For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

    ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

प्रविधिमैत्री नेपालगन्जको बहस

byDainik Nepalgunj
June 8, 2026
in Blog
0 0
0
प्रविधिमैत्री नेपालगन्जको बहस
Share on FacebookShare on Twitter

सकियो लुम्बिनी प्राविधिक विश्वविद्यालयको दुई दिने राष्ट्रिय सम्मेलन

सजल/सन्ध्या गैरे

प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राखेर लुम्बिनी प्राविधिक विश्वविद्यालयले आयोजना गरेको दुईदिने राष्ट्रिय सम्मेलन आइतवार सकिएको छ ।

‘परिवर्तनका लागि प्रविधि’ विषयमा केन्द्रित दुई दिने सम्मेलनमा देशका विभिन्न जिल्लाबाट आएका विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी तथा प्राविधिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उल्लेखनीय सहभागिता थियो ।

आयोजकका अनुसार, सम्मेलनमा लुम्बिनी प्रदेशको दिगो विकासमा प्रविधिको प्रयोग कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय मुख्य बहसको केन्द्रमा रह्यो ।

सम्मेलनमा इन्जिनियरिङ, सूचना प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलतासम्बन्धी विविध विषयमा दुई दिनसम्म प्रस्तुति र छलफल भएका थिए । शनिवार शुरु भएको सम्मेलनको दोस्रो दिन आइतवार विभिन्न प्राविधिक विधामा तयार पारिएका अनुसन्धानपत्रहरूको मौखिक प्रस्तुति, पोस्टर प्रदर्शन तथा परियोजना प्रदर्शनी गरिएको थियो ।

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूका साथै बाहिरी जिल्लाबाट आएका सहभागीहरूले आफ्ना अनुसन्धान तथा परियोजना सार्वजनिक गरेका थिए ।

सम्मेलनमा ‘के नेपालगन्ज सूचना प्रविधिको केन्द्र बन्न सक्छ ?’ विषयमा विशेष प्यानल छलफल आयोजना गरिएको थियो ।

स्थानीय तहमा प्रविधिको सम्भावना, दक्ष जनशक्ति, शैक्षिक गुणस्तर र निजी क्षेत्रका अवसरबारे केन्द्रित उक्त छलफलमा क्यान महासंघका पूर्व उपाध्यक्ष सञ्जय थापा, सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर तनुज दुलाल, महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक केशव पौडेल तथा अनुसन्धानकर्ता एवं शिक्षाविद् प्रदीपश्री अधिकारी सहभागी थिए । छलफलको सहजीकरण विश्वविद्यालयका रजिष्ट्रार एसोसिएट प्रोफेसर रेग बहादुर भण्डारीले गरेका थिए ।

छलफलका क्रममा नेपालगन्जका वरिष्ठ व्यवसायीसमेत रहेका थापाले नेपालगन्जलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न सीमा पारिको सम्भावनालाई उपयोग गर्नुपर्ने धारणा राखे । उनले भने, ‘उत्तर प्रदेश र बिहारका विद्यार्थीलाई समेत आकर्षित गर्न सकिन्छ । सूचना प्रविधिको महत्वबारे समाजमा अझै धेरै बुझाउन आवश्यक छ ।’

अनुसन्धानकर्ता अधिकारीले विगतको तुलनामा अहिले विद्यार्थीहरू प्रविधिमुखी शिक्षातर्फ आकर्षित हुन थालेको बताए । उनले भने, ‘लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तह सञ्चालनमा ल्याएर नेपालगन्जको प्रविधिमैत्री भविष्य निर्माण गर्ने अवसर सिर्जना गरेको छ ।’

प्राध्यापक केशव पौडेलले संख्या बढाउनुभन्दा गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । व्यवहारिक शिक्षालाई प्राथमिकता नदिएसम्म समग्र विकास सम्भव नहुने उनको भनाइ थियो । उनले नेपालगन्जमा रहेका प्राविधिक शिक्षालयहरूले प्रयोगात्मक सिकाइलाई अझ मजबुत बनाउनुपर्ने बताए ।

इन्जिनियर तनुज दुलालले प्राविधिक क्षेत्रमा अवसरको अभाव नरहेको धारणा राखे । उनले भने, ‘लोकसेवा पास गरेर मात्रै सरकारी जागिर खानुपर्छ भन्ने स्थापित सोच परिवर्तन गर्न आवश्यक छ ।’ निजी क्षेत्रमा समेत प्राविधिक जनशक्तिका लागि पर्याप्त अवसर रहेको उनको भनाइ थियो ।

सम्मेलनका सहजकर्ता, लुम्बिनी प्राविधिक विश्व विद्यालयका रजिष्ट्रार रेग बहादुर भण्डारीले नेपालगन्जमा दक्ष र विज्ञ जनशक्ति पर्याप्त भए पनि दक्षता हासिल गरेपछि बाहिरिने प्रवृत्तिले विकासको गति सुस्त बनेको बताए । उनले दीर्घकालीन योजना बनाएर दक्ष जनशक्तिलाई यही क्षेत्रमा टिकाइराख्न आवश्यक रहेको धारणा राखे ।

पहिलो दिन सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले गरेका थिए । त्यसक्रममा उनले आगामी आर्थिक वर्षमा विश्वविद्यालयका लागि थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा. निरज केसीले सम्मेलनको उद्देश्य प्रविधि र नवप्रवर्तनका माध्यमबाट लुम्बिनी प्रदेशको दिगो विकासका लागि व्यावहारिक समाधान खोज्नु रहेको बताए । नेपालगन्जको बढ्दो गर्मी, पानी व्यवस्थापनको चुनौती तथा स्थानीय विकाससँग जोडिएका विषयलाई सम्मेलनमा विशेष प्राथमिकताका साथ उठाइएको उनले जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. विनोदप्रसाद ढकालले नेपालगन्जलाई प्रविधि तथा नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको उल्लेख गरे । उनका अनुसार, सम्मेलनमा बाँके, बर्दिया, सुर्खेत, बुटवललगायत विभिन्न जिल्लाबाट विद्यार्थीहरूको सहभागिता थियो ।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झा, प्रोफेसर डा. विनय कुमार मिश्र, प्रोफेसर डा. मनीष पोखरेल, डा. राजन सुवाललगायतका विज्ञहरूले प्रविधि, अनुसन्धान र विकासका विविध पक्षबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए । अन्य विज्ञहरूले डिजिटल नवप्रवर्तन, उद्यमशीलता तथा प्रदेश विकासका सम्भावनाका विषयमा अनुभव आदानप्रदान गरेका थिए ।

सम्मेलन आयोजना गर्ने घोषणा भएको एक महिनाभित्र विभिन्न प्राविधिक विषयमा २५ जनाले सारसंक्षेप बुझाएका थिए । ती अनुसन्धान सामग्रीलाई विभिन्न विधामा वर्गीकरण गरेर सम्मेलनमा प्रस्तुत गरिएको विश्वविद्यालयले जनाएको छ ।

सम्मेलनमा प्रस्तुत गरिएका सम्पूर्ण अनुसन्धान, प्रस्तुतीकरण तथा परियोजनाको मूल्यांकन गरी सहभागीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रदेश गौरवको योजनाका रूपमा बाँकेमा सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले तीन वर्षको अवधिमै सिम्पोजियम, अन्तर्राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय सम्मेलन आयोजना गर्दै आफ्नो उपस्थिति बलियो बनाउँदै गएको छ ।

विश्वविद्यालयले आयोजना गर्दै आएका यस्ता कार्यक्रमले नेपालगन्जलाई प्रविधि र नवप्रवर्तनसँग जोडिएको शहरका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उपकुलपति प्रा.डा. ढकालले बताए ।

Previous Post

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो

Next Post

बाँकेमा हुलाकी सडक विस्तार हुँदै

Next Post
फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

बाँकेमा हुलाकी सडक विस्तार हुँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

तीन वर्षपछि फारार पक्राउ

June 8, 2026
‘तस्करी रोक्न चनाखो हुनुपर्छ’

‘तस्करी रोक्न चनाखो हुनुपर्छ’

June 8, 2026
स्वयंसेवकलाई विपद् खोज तथा उद्धार तालिम

स्वयंसेवकलाई विपद् खोज तथा उद्धार तालिम

June 8, 2026
फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

बाँकेमा हुलाकी सडक विस्तार हुँदै

June 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version