For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, November 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

    नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप : २४ स्वर्णसहित सगरमाथा स्वीमिङ क्लबको शानदार अग्रता

    नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप : २४ स्वर्णसहित सगरमाथा स्वीमिङ क्लबको शानदार अग्रता

    तेस्रो नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

    तेस्रो नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

    भारत देखि आएका खेलाडी स्वागत गरिदै

    भारत देखि आएका खेलाडी स्वागत गरिदै

    नेपालगन्ज स्वीमिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, नबिल बैंक टाइटल स्पोन्सर

    नेपालगन्ज स्वीमिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, नबिल बैंक टाइटल स्पोन्सर

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

संघीयता कमजोर पारिँदैछ

byDainik Nepalgunj
November 2, 2026
in News, मुख्य समाचार
0 0
0
सरकारले सबैतिर निराश मात्र बनायो : उपेन्द्र यादव
Share on FacebookShare on Twitter

नौ दल सम्मिलित अग्रगामी मोर्चाले आइतबार नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी नेताहरूले मुलुक राजनीतिक, संवैधानिक, आर्थिक र सामाजिक संकटतर्फ उन्मुख भइरहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संविधान संशोधनको आवश्यकता औँल्याएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संघीय प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा प्रदेशका अधिकार र क्षेत्राधिकार कमजोर बनाउँदै लगेको आरोप लगाए । उनले प्रदेशहरू अधिकारविहीन र स्रोतविहीन अवस्थामा रहेको उल्लेख गर्दै प्रदेशको क्षेत्राधिकार केन्द्रमा केन्द्रित गर्ने प्रवृत्ति बढेको बताए । प्रदेशको आफ्नै शासन–प्रशासन सञ्चालन गर्ने क्षमता कमजोर बनाइएको उनको भनाइ थियो ।

पूर्व प्रधानमन्त्री समेत रहेका मोर्चाका नेता यादवले संघीयता, भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीका विषयमा गरिएका प्रतिबद्धता कार्यान्वयन नभएको आरोप लगाए । ‘कथनी एउटा र करनी अर्कै भइरहेको छ’, उनले भने, ‘केवल फेसबुकमा स्टन्ट गरेर देश निर्माण हुँदैन ।’ उनले भ्रष्टाचार र कमिसनतन्त्र नियन्त्रण हुनुको सट्टा बढ्दै गएको, महँगीले गरिब तथा मध्यम वर्गका नागरिकको जीवन कष्टकर बनेको र सरकारी शिक्षा तथा स्वास्थ्य सेवा कमजोर भएको बताए । स्वास्थ्य बिमा कार्यक्रमसमेत प्रभावकारी हुन नसकेको उनको टिप्पणी थियो ।

सरकारले देशभित्र रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए पनि वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढिरहेको यादवले बताए । पछिल्लो छ महिनामा काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट ७५ हजार युवा वैदेशिक रोजगारीका लागि बाहिरिएको तथ्यांक प्रस्तुत गर्दै उनले सरकारले रोजगारी सिर्जनामा ठोस काम गर्न नसकेको आरोप लगाए ।

त्यस्तै, निर्वाचन अघि विदेशी ऋण नलिने भनाई विपरीत पछिल्लो छ महिनामा करिब साढे दुई खर्ब रूपैयाँ वैदेशिक ऋण लिइएको उल्लेख गर्दै उनले उक्त ऋणको उपयोग र उपलब्धिबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताए । यादवले संविधान संशोधन, पुनर्लेखन तथा परिमार्जनको आवश्यकता औँल्याउँदै संघीयता सुदृढ गर्ने कानुन निर्माणमा सरकार उदासीन रहेको आरोप लगाए । संविधान संशोधनका लागि सुझाव संकलन तथा बहसपत्र तयार गर्ने प्रक्रिया अघि बढाइए पनि त्यसले सार्थकता पाउन नसकेको उनको भनाइ थियो ।

संसदमा विधेयक प्रस्तुत नगरी अध्यादेशमार्फत शासन सञ्चालन गर्ने सरकारी प्रवृत्तिको आलोचना गर्दै उनले अध्यादेश आपत्कालीन अवस्थाका लागि भएको र त्यसैको भरमा शासन चलाउनु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताए ।

कार्यक्रममा मोर्चाका नेता तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक जनार्दन शर्मा आचार्यले मुलुक राजनीतिक, संवैधानिक, आर्थिक र सामाजिक संकटमा फस्दै गएको बताए । राज्य संयन्त्रलाई कमजोर बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने दिशामा गतिविधि भइरहेको उनको आरोप थियो । उनले प्रेस स्वतन्त्रता र संवैधानिक अधिकारमाथि हस्तक्षेपका घटना भइरहेको उल्लेख गर्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । जनताले प्राप्त गरेका समावेशी अधिकारसमेत कमजोर पार्ने प्रयास भइरहेको भन्दै उनले सरकार र सत्तारूढ दलले जनतालाई जवाफ दिनुपर्ने धारणा राखे ।

आर्थिक अवस्थाबारे टिप्पणी गर्दै शर्माले शेयर बजारमा आएको गिरावट, बढ्दो ऋण, व्यापार–व्यवसायमा देखिएको मन्दी र जनतामाथि थपिएको करको भारले अर्थतन्त्र संकटग्रस्त बनेको बताए । विद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्रमा करको भार बढ्दा सर्वसाधारण तथा विपन्न वर्ग थप मारमा परेको उनको भनाइ थियो । उनले राजनीतिक र आर्थिक संकटसँगै सामाजिक विभेदसमेत बढ्दै गएको बताए । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका समुदायको अधिकार सुनिश्चित गर्नुको सट्टा विभेद बढ्ने अवस्था सिर्जना भइरहेको उनले उल्लेख गरे ।

राष्ट्रियता गम्भीर संकटमा रहेको बताउँदै शर्माले मधेशी, आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, कर्णाली तथा सुदूरपश्चिमका नागरिकलगायत सबै उत्पीडित समुदायका अधिकारको रक्षा गर्नु राष्ट्रिय एकता सुदृढ गर्ने आधार भएको बताए ।

संविधानमा व्यवस्था गरिएका संघीयता र समावेशितासम्बन्धी अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले शिक्षा, रोजगारी, खाद्य सम्प्रभुता तथा सामाजिक न्यायका अधिकारलाई सुनिश्चित गर्ने गरी संविधानलाई थप समृद्ध बनाउनुपर्ने आवश्यकता औँल्याए ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नागरिक जागरुक नभए उपलब्धी खोसिन सक्ने आशंका व्यक्त गरे । देश संकटमा रहेकाले यसको रक्षाका लागि सबै जागरुक हुनुपर्ने उनको धारणा थियो । ‘नागरिक जागरुक बनाउनका लागि हामीले मोर्चा गठन गरेका हौं’, उनले भने । डा. राउतले बालेन नेतृत्वको सरकारले महिला अधिकारलाई बेवास्ता गरेको आरोप लगाउँदै संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला सहभागितासमेत कार्यान्वयन नभएको टिप्पणी गरे । ‘देश उल्टो गति तर्फ गैरहेको छ’, अध्यक्ष राउतले भने, ‘संघीयता, समावेशिता बेकार हो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ ।’

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले सरकारले राज्य सञ्चालनको प्रणाली नै कमजोर बनाएको आरोप लगाए । देशमा समानता कायम नभएसम्म आन्दोलन जारी रहने बताउँदै उनले सबै समुदायले समान अधिकार पाउनुपर्नेमा जोड दिए । देश सिस्टममा चल्नुपर्ने भए पनि त्यसअनुसार काम हुन नसकेको उनको भनाइ थियो ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मोर्चाको आन्दोलन देशका लागि गरिएका बलिदानी र प्राप्त उपलब्धिको रक्षाका निम्ति भएको बताए । समानता र न्यायका लागि विभिन्न राजनीतिक शक्ति एक ठाउँमा आएको उल्लेख गर्दै उनले मुलुक परिवर्तनका लागि भएका आन्दोलन सम्झौतामा टुंगिने गरेको टिप्पणी गरे । पछिल्लो जेनजी आन्दोलन पनि हाइज्याक भएको उनको भनाइ थियो ।

नेपाल जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष डा. बालकृष्ण शर्मा खनालले सत्ता र मुकुट सधै एउटाको टाउकोमा मात्रै नरहने उल्लेख गर्दै नयाँ पुस्ता सक्रिय रूपमा राजनीतिमा लाग्नु पर्ने धारणा राखे ।

लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले मोर्चाले संघीयतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरिन् । उनले मोर्चा एउटै पार्टी भएर एउटै निर्वाचन चिन्ह लिएर निर्वाचनमा जान सुझाव दिइन् ।

जसपा नेपाल बाँकेका अध्यक्ष कौशल धोबीको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सचिव कमरुद्दिन राई, नौदलीय अग्रगामी मोर्चामा आबद्ध दलका केन्द्रीय, प्रदेश तथा स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Previous Post

अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

Next Post

पोलियो उन्मूलनको सन्देश फैलाउँदै रोटरी क्लबको सचेतना र्याली

Next Post
पोलियो उन्मूलनको सन्देश फैलाउँदै रोटरी क्लबको सचेतना र्याली

पोलियो उन्मूलनको सन्देश फैलाउँदै रोटरी क्लबको सचेतना र्याली

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विष्णुमान श्रेष्ठका दुई कृति एकै दिन विमोचन

विष्णुमान श्रेष्ठका दुई कृति एकै दिन विमोचन

November 2, 2026
पोलियो उन्मूलनको सन्देश फैलाउँदै रोटरी क्लबको सचेतना र्याली

पोलियो उन्मूलनको सन्देश फैलाउँदै रोटरी क्लबको सचेतना र्याली

November 2, 2026
सरकारले सबैतिर निराश मात्र बनायो : उपेन्द्र यादव

संघीयता कमजोर पारिँदैछ

November 2, 2026
अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

November 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version