For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, September 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

byDainik Nepalgunj
September 24, 2026
in मुख्य समाचार
0 0
0
पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’
Share on FacebookShare on Twitter

बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण भारी वर्षाको सम्भावना बढिरहेका बेला बाँकेमा विपद् पूर्वतयारी र समन्वयका गतिविधि तीव्र पारिएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला मनसुन कमाण्ड पोस्टमार्फत पूर्वतयारीका काम भइरहेका छन् । तर जलस्रोत तथा वातावरण अध्येता एवं हाइड्रोजियोलोजिस्ट रमेश गौतमले नेपालगन्जमा भइरहेको तयारी सम्भावित जोखिमको तुलनामा पर्याप्त नभएको बताएका छन् ।

दैनिक नेपालगन्जसँगको कुराकानीमा गौतमले विपद् आइसकेपछि गरिने उद्धार, राहत र प्रतिकार्यको तयारीभन्दा विपद् आउन नदिने वा त्यसबाट हुने क्षति न्यून गर्ने पूर्वतयारीमा बढी संवेदनशील हुनुपर्ने बताए । उनका अनुसार अहिले भइरहेका तयारीमा पनि जोखिमको वास्तविक अवस्था पहिचान, पानीको निकास व्यवस्थापन र सम्भावित डुबान न्यूनीकरणका ठोस काम पर्याप्त देखिएका छैनन् ।

गौतमले मौसम पूर्वानुमानलाई आधार बनाएर सम्भावित वर्षाको परिमाण र त्यसले नेपालगन्जमा पार्न सक्ने असरको गम्भीर मूल्यांकन गर्नुपर्ने बताए । विभिन्न मौसम पूर्वानुमानले यही असोज ८, ९ र १० गते यस क्षेत्रमा २२१ मिलिमिटरसम्म पानी पर्ने सम्भावना देखाएको उनले बताए । अर्को एक पूर्वानुमानअनुसार नेपालगन्जमा असोज ९ गते शुक्रबार १८१.१ र असोज १० गते शनिबार ११६.४ मिलिमिटर पानी पर्न सक्ने देखिएको छ ।

‘गत असार १७ गते २०२.२५ मिलिमिटर मात्रै पानी पर्दा सेतु विक चोक डुबेको थियो,’ गौतमले भने, ‘नेपालगन्ज नगरको ढल निकास प्रणाली यो परिमाणको वर्षाबाट संकलित पानी निकास गर्न सक्ने क्षमताका डिजाइन र निर्माण भएका छैनन् । त्यसमा पनि आधाभन्दा बढी प्लास्टिक र घरघरबाट निस्कने पानीले भरिएको छ । यस्तोमा सम्भावित परिस्थितिको आकलन सबैले सहजै गर्न सकिन्छ ।’

उनले नेपालगन्जमा हुने वर्षाको पानीको मात्रा सामान्य वर्षाभन्दा धेरै हुने अवस्थामा त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अहिले नै काम गर्नुपर्ने बताए । विज्ञान र प्रविधिमा विश्वास गर्ने सबैले सम्भावित जोखिमबाट सुरक्षित हुन आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिकाको क्षेत्रफल ८५.९५ वर्ग किलोमिटर रहेको उल्लेख गर्दै गौतमले नगर क्षेत्रमा पानी जम्मा हुन सक्ने क्षेत्रफलको करिब एक तिहाइ मात्रै हिसाब गर्दा पनि २५ मिलिमिटर वर्षामा ठूलो परिमाणमा पानी जम्मा हुने बताए ।

उनका अनुसार नगरको करिब एक तिहाइ क्षेत्रलाई मात्रै पानी जम्मा हुने क्षेत्र मान्दा २५ मिलिमिटर वर्षामा पनि करिब ६ लाख घनमिटर पानी जम्मा हुन्छ । ‘अहिले पूर्वानुमान गरिएको वर्षा योभन्दा कैयौं गुणा बढी छ,’ उनले भने ।

जलस्रोत तथा वातावरण अध्येताका रूपमा काम गरिरहेका गौतमले पानीको निकासका सम्भावित मार्ग पहिचान गर्ने, आवश्यक स्थानमा नाला खोल्ने र अतिरिक्त निकास दिनुपर्ने भए त्यस्ता स्थान पहिचान गरी तयारी गर्ने काम हुनुपर्ने बताए । तर यस्ता कामको पूर्वतयारी भएको आफूले नदेखेको उनले बताए ।

‘म हाइड्रोजियोलोजिस्ट हुँ । यस सन्दर्भमा पानी जम्ने स्थानमा नाला खोल्ने, पानीलाई अतिरिक्त निकास दिनुपर्ने भएमा काट्ने स्थान पहिचान गर्ने जस्ता पूर्वतयारी गरेको देखिँदैन,’ उनले भने ।

गौतमले अहिलेको तयारीमा उद्धार तथा राहतलाई प्राथमिकतामा राखिएको भन्दै त्यसलाई मात्रै विपद् पूर्वतयारी मान्न नहुने बताए । उनका अनुसार विपद् आउनुअघि जोखिम न्यूनीकरण गर्ने काम र विपद् आएपछि गरिने राहत तथा उद्धारबीच स्पष्ट फरक हुनुपर्छ ।

‘यी त विपद् आइसकेपछिका कार्य भए । यसलाई बजेट पनि चाहिने होला, फेरि कसैसँग माग्नुपर्ने होला । विपद् आउनै नदिने अथवा कसरी न्यूनीकरण गर्ने जस्ता पूर्वतयारी र विपद् पर्खेर बस्ने र त्यसपछिको राहत–उद्धारबीचको परिभाषामा फरक नै भएन,’ गौतमले भने ।

उनले सम्भावित वर्षा र नेपालगन्जको विद्यमान ढल तथा पानी निकास प्रणालीबीचको अन्तरलाई गम्भीर रूपमा लिनुपर्ने बताए । पूर्वानुमानअनुसार ठूलो परिमाणमा वर्षा भएमा अहिलेको निकास संरचनाले त्यसलाई धान्न नसक्ने अवस्था आउन सक्ने भएकाले जोखिमयुक्त स्थान पहिल्यै पहिचान गरी पानीको बहाव व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

यसैबीच, सम्भावित भारी वर्षालाई मध्यनजर गर्दै बिहीबार बाँकेमा पूर्वतयारी तथा समन्वय बैठक बसेको छ । जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला मनसुन कमाण्ड पोस्टमार्फत भइरहेका पूर्वतयारीका कामकै क्रममा जिल्लाका विषयगत निकाय, स्थानीय तहका विपद् सम्पर्क व्यक्ति, विपद् क्षेत्रमा क्रियाशील संघसंस्था, सुरक्षा निकाय तथा सञ्चारकर्मीको सहभागितामा बैठक गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकले मौसम पूर्वानुमान तथा विपद्सम्बन्धी सूचनाको प्रभावकारी प्रचारप्रसार गर्ने र नागरिकलाई सतर्क रहन आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले बाढी, डुबान, कटान तथा पहिरोको जोखिमयुक्त बस्तीको अवस्था विश्लेषण गरी सुरक्षित आश्रयस्थल र खुला स्थानको व्यवस्थापन गर्न स्थानीय तह तथा विषयगत कार्यालयलाई निर्देशन दिएको छ । सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण तयारी अवस्थामा राख्नसमेत भनिएको छ ।

त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विपद् प्रतिकार्यका लागि क्युआरटी तथा आरआरटी तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । रेडक्रससहित गैरसरकारी संस्थाले उद्धार तथा राहतका काममा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विद्युत्, खानेपानी र दूरसञ्चारजस्ता अत्यावश्यक सेवा निरन्तर सञ्चालनमा राख्न सम्बन्धित निकायलाई जिम्मेवार बन्न बैठकले आग्रह गरेको छ । मौसम तथा विपद्सम्बन्धी सतर्कता सूचना प्रचारप्रसारमा सञ्चारमाध्यमले सहयोग गर्नसमेत बैठकले आग्रह गरेको छ ।

यसरी जिल्ला तहमा सुरक्षा, उद्धार, आश्रयस्थल, उपकरण र अत्यावश्यक सेवासम्बन्धी तयारी अघि बढाइरहँदा जलस्रोत अध्येता गौतमले भने सम्भावित जोखिमको मूल कारण र त्यसबाट हुने क्षति घटाउने पूर्वतयारीमै थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् । उनका अनुसार, वर्षाको पानी कहाँ जम्मा हुन्छ, कुन स्थानबाट निकास दिन सकिन्छ र कुन संरचनाले बढी जोखिम निम्त्याउन सक्छ भन्ने विषयमा तत्कालै प्राविधिक मूल्यांकन आवश्यक छ ।

Previous Post

बालबालिकाको मुद्दामा अदालत संवेदनशील छः न्यायाधीश गौतम

Next Post

व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

Next Post
व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

September 25, 2026
बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

September 25, 2026
व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

September 25, 2026
पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

September 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version