For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा आजदेखि १५९औँ रामलीला महामहोत्सव

byDainik Nepalgunj
October 11, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा आजदेखि १५९औँ रामलीला महामहोत्सव
Share on FacebookShare on Twitter

दस दिनसम्म धार्मिक उत्सव

नेपालगन्जको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको रामलीलाको १५९औँ शृंखला आज आइतबारदेखि सुरु हुँदैछ । बडादशैंको अवसरमा १५८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलालाई यस वर्ष महामहोत्सवका रूपमा मनाउने तयारी पूरा भएको आयोजकले जनाएको छ ।

नेपालगन्जस्थित बाँके बगिया रामलीला मैदानमा घटस्थापनाको दिन आज असोज २५ गतेदेखि दस दिनसम्म रामलीला मञ्चन हुनेछ । त्यसका लागि भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा आएको २५ सदस्यीय कलाकार टोलीले भगवान् राम र सीताको जीवनसँग सम्बन्धित विभिन्न प्रसंगलाई नाटकीय शैलीमा प्रस्तुत गर्नेछ । रामलीलाको शुभारम्भ शोभायात्रासहित गरिनेछ भने औपचारिक उद्घाटन आइतबार राति ८ बजे नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले शनिबार आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार, यस वर्षको रामलीलालाई धार्मिक उत्सवका साथै नेपालगन्जको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षणसँग जोडेर महामहोत्सवका रूपमा अघि बढाइएको छ ।

‘नेपालगन्जको पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलीलाको १५९औँ शृंखलालाई यसपालि महामहोत्सवका रूपमा मनाइँदैछ । राष्ट्रिय गौरवको पर्व बडादशैंको पावन अवसरमा बाँके बगिया रामलीला मैदानमा घटस्थापनाका दिनदेखि रामलीला सुरु हुनेछ । रामलीला मञ्चनको सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ,’ अध्यक्ष कनोडियाले शनिवार पत्रकारसँग भने ।

गत वर्ष प्रतिकूल परिस्थितिका कारण नियमित रूपमा रामलीला मञ्चन गर्न नसकिए पनि रावण दहन कार्यक्रम भने गरिएको थियो । लामो इतिहास बोकेको यो परम्परा निरन्तर राख्न यस वर्ष विशेष पहल गरिएको समितिले जनाएको छ । नेपालगन्जको सामाजिक र सांस्कृतिक जीवनसँग रामलीला गहिरोसँग जोडिएकाले यसको निरन्तरतासँगै भव्यता बढाउन सामूहिक प्रयास आवश्यक रहेको अध्यक्ष कनोडियाको भनाइ छ ।

‘१५८ वर्षदेखि निरन्तर सञ्चालन गर्दै आइएको यस परम्परालाई जोगाउँदै अघि बढाइएको छ । नेपालगन्जको पहिचान, संस्कृति र अस्तित्वसँग जोडिएको रामलीला मञ्चनलाई निरन्तरतासँगै भव्यता प्रदान गर्न थप सामूहिक सक्रियताको आवश्यकता महसुस गर्दै आएका छौँ,’ उनले भने । उनले रामलीलालाई शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न गर्न सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई व्यापक प्रचारप्रसार र समाचार सम्प्रेषणका लागि आग्रहसमेत गरे ।

आयोजकका अनुसार, रामलीला मञ्चन हरेक दिन साँझ ८ बजेदेखि राति १२ बजेसम्म हुनेछ । भगवान् रामको आदर्श जीवन, आदर्श शासन र मर्यादा पुरुषोत्तमको चरित्रलाई जनमानसमा पुनर्जीवित गर्ने उद्देश्यले विभिन्न धार्मिक प्रसंगलाई नाटकीय रूपमा प्रस्तुत गरिनेछ। धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश फैलाउने लक्ष्यसहित यस वर्षको कार्यक्रमलाई अझ भव्य, सुसंस्कृत र जनसहभागितामूलक बनाउने आयोजकको योजना छ ।

दस दिनसम्म सञ्चालन हुने रामलीलामा श्रीराम जन्मोत्सव, धनुष यज्ञ, रावण वध, भरत मिलाप र शुभ राज्याभिषेकलगायतका महत्वपूर्ण प्रसंग मुख्य आकर्षणका रूपमा रहनेछन् । राम र सीताको जीवनमा आधारित कथामार्फत धर्म, मर्यादा, कर्तव्य र आदर्शको सन्देश प्रवाह गरिनेछ । ‘बडादशैंको धार्मिक वातावरणमा आयोजना हुने यस उत्सवले स्थानीय बासिन्दासँगै नेपालगन्ज आउने श्रद्धालु र दर्शकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ,’ अध्यक्ष कनोडियाले भने ।

यस वर्ष सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको अध्यक्ष कनोडियाले बताए । ठूलो संख्यामा दर्शक सहभागी हुन सक्ने भएकाले कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक तयारी गरिएको समितिको भनाइ छ । कलाकारको व्यवस्थापनदेखि मञ्चनस्थलको तयारीसम्मका काम पूरा गरिएसँगै उद्घाटन र नियमित मञ्चनका लागि आयोजक तयारी अवस्थामा रहेको जनाइएको छ ।

आयोजक समितिका अनुसार, नेपालगन्जमा पुस्तौँदेखि चल्दै आएको रामलीला केवल धार्मिक नाटकमा सीमित छैन । यो बडादशैंको परम्परा, सामुदायिक सहभागिता र स्थानीय सांस्कृतिक सम्पदाको निरन्तरतासँग पनि जोडिएको छ । बदलिँदो समय र विभिन्न प्रतिकूलताबीच पनि यसको ऐतिहासिक विरासत जोगाउने प्रयास भइरहेको समितिले जनाएको छ । ‘यस वर्षको महामहोत्सवले पुरानो परम्परालाई नयाँ पुस्तासम्म पु¥याउनुका साथै नेपालगन्जको सांस्कृतिक पहिचानलाई थप स्थापित गर्ने अपेक्षा गरिएको छ,’ पत्रकार सम्मेलनमा अध्यक्ष कनोडियाले भने ।

Previous Post

सुरु भो दशैं

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा आजदेखि १५९औँ रामलीला महामहोत्सव

नेपालगन्जमा आजदेखि १५९औँ रामलीला महामहोत्सव

October 11, 2026
सुरु भो दशैं

सुरु भो दशैं

October 11, 2026
नेपालगन्जरोडबाट लखनउ रेल चलाउन माग

नेपालगन्जरोडबाट लखनउ रेल चलाउन माग

October 11, 2026
मानसिक स्वास्थ्यका लागि बजेट र जनशक्ति माग

मानसिक स्वास्थ्यका लागि बजेट र जनशक्ति माग

October 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version