For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, September 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

byDainik Nepalgunj
September 25, 2026
in News, मुख्य समाचार
0 0
0
भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य
Share on FacebookShare on Twitter

समुदायस्तरमै परिचालित हुनेगरि तयारीमा छौं– प्रमुख जिल्ला अधिकारी

शुक्रबारदेखि तीन दिनसम्म भारी तथा अति भारी वर्षा हुने पूर्वानुमानपछि बाँकेमा बाढी, डुबान, कटान र पहिरोबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीलाई तीव्र पारिएको छ । जोखिमयुक्त बस्तीको अवस्था विश्लेषण, सुरक्षित आश्रयस्थल र खुला स्थानको व्यवस्थापन तथा उद्धारका लागि आवश्यक उपकरण तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।

बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला मनसुन कमाण्ड पोस्टमार्फत पूर्वतयारीका काम अघि बढाइएको हो । यसैक्रममा बिहीबार जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह, विषयगत कार्यालय, विपद् व्यवस्थापनमा क्रियाशील संघसंस्था तथा सञ्चारकर्मीको सहभागितामा पूर्वतयारी तथा समन्वय बैठक बसेको थियो ।

बैठकले सम्भावित बाढी, डुबान, नदी कटान र पहिरोको जोखिममा रहेका बस्तीको अवस्था विश्लेषण गरी निगरानी बढाउन जिल्लाका आठवटै स्थानीय तह र विषयगत कार्यालयलाई आग्रह गरेको छ । ‘विपद् प्रतिकार्य सरकारी सरोकारकोमात्रै विषय होइन, यसलाई साझा कर्तव्य र सरोकारको विषय हो भन्ने दृष्टिकोणबाट यसपाली हामीले आफ्नो तयारीलाई अगाडी बढाएका छौं,’ बैठकपछि प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले दैनिक नेपालगन्जसँग भने ।

जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा राख्न आश्रयस्थल र खुला स्थानको प्रबन्ध मिलाउने निर्णय गरिएको आपत्कालीन कार्यसञ्चालन सूचना केन्द्रका सम्पर्क व्यक्ति रुपन ज्ञवालीले जानकारी दिएका छन् ।

वर्षाका कारण सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण तयारी अवस्थामा राख्ने निर्णय भएको छ । सम्भावित विपद्का बेला उद्धार तथा राहत कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न बैठकले जोड दिएको छ ।

नेपाली रेडक्रस सोसाइटीलगायत विपद् व्यवस्थापनमा क्रियाशील संघसंस्थाले उद्धार, प्रतिकार्य तथा राहत व्यवस्थापनका काम जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी गर्ने निर्णय पनि भएको छ । बैठकले विपद्सम्बन्धी सूचना र मौसम पूर्वानुमानलाई प्रभावकारी रूपमा प्रचारप्रसार गर्दै सर्वसाधारणलाई सतर्क रहन सचेत गराउने निर्णय गरेको ज्ञवालीले बताए ।

विपद्का बेला विद्युत्, खानेपानी र दूरसञ्चारजस्ता अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन सम्बन्धित निकायलाई जिम्मेवार भएर काम गर्न भनिएको छ । अवरुद्ध सेवा तत्काल पुनः सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेमा बैठकले जोड दिएको छ । सम्भावित जोखिम र सतर्कतासम्बन्धी सूचना सर्वसाधारणसम्म पु¥याउन सञ्चारमाध्यमलाई पनि सहयोग गर्न आग्रह गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री र अमरबहादुर वली, बज्रदल गणका सेनानी ज्योत िकुमार कार्की, ३० नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्द, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को अद्यावधिक विवरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा बाँकेमा ८२४ वटा विपद्का घटना भएका छन् । विगतका घटनाबाट प्राप्त अनुभव र आगामी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै यसपटक सम्भावित विपद् आउनुअघि नै पूर्वतयारी र समन्वयका काम अघि बढाइएको हो ।

यसैबीच, सम्भावित भारी तथा अति भारी वर्षाबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले विद्यालय तीन दिन बन्द रहने जनाएको छ ।

उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर खत्रीले शिक्षा मन्त्रालयको परिपत्रअनुसार सम्भावित वर्षाको जोखिमलाई मध्यनजर गर्दै शुक्रबार एक दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । वर्षाका कारण विद्यार्थीको आवतजावतमा जोखिम हुनसक्ने अवस्थालाई ध्यानमा राखेर निर्णय गरिएको उनले बताए ।

नगर प्रमुख प्रशान्त विष्टले सम्भावित वर्षाको जोखिमलाई मध्यनजर आवश्यक सबै पूर्वतयारी गरिएको बताएका छन् । ‘डुबानका सम्भावित ठाउँको पहिचान र निकासका लागि चाहिने उपकरणसहित तम्तयार अवस्थामा सबै संयन्त्र परिचालित हुनेछ,’ नगर प्रमुख विष्टले दैनिक नेपालगन्जसँग भने ।

पूर्वानुमानपछि राप्ती सोनारी !

लुम्बिनी प्रदेशका केही स्थानमा शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि राप्ती सोनारी गाउँपालिकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले विपद्को जोखिमबाट जोगिन गाउँपालिकाले सावधानी अपनाउन भनेको हो ।

मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा गाउँपालिकाले यस्तो आग्रह गरेको हो । सम्भावित वर्षाका कारण बाढी, डुबान र पहिरोको जोखिम बढ्न सक्ने भएकाले पूर्वतयारी र सतर्कता अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ ।

भारी वर्षा हुने समयमा अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न र रातिको समयमा यात्रा गर्नबाट जोगिन गाउँपालिकाले आग्रह गरेको छ । आकस्मिक बाढी आउन सक्ने नदी, खोला तथा खहरे आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष चनाखो रहन भनिएको छ । पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई पनि थप सावधानी अपनाउन अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।

खरालका अनुसार वर्षा तथा बाढीसम्बन्धी जानकारी लिन ११५५ नम्बरमा सम्पर्क गर्न सकिनेछ । विपद्को अवस्था आएमा तत्काल सहयोगका लागि नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बरमा सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

सवारी सञ्चालनमा रोक

भारी वर्षाको पूर्वानुमानपछि बाढी, पहिरो, डुबान र सडक दुर्घटनाको जोखिम घटाउन कर्णाली प्रदेशका १० वटै जिल्लामा रात्रिकालीन सवारी आवागमन रोक्ने निर्णय गरिएको छ । प्रदेश सरकारले आज शुक्रबार बेलुका ६ बजेदेखि शनिबार बिहान ६ बजेसम्म राजमार्गसहित स्थानीय सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको हो ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बिहीबार बसेको बैठकले मौसम प्रतिकूलताबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरेको हो । तत्कालका लागि १२ घण्टा सवारी आवागमन बन्द गरिनेछ ।

मुख्यमन्त्री मङ्गलबहादुर शाहीले भारी वर्षाका कारण उत्पन्न हुनसक्ने जोखिमलाई ध्यानमा राखेर प्रदेशभर रात्रिकालीन यातायात रोक्ने निर्णय गरिएको बताए । उनका अनुसार शुक्रबार बेलुका ६ बजेदेखि शनिबार बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

यो निर्णय प्रदेशका सबै १० जिल्लामा लागू हुनेछ । मुख्य राजमार्गदेखि स्थानीय सडकसम्म सार्वजनिक तथा निजी दुवै प्रकारका सवारीसाधन रातिको समयमा सञ्चालन गर्न रोक लगाइएको छ ।

वर्षायाममा कर्णालीका विभिन्न सडकखण्ड बाढीपहिरोका कारण प्रभावित हुँदै आएका छन् । सुर्खेतबाट दैलेख र कालिकोट हुँदै जुम्ला जोड्ने कर्णाली राजमार्ग, सुर्खेत–जाजरकोट हुँदै डोल्पा जोडिने भेरी करिडोर, सल्यान–रुकुम जोड्ने राप्ती राजमार्ग तथा मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा वर्षाका बेला यातायात अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ ।

विशेषगरी भेरी करिडोरका विभिन्न स्थानमा नदी कटान र पहिरोको जोखिम छ । कर्णाली राजमार्गमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या बारम्बार देखिँदै आएको छ । रातिको समयमा सडकको अवस्था पहिचान गर्न कठिन हुने भएकाले दुर्घटना र मानवीय क्षतिको सम्भावना थप बढ्ने प्रदेश सरकारको ठहर छ ।

विगतमा कर्णालीमा वर्षाका कारण राजमार्ग तथा स्थानीय सडकमा पहिरो खस्दा लामो समयसम्म यातायात अवरुद्ध हुने गरेको थियो । यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिने र कतिपय स्थानमा बाढीले सडक नै बगाउने समस्या पनि देखिँदै आएको छ ।

यसपटक मौसम पूर्वानुमानमा भारी वर्षाको सम्भावना देखिएपछि विपद् आइसकेपछि उद्धार र क्षति व्यवस्थापनमा जुट्नुभन्दा पहिल्यै जोखिम घटाउने उद्देश्यले यातायातमा अस्थायी रोक लगाउने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय, दाङले पनि बिहीबार साँझ ५ बजेदेखि जिल्लाका पाँच सडकखण्डमा रात्रि सवारी आवागमन बन्द गरिएको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि दाङका जोखिम आउने सक्ने सडकमा रातीको समयमा आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, घोराही–होलेरी र भालुवाङदेखि चकचके (प्यूठान) सडकखण्डअन्तर्गत भालुवाङदेखि गहनाहा खोलासम्मको सडकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गरिएको छ ।
त्यसैगरी सहिद मार्गअन्तर्गत घोराही–होलेरी सडक र तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालिमाटीसम्मको सडकमा पनि रातिको समयमा आवागमन बन्द गरिएको छ ।

Previous Post

बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

September 25, 2026
बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

September 25, 2026
व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

September 25, 2026
पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

September 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version