भृकुटी तेक्वान्दो डाेजाङ, नेपालगन्जले आयाेजना गरेकाे `प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दाे प्रतियाेगिता´ सम्पन्न भएकाे छ ।
राप्तीसाेनारी गाउँपालिकाकाे समन्वयमा अगैयामा आयाेजना गरिएकाे दुई दिने प्रतियाेगिता आइतबार सम्पन्न भएकाे हाे ।
लुम्बिनी प्रदेशका सात वटा जिल्लाका खेलाडी सहभागी भएकाे प्रतियाेगितामा बाँकेकी दिपिका थापा र दाङका सुराजन चाैधरी उत्कृष्ट खेलाडी भएका छन् । दिपिकाले ४२ केजी मुनि ताैल समूहमा स्वर्ण पदक र सुराजनले ५१ केजी मुनि ताैल समूहमा रजत पदक जितेका थिए ।
प्रतियाेगितामा गेरुगी र पुम्से विधा समेटिएकाे थियाे । गेरुगीकाे महिला ४४ केजी मुनि ताैल समूहमा बर्दियाकी ममता रावतले स्वर्ण जितिन् । बाँकेकी युनिका डाँगीले रजत तथा कपिलबस्तुकी काेपिला डाँगी र दाङकी विनिता विकले कास्य पदक जिते ।
४६ केजी मुनिमा रुपन्देहीकि लिजा चाैधरीले स्वर्ण, प्यूठानकी सिन्थिया थापाले रजत, कपिलवस्तुकि रितु राजकाेटी र दाङकी लक्ष्मी केसीले कास्य पदक जिते ।
४२ केजी मुनिमा बाँकेकी दिपिका थापाले स्वर्ण, प्यूठानकी दीक्षा धामीले रजत, बर्दियाकी सपना खड्का र राेल्पाकी स्वस्तिका थारुले कास्य पदक हात पारे ।
४९ केजी मुनिमा बर्दियाकी स्वर्णिमा घर्तिले स्वर्ण, बाँकेकी सृष्टि चन्द रजत, दाङकी राेजी वली र नवलपरासीकी सुजता थारुले कास्य पदक जितेका छन् ।
पुरुषतर्फ ४५ केजी मुनि सल्यानका विवेक शाहीले स्वर्ण, बाँकेका सिमन थारुले रजत, राेल्पाका विकेश घर्ति र दाङका बिस्ने परियारले कास्य पदक जिते ।
४८ केजी मुनि प्यूठानका प्रेम विकले स्वर्ण र सल्यानका तिलक थारुले रजत पदक जितेका छन् ।
५१ केजी मुनि बाँकेका गाैरव सिंहले स्वर्ण, दाङका सुराजन चाैधरीले रजत, प्यूठानका दिनेशराज गिरी र सल्यानका धर्मराज विकले कास्य पदक जिते ।
५४ केजी मुनि प्यूठानका संघर्ष खड्काले स्वर्ण, बाँकेका निराजन शाहीले रजत, बर्दियाका अनुप चाैधरी र कपिलवस्तुका तिलक रानाले कास्य पदक हात पारेका छन् ।
सिनियर पुम्से महिलामा बाँकेकी मल्लिका शाही र पुरुषमा बर्दियाका नवराज बस्नेतले स्वर्ण जितेका छन् ।
प्रतियाेगितामा बाँके प्रथम र बर्दिया द्वितीय भएकाे छ ।
प्रतियाेगिताका विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पाैडेलले खेल र खेलाडीकाे विकासमा आफू सधैं लागि पर्ने बताउँदै यही आर्थिक वर्षभित्र ट्रस्ट बनाइदिने प्रतिबद्धता गरे ।
रमेश तिमिल्सेनाकाे अध्यक्षतामा भएकाे समापन समाराेहमा राप्तीसाेनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा थारु, वडा नम्बर ८ का अध्यक्ष शालिकराम डाँगी, वडा नम्बर ३ का महिला सदस्य रिता दमाई, पालिकाका खेलकुद प्रशिक्षक प्रतापसिंह थारु, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा, बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछाने, सचिव जंगबीर थारु, भृकुटी तेक्वान्दो डाेजाङका संयाेजक उमादेवी थापा, प्रशिक्षक एवं प्रतियाेगिताका संयाेजक चन्द्रप्रकाश श्रेष्ठलगायतले विजेता टीम तथा खेलाडीलाई पुरस्कार वितरण गरे ।
साे अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान तथा मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।






























