लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षको ९ महिनामा ५ हजार बढी मुद्दा दर्ता भएका छन् । लुम्बिनीका १२ वटा जिल्लामा कुल ५ हजार ५ सय १५ मुद्दा दर्ता भएको हो ।
लुम्बिनीमा सबैभन्दा कम अपराधिक मुद्दा दर्ता भएको जिल्ला रुकुम हो भने सबैभन्दा बढी मुद्दा रूपन्देहीमा दर्ता भएको छ । चालु आ.व.को नौ महिनामा रुकुममा ५१ र रूपन्देहीमा १ हजार ३ सय ५१ मुद्दा दर्ता भएको छ ।
लुम्बिनी प्रदेश प्रहरीका अनुसार, चालु आ.व.को नौ महिनामा बाँकेमा १ हजार ८६, दाङ्गमा ९ सय ९०, बर्दियामा ४ सय ९४, कपिलवस्तुमा ४ सय १८, नवलपरासीमा ३ सय ४०, पल्पामा १ सय ९३, गुल्मीमा १ सय ५८, प्युठानमा १ सय ६१, रोल्पामा १ सय ५०, अर्घाखाँचीमा १ सय २३ मुद्दा दर्ता भएका हुन् ।
प्रदेशमा सबैभन्दा बढी मुद्दा ज्यान सम्बन्धी ९ सय ५८ र आत्महत्या सम्बन्धी ९ सय ४९ वटा रहेको छ ।