For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या

byDainik Nepalgunj
May 8, 2024
in News, मुख्य समाचार
0 0
0
सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या
Share on FacebookShare on Twitter

दाङको राप्ती गाउँपालिका–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो । १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको तीन वर्ष हुँदा पनि नयाँ ल्याइएको छैन । त्यही पुरानै बोर्डमा कक्षा सञ्चालन भइरहेको छ । कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा एक सय ५५ विद्यार्थी छन् । सोही पालिकाको वडा नं. ४ स्थित जनज्योति आधारभूत विद्यालय नयाँ गाउँमा एउटै कक्षामा कम्प्युटर ल्याब र सोही कोठामा शिक्षकहरु बस्ने कोठा छ । यसले गर्दा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ । कक्षा ८ सम्म सञ्चालित यस विद्यालयमा दुई सय ४६ विद्यार्थी अध्ययनरत छन् ।

राप्ती गाउँपालिका–८ पिपरीस्थित शङ्कर मावि पिपरीमा पनि समस्या उस्तै छन् । कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयका प्रत्येक कोठा फोहर छन् । कोठामा धुलैधुलो छ । त्यही धुलोमा विद्यार्थीहरु बसिरहेका हुन्छन् । यहाँ पाँच सय २५ विद्यार्थी छन् । राप्ती गाउँपालिका–१ भलावाङ स्थित नेपाल राष्ट्रिय माविमा शौचालयमा पानी छैन । शौचालय दुर्गन्धले जानसक्ने अवस्था छैन । निर्माण भएको शौचालयको ढोका फुटेको छ । विद्यालयअगाडि राखिएको झन्डा च्यातिएर लत्रिएको अवस्थामा छ । कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयमा चार सय बढी विद्यार्थी छन् । यी त, दाङ राप्ती गाउँपालिकाभित्र रहेका केही सामुदायिक विद्यालयमा देखिएका बेथिति हुन् । अधिकांश सरकारी विद्यालयको समस्या उस्तै देखिन्छ । विद्यार्थी भर्नादर बढिरहे पनि विद्यालयले आफ्नो स–साना कुरा सुधारमा खासै ध्यान दिएको पाइँदैन तर पनि सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना दर भने केही वर्षयता बढिरहेको छ । राप्ती–१ स्थित नेपाल राष्ट्रिय माविमा एक सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना भएका छन् । यस विद्यालयमा गएको वर्ष तीन सय विद्यार्थी थिए । त्यस्तै, सर्वोदय माविमा यस वर्ष मात्रै दुई सय बढी नयाँ विद्यार्थी थपिएका छन्भने जनज्योति आधारभूत विद्यालयमा ५० बढी नयाँ विद्यार्थी थपिएका छन् । सामुदायिक विद्यालयप्रति विद्यार्थीको विश्वास घटेको छैन । दक्ष शिक्षक र सुरक्षित कक्षा कोठाजस्ता कुराले सामुदायिक विद्यालयहरु निजीभन्दा राम्रा छन् । स–साना कुराहरुलाई सुधार गरे सामुदायिक विद्यालयमा आकर्षण बढ्ने स्वयं विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् । “पछिल्लो समय जति नयाँ भर्ना भइरहेका छन्, तीमध्ये अधिकांश विद्यार्थी निजी विद्यालयबाट आएका छन्”, राष्ट्रिय माविका प्रधानाध्यापक लोकेन्द्र केसीले भन्नुभयो, “हामीले सामान्य कुरामा सुधार गर्दै ग¥याँै भने सामुदायिक विद्यालयमा विद्यार्थी दर अझै बढ्ने देखिन्छ ।”

अधिकांश सामुदायिक विद्यालयमा ठूला–ठूला भवन पनि छन् । शौचालय, खानेपानीसहित आधारभूत कुराहरु पूरा भए पनि ती कुराको सही सदुपयोग हुन सकेको छैन । विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरु एकजुट भएर लागेमा विद्यालय सफल हुने प्रधानाध्यापकहरुको धारणा छ । “विद्यालय व्यवस्थापन समितिले योजना बनाउने, प्रअसहित शिक्षकहरुले कार्यान्वयन गर्नुपर्छ”, जनज्योति आधारभूत विद्यालयका प्रअ कुलराज जैसीले भन्नुभयो, “त्यति गरेमा सामुदायिक विद्यालयको अवस्था सुधार हुन्छ ।” शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि भवन मात्रै महत्वपूर्ण कुरा नभई व्यवस्थापनको पाटो पनि महत्वपूर्ण हुने उहाँको भनाइ छ । दाङकै नमूनामध्येको एउटा विद्यालय हो–राप्ती गाउँपालिका–२ लालमटियास्थित आदर्श नमूना मावि । यहाँ दुई हजार दुई सय विद्यार्थी छन् । कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयमा चालु शैक्षिक सत्रमा मात्रै प्रत्येक कक्षामा ५० जना भन्दा बढी विद्यार्थी थपिएका छन् । ती सबै नजिकैको निजी विद्यालयबाट आएको प्रधानाध्यापक किरण पोख्रेलले बताउनुभयो । “अहिले धेरै विद्यार्थी नयाँ थपिएका छन्, यो वर्ष मात्रै प्रत्येक कक्षामा ५० जनाभन्दा बढी विद्यार्थी थपिएका छन्”, उहाँले भन्नुभयो, “यो सामुदायिक विद्यालयका लागि सकारात्मक पक्ष हो ।”

यस विद्यालयमा अहिले अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ । यसले गर्दा पनि विद्यार्थीको आकर्षण बढिरहेको उहाँको भनाइ छ । अङ्ग्रेजी माध्याममा प्रत्येक कक्षामा तीन वटासम्म सेक्सन रहेका छन्भने नेपाली माध्यममा दुईवटा सेक्सन रहेका छन् । प्रत्येक कक्षामा ५० जनासम्म विद्यार्थी राखिएको प्रअ पोख्रेलले बताउनुभयो । व्यवस्थापन राम्रो भएमा सामुदायिक विद्यालय निजीभन्दा अब्बल हुन सक्छन्, भन्ने उदाहरण दिन सकिने उहाँको भनाइ छ । “हाम्रो लगावको कुरा हो, उचित व्यवस्थापनको कुरा हो, अभिभावक र विद्यार्थीको पनि सहयोगको कुरा हो”, यी कुरा भएमा सामुदायिक विद्यालय पनि राम्रोसँग चल्न सक्छन् ।” कुनै पनि कक्षा खाली नगर्ने र विद्यार्थीलाई खेल्ने उचित वातावरण बनाउने हो भने विद्यार्थीको सङ्ख्या बढ्ने उहाँको भनाइ छ । यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म सूचना प्रविधि (आइटी) विषय पनि पढाइ हुन्छ । त्यसले पनि विद्यार्थीको आकर्षण बढेको छ । सोही विद्यालयमा निजी स्रोतबाट विद्यालयले प्राविधिक शिक्षासहित ३० जना शिक्षक राखेको छभने १७ जनाको स्थायी दरबन्दी छ । त्यस्तै राप्ती गाउँपालिकाले १९ जना शिक्षक उपलब्ध गराएको छ ।

सामुदायिक विद्यालयले सुधारका कार्य पनि गरिरहेका छन् । विद्यालयमा किताबी ज्ञान मात्रै होइन, व्यावहारिक र बिक्ने शिक्षा आजको आवश्यकता हो । विद्यार्थीको शैक्षिक गुण्स्तर वृद्धि गर्न राप्ती–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालय शिशु कक्षासँगै नर्सरी कक्षा पनि चलाएको छ । विद्यार्थीको हेरचाह गर्नका लागि पालैपालो बिहान ९ बजे एकजना शिक्षक आउने व्यवस्था पनि मिलाउने तयारी गरेको छ । यसले विद्यार्थीको सुरक्षामा सहज हुने प्रधानाध्यापक कालुसिंह थापाले बताउनुभयो । त्यस्तै, सर्वोदय मावि सिसहनियाले पढाइलाई प्रविधिमैत्री बनाउन थालेको छ । विद्यालयमा अहिले तीनवटा प्रोजेक्टर छन्भने सातवटा ल्यापटप छन् । त्यसबाट पठनपाठन गराइरहेको प्रधानाध्यापक गोविन्दबहादुर केसीले बताउनुभयो । भवन बन्नु मात्रै शैक्षिक गुणस्तरको सूचक नभएको बृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले बताउनुभयो । “सामुदायिक विद्यालयका भवन ठूला–ठूला छन् तर निजी विद्यालयका जस्तापाताले छाएका हुन्छन्, त्यहाँको बढाई राम्रो थियो”,उहाँले भन्नुभयो, “त्यसैले भवन बन्ने मात्रै भन्दा पनि स–साना कुरामा व्यवस्थापन गरे सामुदायिक विद्यालयको शैक्षिकस्तर धेरै माथि उठ्छ ।” सामुदायिक विद्यालयमा दक्ष शिक्षक रहेको भन्दै ती शिक्षकले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरे शैक्षिकस्तर धेरै माथि उठ्ने बताउनुभयो । धेरै ठूला समस्या छैनन्, स–साना कुराहरुलाई ख्याल गरे सुधार हुने देखिन्छ । अहिले पनि सामुदायिक विद्यालयहरुमा जाँदा धेरै कक्षाहरु खाली रहने गरेको भन्दै सबै कक्षामा पढाइ हुने अवस्था रहेमा मात्रै पनि धेरै कुरा सुधार हुने उहाँको भनाइ छ । धेरै सामुदायिक विद्यालयमा प्रअको नेतृत्व क्षमतामा नै समस्या देखिएको भन्दै प्रअ सक्रिय रहेमा विद्यालय सुधार हुने उहाँले बताउनुभयो ।

दाङको राप्ती गाउँपालिकाले विद्यालयमा देखिएका समस्या पहिचान गरी त्यसलाई सुधार गर्ने अभियानमा लागेको पालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । विद्यालय शिक्षाको गुणस्तरमा पालिकाले विशेष जोड दिएको बताउँदै उहाँँले भन्नुभयो, “अबको केही समयमा शिक्षक दरबन्दी मिलान गर्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो, “त्यसपछि जुन विद्यालयमा जे समस्या देखिन्छ, ती समस्या समाधान गर्ने अभियानमा छौँ ।” अहिले पालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षकलगायतले सामुदायिक विद्यालयमै आफ्ना सन्तान पढाउन सुरु गरेका छन् । विस्तारै सर्वसाधारणमा पनि अब आफ्ना बालबालिकालाई सामुदायिक विद्यालय नै पढाउनु पर्दछ, यसका लागि आफूहरुले पनि ती विद्यालयको भौतिक, अध्ययन गर्ने वातावरण सुधारमा ध्यान दिनुपर्छ भन्ने भावनाको विकास भएको उहाँको भनाइ छ । राप्ती गाउँपालिकामा २७ वटा सामुदायिक विद्यालय छन् ।

Previous Post

शक्तिपृथकिरणको जग बसेको त्यो दिन

Next Post

वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु

Next Post
वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु

वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version