जिल्ला प्रहरी कार्यालय बाँकेले एक साताको अवधिमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत प्रहरीले २०८३ असोज १७ गतेदेखि असोज २३ गतेसम्म उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल १२ लाख २१ हजार ५०८ रुपैयाँ जरिवाना असुल गर्नुपर्नेछ भने उनीहरूले कुल नौ वर्ष एक महिना दुई दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि अदालतमा बुझाएको जानकारी दिएका छन् ।
प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयन गर्ने तथा फरार प्रतिवादीलाई पक्राउ गर्ने कार्यलाई प्रभावकारी रूपमा अघि बढाउँदै आएको जनाएको छ ।






























