For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मिस नेपाल वल्ड दीपमाला नेपालगन्जमा दौडिने

byDainik Nepalgunj
October 15, 2026
in News, मुख्य समाचार
0 0
0
मिस नेपाल वल्ड दीपमाला नेपालगन्जमा दौडिने
Share on FacebookShare on Twitter

मिस नेपाल वल्र्ड २०२६ दीपमाला ढकाल यही मंसिर १२ गते शनिवार नेपालगन्जमा दौडिने भएकी छिन् ।

धारा नेपालगन्ज म्याराथनको १२औं संस्करणमा परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउन उनी दौडिन लागेकी हुन् । तेक्वान्दोकी ब्ल्याकबेल्ट उनी स्वयं म्याराथन धाविका समेत हुन् । विश्व प्रतिष्ठित स्ट्यान्डर्ड चाटर्ड हङकङ म्याराथनको अनुभव उनीसँग छ ।

नेपालगन्ज म्याराथनमा कति किलोमिटर दौडिने बिषयमा भने उनले चाँडै जानकारी गराउने बताएकी छिन् । नेपालका कुनै पनि म्याराथनमा मिस नेपाल दौडिन लागेको यो सम्भवतः पहिलोपटक हो । यद्यपी विद्यार्थी, युवा र समाजलाई प्रेरित गर्न मिस नेपाल हरेक वर्ष नेपालगन्ज म्याराथनमा आमन्त्रित हुने गरेका छन् ।

स्वस्थ समाज निर्माण गर्ने जागरण अभियानमा नेपालगन्ज म्याराथन र द हिडेन ट्रेजरबीच मिस नेपाल वल्र्ड स्वतः नेपालगन्ज म्याराथनको सदभावना दुत हुने समझदारी छ । गत वर्ष पनि मिस नेपाल वल्र्ड २०२५ लुना लुँइटेल र मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधानले अनौपचारिक रुपमा पाँच किलोमिटर दौड पुरा गरेका थिए । यसवर्ष स्वयं मिस नेपाल वल्र्ड दीपमालाले परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउन दौडिन तयार भएकी हुन् ।

परोपकारी कार्यका लागि दौडिने विश्वव्यापी प्रचलन रहेको छ । संसारका प्रतिष्ठित म्याराथनहरुमा विभिन्न एनजिओ, कर्पोरेट घरानाहरुले च्यारिटीका लागि दौडिदै ठुलो रकम जुटाउने, धावकलाई सघाउने र सम्बन्धित क्षेत्रमा सेवा प्रदान गर्ने गर्दछन् । मिस नेपाल वल्र्ड दीपमाला भने क्यान्सर पिडितका लागि सहयोग गर्न र जलवायु सचेतनाका लागि दौडिनेछिन् ।

स्थानीय बीपी चोकबाट सुरु हुने म्याराथनअन्तर्गत ४२ किलोमिटर पुरुष खुल्ला, २१ किलोमिटर महिला खुल्ला, १० किलोमिटर पुरुष खुल्ला, १० किलोमिटर महिला खुल्ला, ५ किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुल स्तरीय छात्र छात्रा दौड, ३ किमी कर्पोरेट रन, ३ किमी किड्स रन, ३ किमी ह्वीलचेयर रन, २ किमी फेमिली रन र ३ किमी रन फर अल गरेर १२ विधा समावेश गरिएको छ ।

म्याराथन(४२किमी)पुरुष खुल्ला भएपनि महिलाले आफ्नो व्यक्तिगत समयका लागि दौड्न चाहेमा विद्युतीय चिप्स उपलब्ध गराइने छ । त्यसैगरी महिला हाफ म्याराथन(२१किमी) महिलाका लागि भएतापनि पुरुष धावकले समय सुधारका लागि दौड्ने चाहेमा विद्युतीय चिप्स प्रधान गरिने व्यवस्था मिलाइएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । ४२ किमीतर्फ विभिन्न उमेर समुहमा वरियताक्रम निकालिने समेत उनले जानकारी दिए । यसमा ४० देखि ५०वर्ष, ५० देखि ६० वर्ष उमेर समुह, ६० देखि ७० वर्ष उमेर समुहलाई पहिलो, दोस्रो र तेस्रो वरियता प्रदान गरेर प्रोत्साहन गरिनेछ ।

एबोट वल्र्ड म्याराथन मेजरसँगको सहकार्यमा उमेर समुहको धावकलाई विश्वव्यापी वरियतामा समेत समावेश गरिदै आएको छ, यसपटक पनि गरिनेछ । साथै उमेर समुहको वल्र्ड च्याम्पियनसीपमा सहभागितामा सहजीकरण गरिनेछ । त्यसैगरी विभिन्न विधाका शीर्ष धावकहरुलाई मेजर म्याराथन लगायत वल्र्ड एथ्लेटिक्सको प्लेटिनम, गोल्ड, इलाईट र लेवल रेसहरुमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । अनलाईन दर्ता खुल्ला गरिसकिएको दर्ता संयोजक गगन थापाले जानकारी दिए । यसका लागि नेपालगन्ज म्याराथनको वेवसाइटमा जानुपर्ने उनले बताए । गत जुनमा नर्वेको ट्रम्सोमा नेपालगन्ज म्याराथनलाई संसारभरका रेसहरुमध्येबाट एम्स सोसल अवार्ड प्रदान गरिएको थियो ।

नेपालगन्ज म्याराथन २०१५ देखि अभिछिन्न रुपमा सन्चालन हुँदै आएको दौड हो । कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल कायम राख्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने काम नेपालगन्ज म्याराथनले गरेको थियो । एघार बर्षे सशत्र द्धन्द्ध विधिवत अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता गरिएको ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगन्जले म्याराथन यात्रा सुरु गरेको हो । बहुल जाति, धर्म र सम्प्रदायको बसोबास रहेको नेपालगन्जलाई शान्ति, सदभाव र एकताको मालामा गाँस्ने प्रभावशाली माध्यमका रुपमा म्याराथन विधालाई लिएर सुरु गरिएको नेपालगन्ज म्याराथनसँग अहिले करिब एक दर्जन भगिनी इभेन्ट सन्चालनमा छन् । स्कुले बालबालिकालाई जलवायु परिवर्तनले निम्त्याएको समस्याबारे सचेतना र अनुकूलनतर्फ प्रेरित गर्नेगरी गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन तीन बर्षदेखि निरन्तर सन्चालन गर्दै आएको छ । रात्रीकालीन समयमा समेत सुरक्षित अनुभुति दिलाउन नेपालगन्ज १० के नाइट रनका दुई संस्करण आयोजना भइसकेका छन् ।

त्यसैगरी विश्वसामु नेपाली सम्पदालाई प्रचारप्रसार गर्ने उद्देश्यले गत बर्षदेखि काठमाडौं२५किमी हेरिटेज रेस सुरु गरेको छ । साथै कर्णाली प्रदेशमा समेत कर्णाली हाफ म्याराथन सुरु गरेको छ ।

त्यस्तै, लोकतन्त्रमा संवाद बहसलाई अपरिहार्य महसुस गरेर नेपालगन्ज डिस्कोर्सको शृंखला नेपालगन्ज कनक्लेवका ६ संस्करण संचालन भइसकेका छन् । यस वर्ष कनक्लेवमा युवा र खेलकुद विषयमा मिस नेपाल वल्र्ड दीपमाला वक्ताका रुपमा समेत उपस्थित हुनेछिन् ।

Previous Post

होल्डिङ सेन्टरमै बित्दैछ १ सय २ परिवारको दशैं

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मिस नेपाल वल्ड दीपमाला नेपालगन्जमा दौडिने

मिस नेपाल वल्ड दीपमाला नेपालगन्जमा दौडिने

October 15, 2026
होल्डिङ सेन्टरमै बित्दैछ १ सय २ परिवारको दशैं

होल्डिङ सेन्टरमै बित्दैछ १ सय २ परिवारको दशैं

October 15, 2026
सीमामा नशालु औषधिको कारोबार रोक्न चुनौती

सीमामा नशालु औषधिको कारोबार रोक्न चुनौती

October 15, 2026
बाँकेमा ३५ वटा लामो दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण

बाँकेमा ३५ वटा लामो दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण

October 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version