For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

‘सुरक्षित कर्णाली विशेष अभियान’ एक अनुकरणीय प्रयास

byDainik Nepalgunj
November 18, 2024
in News, मुख्य समाचार
0 0
0
‘सुरक्षित कर्णाली विशेष अभियान’ एक अनुकरणीय प्रयास
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सूचना र प्रविधिको तीव्र विकास भइरहेका बेला पनि कर्णालीलाई दूरी र भूगोलका हिसाबले निकै जटिल एवं कठिन क्षेत्रका रुपमा हेर्ने गरिन्छ । दुःख, कष्ट, गरिबी, अशिक्षा र भोकको पर्यायका रुपमा उदाहरण दिँदा काठमाडौँको कर्णाली, सुर्खेतको कर्णाली, बाँकेको कर्णाली, पोखराको कर्णाली भनिन्छ ।

यथार्थमा यही हो र कर्णाली ? के काठमाडौँ, पोखरा, चितवन कर्णालीका लागि विकट छैनन् ? के काठमाडौँमा गरिब, मागेर गुजारा चलाउने, सडक मानव र विकासले छुन नसकेका ठाउँ नै छैनन् ? बरु त्यसको चरम हद र अवस्था कर्णालीमा भेटिँदैन । समयको गतिसँगै अब सबैखाले परम्परागत भाष्य आजको सूचना र प्रविधिको युगले चिरिदिएको छ ।

काठमाडौँबाट हेर्नेभन्दा यहीँ पुगेर भोग्नेहरुको नजरमा कर्णाली नितान्त फरक छ । यहाँ पुग्ने जो कोही व्यक्तिले कर्णाली आउनै र अध्ययन गर्नैपर्ने ठाउँका रुपमा बुझ्छन् । विकटता, अशिक्षा, गरिबी र दुर्गमताको उपमा दिनेहरुलाई पद्मकन्या क्याम्पस काठमाडौँमा अध्यापनरत उपप्राध्यापक डा भगवती सेढाइँले आफ्नो अनुसन्धानका क्रममा कर्णाली घुमेर फर्केपछि यसका बारेमा काठमाडौँको एक कार्यक्रममा सहभागी भएर मुक्तकण्ठले तथ्याङ्कीय विवरण प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार काठमाडौँ महानगरपालिकाको कुनै एक वडाको कार्यक्रममा सहभागी हुँदै उक्त कार्यक्रमका विशेष अतिथिले ‘यो वडा त काठमाडौँको कर्णाली’ भनेका थिए । त्यहाँ कर्णाली भन्नाले विकासका गतिको हिसाबले पिछडिएको भन्न खोजिएको थियो । यो सुन्दा भने कर्णाली यात्राको अनुभूति सँगालेर फर्कनुभएकी उहाँलाई खसखस लागिरहेको थियो, कारण त्यहाँ व्यक्त गरिएको कथ्यमा जस्तो कर्णाली तथ्यमा थिएन ।  

कर्णाली प्रदेश विकासको मन्द गतिको उपनाम नभई नवीनतम् कार्य गर्नका लागि उद्गम र उर्वर भूमि भएको उहाँ बताउनुहुन्छ । कर्णाली घुमेपश्चात् उपप्राध्यापक सेढाईंले  यहाँ उल्लेख गर्न खोजेको चाहिँ सुरक्षित कर्णाली अभियानको ‘क्युआर कोड’ र कर्णाली प्रदेशका घरमा प्रहरीले टाँस गरेको ‘स्टिकर’का बारेमा हो ।  

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले २०८० सालमा कर्णालीका १० वटै जिल्लामा ‘सुरक्षित कर्णाली विशेष अभियान’ थाल्यो । यसको उद्देश्य नागरिकको सुरक्षाका लागि हरेक टोल, बस्ती, घर र व्यक्तिसम्म राज्यको उपस्थित गराउनु थियो । नागरिकले आफ्नो समस्या, घटना तथा गुनासोहरु कुनै पनि बिचौलियाको सहयोग बिना छिटोभन्दा छिटो प्रहरीसामु पु¥याउनु एवं सेवाग्राही र सेवाप्रदायकबीच राम्रो सम्बन्ध स्थापना गर्नु पनि हो ।

उहाँका अनुसार गुनासो पेटिका राख्दा झन्झटिलो हुने, तत्काल सम्बन्धित व्यक्ति÷निकायसमक्ष गुनासो नपुग्ने र समय पनि धेरै लाग्ने भएकाले समयको मागसँगै यस कार्यक्रमका लागि उच्चतम प्रविधिको प्रयोग भएको रहेछ । कर्णाली प्रदेशअन्तर्गतका सम्पूर्ण प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुले सम्पादन गरेका प्रहरी सेवासम्बन्धी कुनै गुनासो÷पीरमर्का, सल्लाह÷सुझाव, पृष्ठपोषण, सूचना माग तथा कुनै पनि घटनाको सम्बन्धमा तत्काल प्रतिक्रिया गर्नुपर्ने भएमा ‘क्युआर कोड’मार्फत सिधै कर्णाली प्रदेश प्रहरी कार्यालयको उजुरी छानबिन शाखामा सेवाग्राहीले आफ्नो भनाइ राख्न तथा सम्पर्क गर्न सकून् भनी क्युआर कोडको प्रयोग भएको रहेछ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालको नेतृत्वमा थालिएको अभियानको प्रमुख उद्देश्य प्रहरीमा नागरिकको सहज सूचनाको पहुँच पु¥याउनु, अपराध अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाई नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु नै हो । यस क्युआर कोडभित्र सूचना दिनेको नाम, इमेल, सम्पर्क नम्बर, विषय, गुनासोको सङ्क्षिप्त विवरण उल्लेख गर्न मिल्नेगरी तयार गरिएको र सर्वसाधारणले सजिलै प्रयोग गर्न सक्नेगरी बनाएको उपप्राध्यापक डा सेढाईंले उल्लेख गर्नुभएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यस सुरक्षित कर्णाली अभियानका लागि नेपाल प्रहरीले स्टिकर बनाई कर्णाली प्रदेशका १० जिल्लामा तीन लाख ७१ हजारभन्दा बढी घरधुरीमा प्रहरीको फोन नम्बर भएको स्टिकर प्रत्येक घरको मूल ढोकामा टाँस्ने लक्ष्य लिइएको थियो जसलाई निरन्तरता दिइएको छ । कार्यालय, विद्यालय, कलेजमा भने उक्त भवनको मूल प्रवेशद्वारमा र होटेल तथा पसलहरुमा काउन्टरको सामुन्ने टाँस गरिएको देखिन्छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २०८१ सालको असार ३१ सम्म दुई लाख ३९ हजार एक सय ३३  घरधुरीमा  स्टिकर टाँस भएको र गुनासो ‘रिपोर्टिङ’को सङ्ख्यामा ५७ प्रतिशत वृद्धि भएको छ ।  
एक वर्षपछि यसलाई फर्केर हेर्दा यो प्रयासले समुदायमा सकारात्मक परिवर्तनको थालनी भएको प्रस्ट सङ्केतका साथै यस कार्यले नागरिक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । यसै सन्दर्भमा उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल सुरक्षित कर्णाली विशेष अभियान कार्यक्रम आफैँमा नमूना कार्यक्रम भएको बताउनुहुन्छ ।  तत्कालीन प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ढकालले सुरु गरेको यो अभियानलाई पछिल्लो नेतृत्वले पनि निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष कँडेलले यो अभियानले व्यापार तथा होटल व्यवसायीलगायत समाजमा घट्ने जस्तोसुकै घटनाको खबर तत्काल प्रहरी कहाँ पु¥याउन र त्यसको आवश्यक खोज अनुसन्धानबाट समस्याको सम्बोधन गर्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिनुभयो ।  

घरदैलोमा स्टिकर टाँस्ने कार्यक्रमसँगै घरपरिवारको नाम, ठेगाना, फोन नम्बर, परिवार सङ्ख्या, पेसा र व्यवसाय लगायतका लगत विवरण समावेश हुने भएकाले शान्तिसुरक्षा अमनचयन कायम गर्न सहयोग पुग्नाका साथ प्र्रदेशस्तरीय नीति तथा कार्यक्रम तर्जुमा गर्दा उपयोगी हुने डा सेढाईं बताउनुहुन्छ ।

घरपरिवार लगत एउटा महत्वपूर्ण तथ्याङ्क भएकाले यसको समुचित प्रयोगबाट तथ्याङ्कपरक नीति, कार्यक्रम निर्माण र सम्पादन गर्न सकिन्छ । क्युआर कोडमार्फत पठाइएको गुनासो सिधै कर्णाली प्रदेश प्रहरी कार्यालयमा उजुरी छानबिन शाखामा पुग्ने व्यवस्था गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार उजुरीमार्फत आएका सूचनाहरूलाई गोप्य राख्नका लागि उच्चतम सतर्कता अपनाइएको छ ।

कर्णाली प्रदेशका सामाजिक अगुवा पिताम्बर ढकाल यो अभियान राम्रो भए पनि व्यापक रुपमा प्रचारप्रसार हुन नसक्दा नागरिकलाई जानकारी नभएको बताउनुहुन्छ ।  उहाँले भन्नुभयो, “यसबारे म आफैँलाई पनि थाहा नहुँदा के गर्ने भन्ने विषयमा ज्ञान थिएन । क्युआर कोडमा आफ्ना गुनासा तथा उजुरीहरु कसरी प्रबिष्ट गराउने र प्रविधिको प्रयोगका लागि सुविधा के भन्ने विषयमा सुसूचित गराउनुपर्दछ ।”

शिखर मावि दशरथपुर सुर्खेतका शिक्षक जनकबहादुर सिंहले घर, विद्यालय तथा पसलहरुमा प्रहरीले स्टिकर टाँसेको भने पनि त्यसबारे आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो । कुनै घटना परिघटना पर्दा सहजै प्रहरी प्रशासनसँग सम्पर्क गर्न सकिने र नागरिकको सुरक्षामा सहयोग पु¥याउने यो अभियान प्रशंसायोग्य भएकाले यसको व्यापक रूपमा प्रचारप्रसार हुनुपर्ने उहाँको भनाइ छ ।  

चन्दननाथ नगरपालिका–५ जुम्लाका स्थानीय लक्ष्मीकन्या बुढाका अनुसार ‘सुरक्षित कर्णाली विशेष अभियान’ अन्तर्गत सञ्चालन गरिएका कार्यक्रम निकै महत्वपूर्ण र ग्रहणयोग्य छ । यद्यपि क्युआर कोड, विद्यालय, क्याम्पस, सार्वजनिकस्थलका साथै सार्वजनिक गाडीहरुमा पनि टाँस्नुपर्ने र त्यसको प्रयोगका विषयमा आमनागरिलाई आधारभूत ज्ञानसहित प्रयोग विधिका बारेमा जानकारी गराउनुपर्ने उहाँको सुझाव छ ।

प्रहरी अधिकारीहरूका अनुसार क्युआर कोडमार्फत यहाँका नागरिकहरुले शान्तिसुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि घर वा बाटोघाटो, पाटीपौवा जहाँबाट पनि प्रविधिमार्फत उजुरी दिनसक्ने सुविधा उपभोग गर्न सक्नेछन् । उनीहरुलाई कुनै गुनासा राख्न, उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनुपर्ने छैन र उजुरीकर्ताको नाम भने प्रहरीले गोप्य राख्ने प्रावधान छ ।

अनुसन्धानकर्मी एवं उपप्राध्यापक सेढाईं क्युआर कोडमार्फत गुनासालाई अति जरुरी, जरुरी र साधारण वर्गमा राखेर त्यसको सम्बोधन गर्ने, अति जरुरी उजुरीलाई तत्काल, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई विवरणसहितको जानकारी दिने व्यवस्था मिलाइएको र परिणाम पनि सकारात्मक देखिएकाले यो अभियानलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्ने सुझाव दिनुहुन्छ । 

सरोकारवालाहरुले क्युआर कोडको प्रयोगले नागरिक सम्बन्ध नजिक बनाउन, सुरक्षाप्रतिको विश्वास बढाउन, सहज सेवा प्रदान गर्न, समयको सदुपयोग तथा नागरिकलाई सेवा लिन जाँदा हुने दुःख पूर्णरुपले हट्ने प्रतिक्रिया दिएका छन् ।

तिला गाउँपालिका–३ जुम्लाका स्थानीय निराजन गौतम अभियान थालनी भएयता क्युआर कोडको प्रयोग, स्टिकर टाँसले चोरीचकारी, झै–झगडा र मादकपदार्थ सेवन गर्नेजस्ता कुलतमा लागेकाहरू बढी सशङ्कित भएको बताउनुहुन्छ ।  यो सुविधाले गाउँ वा सहर जहाँतहीँ कोही कसैलाई आपत्विपत् प¥यो भने कहाँ खबर गर्ने भन्ने बारेको पूर्ण जानकारी लिन सहयोग पुग्ने देखिन्छ । यद्यपि नागरिकलाई यसको उपयोग र फाइदाका बारेमा जानकारी गराउनुपर्ने गौतमको भनाइ छ ।

यस अभियानअन्तर्गत १४ कार्यक्षेत्र निर्धारण गरी दुई लाख ३९ हजार चार सय २४ घरमा स्टिकर टाँस, क्युआर कोड (द्रुत जवाफ) को प्रयोग, पीडित सहायता कार्यक्रम, लालटिन अभियान, अन्तरक्रियात्मक गस्ती, यात्रुमैत्री निःशुल्क निवेदन लेखन, नागरिक सहजकर्ता परिचालन, दुव्र्यसनिविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकाले यसलाई अनुकरणीय प्रयासका रुपमा लिइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले क्युआर कोडमार्फत केही गुनासा तथा उजुरीहरु आए पनि यसलाई प्रतिफल र परिणाममुखी बनाउन थप प्रयास आवश्यक रहेको बताउनुभयो । नागरिक गुनासाहरु बढाउन र समाज घट्ने सबै खाले घटनाका बारेमा प्रहरीसमक्ष पु¥याउनुपर्छ भन्ने जानकारी नागरिकसम्म पु¥याउन सञ्चारजगत्ले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

पद्मकन्या क्याम्पसकी उपप्राध्यापक सेढाईं देशव्यापी अध्ययन अनुसन्धानका क्रममा मुलुकको तराईसहित पहाडी र हिमाली क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, शान्तिसुरक्षालगायका विविध विषयका तथ्यतथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी त्यसतर्फ देखिएका समस्या र चुनौतीको समाधान गर्न सहयोग पुगोस् भनी प्रतिवेदन सार्वजनिक गर्दै आएकी एक अनुसन्धानकर्मीका हैसियतले कर्णाली प्रदेशमा लागू भएको ‘क्युआर कोड’ अभियान फलदायी रहेको निष्कर्षसहित अझ परिष्कृत ढङ्गबाट देशव्यापी रूपमा विस्तार गर्नुपर्ने सुझाव दिनुहुन्छ ।    
Previous Post

साढे १२ बर्ष कैदका लागि ४८ पक्राउ

Next Post

आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

Next Post
आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version