बाँकेमा अवैध रूपमा नदीजन्य पदार्थको अवैध दोहन गर्ने प्रयोग भएका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले दिएको जानकारी अनुसार, अवैध रूपमा माटो उत्खनन् र ढुवानी गर्ने कार्यमा संलग्न दुई साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर वडा नं. १४ ढोलनपुरमा अवैध रूपमा उत्खनन् गरेको भेटेपछि त्यसमा प्रयोग भएको जेबिसी र ढुवानीमा प्रयोग भएको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिइएका साधनलाई आवश्यक कारवाहीका लागि सरोकारवाला निकायमा पठाएको जानकारी दिएको छ ।




























