मेनका चौधरी
राजपत्र सम्पादन तथा प्रकाशन सम्वन्धी स्थानीय स्तरका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम आज बर्दियाको गुलरियामा आन्तरिक मामीला तथा कानुन मन्त्रालय लुम्विनी प्रदेशको आयोजना भएको छ ।
कार्यक्रममा बर्दिया जिल्ला समन्वय समीतिका सभापती तथा कार्यक्रममा प्रमुख अथिति सुर्य वहादुर विष्टले व्यानर वाचन गर्दै कार्यक्रमको शुभआरभ गर्दै स्थानीय सरकारलाई संस्थागत गर्ने काुननी विवाद समाधान गर्ने सरकारको मुख पत्र सम्पादन गर्ने वारेमा गहन छलफलको सुरुवात भएकोमा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा सरकारी सुचना अध्यादेश परिपत्र २००८ राजपत्रको ऐतिहासीक पृष्ठभुमी विस २०१०, २०१२,२०१५,१०१७,२०४७,२०५७,२०६३,२०६४,२०७२,२०७४सम्मको ईतिहास हाल संघिय शासन प्रणाली २०७४ नेपालको संविधान वारे आन्तरीक मामीला तथा कानुन मन्त्रालय लम्विनी प्रदेशको सचिव रेखा कडेलले सैद्धान्तीक प्रशिक्षण दिनुभएको थियो ।
राजपत्र प्रकाशन सम्वन्धी कानुनी व्यवस्था भागमा १ ऐन अध्यादेश, भाग २मा नियम आदेश पत्र अधिकारपत्र, भाग ३ कार्यन्वय नियुक्ती आदेश अन्र्तगतका वा राजपत्रको कार्यन्वयन गर्न स्थानीय राजपत्र संघको प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्वन्ध ऐन २०७७ को दफा १२ अनुसार रहेको कडेलले बताउनु भयो । राजपत्र सम्वन्धी अतिरिक्त समस्या परिशिष्तांक समस्या भने अझै रहेको सभिव कडेलले बताउनु भएको छ । राजपत्र सम्पादन र राजपत्र सम्पादन प्रक्रिया स्थानीय तहको राजपत्र प्रकाशन नगर्नु नै कानुनी समस्या रहेको सचिव कडेलको भनाई रहेको थियो ।
सो कार्यक्रममा राजपत्र सम्पादन तथा प्रकाशन लिखित जवाफ सम्वन्धी प्रस्तुुती सैद्धान्तीक जानकारी प्रदेश सभा सचिवालय लुम्विनी प्रदेश उपसचिव (कानुन )ईश्वरी प्रसाद आचार्यले दिनु भएको थियो ।
उक्त कार्यक्रममा राजपत्र सम्पादन तथा प्रकासन सम्वन्धी प्रयोगात्मक अभ्यास कानुन अधिकृत अस्मिता अर्यालले गराउनु भएको हो । सो कार्यक्रममा जिल्ला समन्वय समीतिको उपसभापती अमिता कुमारी यादव लगायत बर्दियाको आठै वटा स्थानीय तहको न्याय समीतिका सदस्यहरु सुचना अधिकारीहरु , सरोकार वालाहरु तालिममा सहभागी रहेका थिए ।