्रकृति, त्यसको स्रोत, ओसारपसारमा संलग्न व्यक्तिहरू र सम्भावित गन्तव्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस घटनाले लागूऔषध नियन्त्रण केवल सीमा क्षेत्रमा हुने जाँचमा सीमित नराखी त्यसपछि जोडिने प्रमुख सडक र सवारीसाधनमा समेत निगरानी आवश्यक रहेको संकेत गरेको छ । प्रहरीले भने घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Previous Post

कांग्रेस महाधिवेशन : सभापतिमा तीन जनाको भिडन्त

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

October 7, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेस महाधिवेशन : सभापतिमा तीन जनाको भिडन्त

October 7, 2026
विधेयकमाथि नेपालगन्जमा कानुन व्यवसायीसँग छलफल

विधेयकमाथि नेपालगन्जमा कानुन व्यवसायीसँग छलफल

October 7, 2026
लुम्बिनी कल्चर डान्स आइडल २०८३

लुम्बिनी कल्चर डान्स आइडल २०८३

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version