राजधानी काठमाडौमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बाँकेबाट नौ जनाले विभिन्न कलष्टरमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दिनेहरुमा काँग्रेस बाँकेका सचिव सुधांशु कोइराला, मैकुलाल वाल्मिकी, सुरेन्द्र हमाल, लक्ष्मी नारायण शाह, कमला हमाल, दुःखीराम लोनिया, बबिता शाही लगायत रहेका छन् ।
महाधिवेशनमा क्षेत्र नम्बर १ बाट ४७ जना, क्षेत्र नम्बर २ बाट ३९ जना र क्षेत्र नम्बर ३ बाट ४० जना गरी बाँकेबाट जम्मा १ सय २६ मतदाता छन् ।





























