For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

घरदैलोमै सरकारको अनुभूति दिलाउँदै खजुरा

byDainik Nepalgunj
July 10, 2026
in News
0 0
0
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

Share on FacebookShare on Twitter

खजुरा गाउँपालिका–५ उढरापुर निवासी ७५ वर्षीया दिलकुमारी रेग्मीका लागि सामान्य स्वास्थ्य परीक्षण गराउन पनि अस्पतालसम्म पुग्नु सहज थिएन । उमेरसँगै कमजोर हुँदै गएको शारीरिक अवस्थाका कारण उहाँलाई घर बाहिर निस्कनै कठिन थियो । तर, जब स्वास्थ्यकर्मीको टोली घरमै पुगेर स्वास्थ्य परीक्षण ग¥यो, उहाँले सरकार आफ्नै आँगनमा आएको अनुभूति गर्नुभयो ।

खजुरा– ६ निवासी ७८ वर्षीय सन्तबहादुर सुनारले स्वास्थ्यकर्मी घरमै आएर सेवा दिन्छन् भन्ने कल्पनासमेत गर्नुभएको थिएन । ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ अन्तर्गत स्वास्थ्यकर्मीले घरमै पुगेर मधुमेह र रक्तचाप परीक्षण गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराए पछि उहाँ हर्षित हुनुभयो ।
“घरमै आएर स्वास्थ्य जाँच गरी औषधि दिँदा हाम्रो लागि पनि सरकार रहेछ भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य उपचारसँगै आत्मविश्वास पनि बढेको छ । जनताको सरकार भएको महसुस भएको छ ।”

गाउँपालिकाले ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ मार्फत हालसम्म दुई हजार ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई सेवा प्रदान गरिसकेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले बताउनुभयो ।

उहाँका अनुसार, यस कार्यक्रमअन्तर्गत ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको घरमै पुगेर महिनामा कम्तीमा एकपटक स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

 यसका लागि पालिकाले चार जना स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्यकर्मीको टोलीले प्रत्येक दुई–दुई वटा वडा हेर्दैआएको छ ।

स्वास्थ्यकर्मीले नियमित रूपमा रक्तचाप, मधुमेह परीक्षण, आँखाको जाँच, कान परीक्षण गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेका छन् । घरमै स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिकले घण्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

गाउँपालिकाले ‘सुत्केरी तथा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम’ समेत सञ्चालन गरी विपन्न तथा आर्थिक रूपमा कमजोर गर्भवती महिलाहरूलाई क्याल्सियम वितरण, पोषण सहयोग तथा नियमित स्वास्थ्य जाँचको व्यवस्था गरेको छ ।

पालिकाभित्रका आठ वटै स्वास्थ्य संस्थाबाट क्षयरोग उपचार सेवा उपलब्ध गराइएको छ भने छ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सञ्चालनमा ल्याइएको छ । हाल यो सेवा थप विस्तार गरी अन्य वडामा पनि सुरु गरिएको छ ।

गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे सेवा, सुत्केरी महिलालाई पोषिलो आहार वितरण तथा निःशुल्क एम्बुलेन्स सेवा जस्ता कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याएको छ । सुत्केरी महिलाको घरमै दुई पटकसम्म स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएपछि एक हजारभन्दा बढीले लाभ लिनुभएको छ ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकाका कुनै पनि ज्येष्ठ नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भनी नागरिकको घरदैलोमै पुग्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

Previous Post

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

Next Post

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

Next Post
घातक आँधीपछि चीनमा टाइफुनको खतरा

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

October 17, 2026
बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

October 16, 2026
प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

October 16, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

सिटी बचत पीडितसँग जाहेरी माग

October 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version