For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

दसैँ–तिहारमा बजार अनुगमन र यातायात भाडामा निगरानी

byDainik Nepalgunj
October 14, 2026
in News, मुख्य समाचार
0 0
0
दसैँ–तिहारमा बजार अनुगमन र यातायात भाडामा निगरानी
Share on FacebookShare on Twitter

दसैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै लुम्बिनी प्रदेश सरकारले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ । सार्वजनिक यातायातमा तोकिएकोभन्दा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने र उपभोक्तालाई ठगी गर्ने गतिविधि नियन्त्रण गर्न निगरानी बढाउने निर्णय गरिएको हो ।

चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग बढ्ने र यात्रुको चाप थपिने भएकाले बजारको आपूर्ति, मूल्य र गुणस्तरदेखि यातायात सेवासम्म अनुगमन गरिने भएको छ । बजारमा वस्तु तथा सेवाको सहज उपलब्धता सुनिश्चित गर्ने, उपभोक्ताको अधिकार संरक्षण गर्ने र यात्रालाई सुरक्षित बनाउने उद्देश्यले प्रदेश सरकारले यस्तो तयारी गरेको हो ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरको अध्यक्षतामा मंगलबार बसेको बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन परिषद्को बैठकले बजार व्यवस्थापन र यातायात निगरानीसम्बन्धी निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

बैठकले घरेलु तथा साना उद्योग कार्यालयमार्फत चाडपर्व अवधिभर नियमित बजार अनुगमन गर्ने निर्णय गरेको मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिए । उनका अनुसार, अनुगमनमा स्थानीय प्रशासन, प्रहरी, स्थानीय तह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र पत्रकारलगायत सरोकारवालालाई सहभागी गराइनेछ ।

अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको आपूर्ति अवस्था, पसलमा राखिएको मूल्यसूची, वस्तुको बिक्री मूल्य र गुणस्तर जाँच गरिनेछ । उपभोक्तालाई ठगीबाट जोगाउने र अनुचित व्यापारिक गतिविधि रोक्ने उद्देश्यले अनुगमनलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको हो ।

चाडपर्वमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने र विपद्का कारण सडक अवरुद्ध हुँदा आवागमनमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राखेर यातायात क्षेत्रमा पनि निगरानी गरिनेछ । यातायात व्यवस्था कार्यालयसँग समन्वय गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनको नियमित अनुगमन गर्नेछ ।

अनुगमनका क्रममा यात्रुबाट तोकिएकोभन्दा बढी भाडा असुल भए नभएको, सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखिए नराखिएको र यात्रुको सुरक्षा व्यवस्था कस्तो रहेको छ भन्ने विषयमा जाँच गरिनेछ । यात्रुको बढी चाप हुने स्थानमा सहायता कक्ष स्थापना गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बजारमा वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन घरेलु तथा साना उद्योग कार्यालय र यातायात व्यवस्था कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँग समन्वय गर्नेछन् । यसबाट बजारमा आवश्यक वस्तुको अभाव हुन नदिने र चाडपर्वका बेला उपभोक्ताले भोग्नुपर्ने समस्या कम गर्ने सरकारको तयारी छ ।

बैठकले उपभोक्तालाई वस्तु तथा सेवाको मूल्य, गुणस्तर, परिमाण र शुद्धताबारे जानकारी गराउन आवश्यक सूचना सामग्री तयार गर्ने निर्णय पनि गरेको छ । स्वच्छ प्रतिस्पर्धाको महत्त्व, अनुचित व्यापारिक गतिविधिबाट पर्ने असर र उपभोक्ताका अधिकारबारे जनचेतना फैलाउन मातहतका निकायलाई निर्देशन दिइने भएको छ ।

उपभोक्ताका गुनासा छिटो संकलन गर्ने र तिनको सम्बोधन गर्ने व्यवस्थालाई पनि बैठकले प्राथमिकता दिएको छ । त्यसका लागि प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा क्यूआर कोड, टोल फ्री नम्बर तथा हटलाइनमार्फत गुनासो सुनुवाइको व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरिएको छ ।

बजार अनुगमनलाई नियमित र व्यवस्थित बनाउन कानुनी तथा संस्थागत तयारी अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन ऐन, २०७७ कार्यान्वयनका लागि नियमावली तर्जुमा गरिनेछ । आवश्यकताअनुसार कार्यविधिसमेत तयार गरिने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी, ऐनको दफा १४ बमोजिम गठित प्रदेश अनुगमन समितिलाई तत्काल अनुगमन टोली गठन गरेर बजार अनुगमन अघि बढाउन निर्देशन दिने निर्णय भएको छ । चाडपर्वमा बजारको अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन वस्तुको बिक्री र उपभोक्तामाथि हुन सक्ने ठगी नियन्त्रण गर्न अनुगमन टोली परिचालन गर्ने तयारी प्रदेश सरकारले गरेको हो ।

Previous Post

सातौं वर्षमा स्वास्थ्यपेज, अग्रज चिकित्सक सम्मानित

Next Post

सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग

Next Post
सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग

सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग

सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग

October 14, 2026
दसैँ–तिहारमा बजार अनुगमन र यातायात भाडामा निगरानी

दसैँ–तिहारमा बजार अनुगमन र यातायात भाडामा निगरानी

October 14, 2026
Auto Draft

सातौं वर्षमा स्वास्थ्यपेज, अग्रज चिकित्सक सम्मानित

October 13, 2026
सामसुङ नेपाल र एनसेलबीच सहकार्य, एनसेल ग्राहकलाई दसैँमा सामसुङका उपकरणमा विशेष छुट

सामसुङ नेपाल र एनसेलबीच सहकार्य, एनसेल ग्राहकलाई दसैँमा सामसुङका उपकरणमा विशेष छुट

October 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version