For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, September 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

विकेन्द्रीत हुँदै राजस्व सेवा

byDainik Nepalgunj
September 24, 2026
in News, मुख्य समाचार
0 0
0
विकेन्द्रीत हुँदै राजस्व सेवा
Share on FacebookShare on Twitter

नरैनापुरबाटै प्यानदेखि करचुक्ता प्रमाणपत्रसम्मको सेवा

राजस्व सेवा विकेन्द्रीत भएको छ । त्यसक्रममा बाँकेको नरैनापुर गाउँपालिकाका नागरिक तथा व्यवसायीले अब व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान), व्यावसायिक प्यान, करचुक्ता प्रमाणपत्रलगायतका करदाता सेवा गाउँपालिकाबाटै लिन पाउने भएका हुनन् ।

करसम्बन्धी सामान्य कामका लागि नेपालगन्जस्थित आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने बाध्यता घटाउने उद्देश्यले गाउँपालिकाबाटै सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको हो । ‘पहिलो पटक नरैनापुरबाट विकेन्द्रीत सेवा प्रारम्भ गरेका छौं,’ आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पूर्ण प्रसाद न्यौपानेले दैनिक नेपालगन्जसँग भने, ‘क्रमशः बाँके र बर्दियाका सबै पालिकाबाट सेवा प्रवाह गरिनेछ ।’

नेपाल सरकारको निर्णयअनुसार करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका सेवा स्थानीय तहबाट सञ्चालन गर्ने व्यवस्थाअन्तर्गत आन्तरिक राजस्व कार्यालय नेपालगन्ज र नरैनापुर गाउँपालिकाबीच बुधवार समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीसँगै गाउँपालिकाले करदाता सेवा प्रवाह गर्ने र आन्तरिक राजस्व कार्यालयले त्यसका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक सहयोग गर्नेछ ।

समझदारीअनुसार नरैनापुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिलाई व्यक्तिगत स्थायी लेखा नम्बर (पर्सनल प्यान) जारी गर्नेछ । गाउँपालिकाको क्षेत्रभित्र ठेगाना भई दर्ता भएका व्यवसाय तथा निकायलाई व्यावसायिक स्थायी लेखा नम्बर (बिजनेस प्यान) जारी गर्ने व्यवस्था पनि गरिएको छ । ‘यसले व्यक्तिगत तथा व्यावसायिक प्यान लिनका लागि कर कार्यालयसम्म पुग्नुपर्ने सेवाग्राहीको झन्झट कम गर्नेछ,’ प्रमुख कर अधिकृत न्यौपानेले भने ।

मूल्य अभिवृद्धि करमा दर्ता हुन चाहने व्यक्ति, व्यवसाय तथा निकायका लागि पनि गाउँपालिकाबाटै प्रक्रिया अघि बढाउन सकिनेछ । गाउँपालिकाको क्षेत्रभित्र ठेगाना भएका करदाताले मूल्य अभिवृद्धि करमा दर्ताका लागि निवेदन दिएमा आवश्यक कागजात भिडान गरी आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा सिफारिस गरिनेछ । त्यसपछि दर्ता प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था समझदारीमा उल्लेख छ ।

अन्तःशुल्क इजाजतपत्र लिनुपर्ने व्यवसायले पनि गाउँपालिकाबाटै सेवा लिन सक्नेछन् । नयाँ इजाजतपत्र लिन वा पुरानो नवीकरण गर्न आवश्यक कागजात गाउँपालिकाले भिडान गर्नेछ । त्यसपछि आन्तरिक राजस्व कार्यालयमा सिफारिस गरी इजाजतपत्र प्राप्त गर्ने प्रक्रिया अघि बढाइनेछ ।

करचुक्ता प्रमाणपत्र लिन चाहने करदाताका लागि समेत गाउँपालिकाबाटै सहजीकरण हुनेछ। प्रमाणपत्रका लागि पेस गरिएका आवश्यक कागजात भिडान गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिस गरिनेछ । सोही प्रक्रियाबाट करचुक्ता प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

करदाताको दर्तासम्बन्धी विवरणमा कुनै संशोधन गर्नुपर्ने भएमा पनि गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाउनेछ । करदाताले पेस गरेका कागजात तथा प्रमाण भिडान गरी स्थानीय तहबाटै गर्न सकिने संशोधन गरिनेछ । गाउँपालिकाबाट सम्पादन गर्न नसकिने संशोधनका विषय भने आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा सिफारिस गरिने समझदारीमा उल्लेख छ ।

समझदारी अनुसार, करदाता सेवा विस्तारसँगै नरैनापुरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न पनि सहकार्य गरिनेछ । स्थानीय करदातालाई आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायतका कर कानुन र करसम्बन्धी प्रक्रियाबारे जानकारी गराउन गाउँपालिका र आन्तरिक राजस्व कार्यालयले समन्वय गर्नेछन् । त्यस्ता कार्यक्रमका लागि आवश्यक प्रशिक्षण सामग्री तथा विषयवस्तु आन्तरिक राजस्व विभागसँगको समन्वयमा आन्तरिक राजस्व कार्यालय नेपालगन्जले उपलब्ध गराउनेछ ।

समझदारीपत्रमा आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपाने र नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले हस्ताक्षर गरेका छन् ।

समझदारी कार्यान्वयनमा आएसँगै करसम्बन्धी सेवा लिन नेपालगन्ज पुग्नुपर्ने बाध्यता कम हुने र ग्रामीण तथा सीमावर्ती क्षेत्रका नागरिकको समय र खर्च बचत हुने अपेक्षा गरिएको छ । कर प्रशासनलाई स्थानीय तहसँग जोड्ने यो व्यवस्थाले नरैनापुरका करदातालाई गाउँमै सेवा प्राप्त गर्ने अवसर प्रदान गर्ने प्रमुख कर अधिकृत न्यौपानेले बताए ।

Previous Post

किशोरावस्थाका परिवर्तनबारे विद्यार्थीलाई स्वास्थ्य सचेतना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विकेन्द्रीत हुँदै राजस्व सेवा

विकेन्द्रीत हुँदै राजस्व सेवा

September 24, 2026
किशोरावस्थाका परिवर्तनबारे विद्यार्थीलाई स्वास्थ्य सचेतना

किशोरावस्थाका परिवर्तनबारे विद्यार्थीलाई स्वास्थ्य सचेतना

September 24, 2026
भारतीय सीमामा प्रहरीको मुठभेड, एक जनालाई लाग्यो गोली

भारतीय सीमामा प्रहरीको मुठभेड, एक जनालाई लाग्यो गोली

September 24, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version