For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

होल्डिङ सेन्टरमै बित्दैछ १ सय २ परिवारको दशैं

byDainik Nepalgunj
October 15, 2026
in News, मुख्य समाचार
0 0
0
होल्डिङ सेन्टरमै बित्दैछ १ सय २ परिवारको दशैं
Share on FacebookShare on Twitter

हिन्दु धर्मावलम्बीको महान् पर्व विजयादशमी सुरु भएसँगै गाउँघरमा दसैँको रौनक छाएको छ । घरघरमा जमरा राख्ने, आफन्तजनलाई बोलाउने, मीठोमसिनो खाने र परिवारसँग खुसी साटासाट गर्ने तयारी भइरहँदा बाँकेको कोहलपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १ सय २ परिवारलाई भने चाडपर्वको खुसीभन्दा गाँस र बासकै चिन्ताले पिरोलेको छ । स्थायी बसोबासको व्यवस्था हुने आशामा छ महिनादेखि अस्थायी आश्रयस्थलमा दिन काटिरहेका उनीहरूका लागि यसपालिको दसैँ पनि अभाव, असहजता र अनिश्चिततामै बितिरहेको छ ।

कोहलपुर नगर विकास समितिको २८ बिघा जग्गामा बसोबास गर्दै आएका ७ सय ५१ घरपरिवारलाई गत वैशाख २६ गते हटाइएपछि प्रभावित परिवारमध्ये केही नयाँ बसपार्कको टर्मिनल भवन, दीपशिखा आधारभूत विद्यालय र पुरानो बसपार्कलगायतका स्थानमा बनाइएका होल्डिङ सेन्टरमा आश्रय लिन पुगेका थिए । सुरुमा यी तीनवटा होल्डिङ सेन्टरमा १ सय १६ घरपरिवार बस्दै आएकामा हाल १ सय २ परिवार आश्रित छन् । तर, उनीहरूको स्थायी व्यवस्थापन कहिले र कहाँ हुने भन्ने अझै टुङ्गो लागेको छैन ।

चाडपर्व नजिकिए पनि आफ्नै घर नहुँदा दसैँ मनाउने उत्साह हराएको आश्रितहरूको गुनासो छ । उनीहरूका लागि अहिले नयाँ लुगा, मिठा परिकार र रमाइलोभन्दा परिवारलाई सुरक्षित राख्ने छानोको आवश्यकता ठूलो बनेको छ । होल्डिङ सेन्टरमा बस्दै आएकी कल्पना कामीका लागि घरबासको अभावले दसैँ र तिहारको महत्त्व नै हराएको छ । आफ्नै झुपडी भए सानो परिवारसँगै बसेर पनि चाडपर्व मनाउन सकिने उनको भनाइ छ । तर, बस्ने ठाउँसमेत नभएपछि चाडपर्व आए पनि नआएजस्तै लाग्ने उनले बताइन् । ‘आफ्नो बस्ने झुपडी नै छैन भने दसैँ मनाउने के छ र? हामीलाई दसैँतिहार आउनु र नआउनु उस्तै लाग्छ । हामीलाई महल चाहिएको होइन, बस्ने बास चाहिएको हो’, उनले भनिन् । स्थानीय सरकारले पटकपटक म्याद थप्दै आश्वासन दिए पनि व्यवहारमा व्यवस्थापन हुन नसकेको उनको गुनासो छ । तोकिएको म्याद सकिँदासमेत कुनै निर्णय नहुँदा आफूहरू अन्योलमा परेको उनले बताइन् । नेपाली नागरिकका रूपमा आफूहरूको पनि सुरक्षित बसोबासको अधिकार सुनिश्चित गर्नुपर्ने उनको माग छ । ‘हामीलाई नेपाली नागरिक होइन भन्नुहोस्, होइन भने बस्ने बासको व्यवस्था गरिदिनुहोस् । सानो झुपडी भए पनि हामीलाई पुग्छ । आफ्ना बालबच्चा लिएर कहाँ जाने भन्ने चिन्ता छ’, उनले भनिन् ।

अर्की आश्रित देवी घर्तीका अनुसार होल्डिङ सेन्टरको असहज वातावरणमा परम्पराअनुसार दसैँ मनाउनसमेत कठिन छ । एउटै ठाउँमा तीन–चार परिवार बस्नुपर्ने अवस्था रहेकाले सरसफाइ, गोपनीयता र पारिवारिक सहजता कायम गर्न समस्या भएको उनले बताइन् । गाउँघरमा हुँदा जमरा राख्ने, पूजापाठ गर्ने र आफन्तजन बोलाएर दसैँ मनाउने गरे पनि यसपालि त्यस्तो वातावरण नरहेको उनको भनाइ छ । ‘पोहर साल दसैँ मनायौँ, यसपालि त दशा आएजस्तो भएको छ । आफ्नो घर भएको भए आफन्त आउँथे, रमाइलोसँग चाडपर्व मनाइन्थ्यो । अहिले होल्डिङ सेन्टरमा बसेको छु भन्न पनि अप्ठ्यारो लाग्छ’, उनले भनिन् । छ महिनादेखि अस्थायी आश्रयमा बस्दा अब जाडोयाममा बालबालिकालाई हुर्काउनसमेत कठिन हुने चिन्ता घर्तीलाई छ । सरकारले छिटो व्यवस्थापन गरी कम्तीमा आफ्नो परिवारले सुरक्षित रूपमा बस्न पाउने ठाउँको टुङ्गो लगाइदिनुपर्ने उनको माग छ ।

त्यस्तै, बेलमती विकका लागि घरबासको अभाव झन् पीडादायी बनेको छ । उमेरका कारण काम गर्न कठिन हुने र परिवारको आर्थिक अवस्था कमजोर भएकाले दैनिक गुजारा चलाउनसमेत समस्या रहेको उनले बताइन् । आफ्नै घर भएको भए दसैँमा चेलीबेटी बोलाउने, आफन्तसँग भेटघाट गर्ने र परम्पराअनुसार चाडपर्व मनाउने रहर थियो । तर, घर भत्किएपछि अहिले अरूले दिएको राहत र आफ्नै प्रयासमा जुटाएको खाद्यान्नको भरमा जीवन चलाउनुपरेको उनको भनाइ छ । ‘घर भएको भए दसैँमा चेलीबेटी बोलाउँथेँ, आफन्तसँग रमाइलो हुन्थ्यो । अहिले न बस्ने ठाउँ छ, न अरूको घरमा गएर बस्न सक्ने अवस्था छ । हामीलाई घरबास चाहियो’, उनले भनिन् ।

अस्थायी आश्रयस्थलमा पानी पर्दा भित्रै पानी जम्ने र बस्न कठिन हुने गरेको शान्ति घर्तीले बताइन् । पटकपटक आजभोलि भन्दै व्यवस्थापनको आश्वासन दिइए पनि महिनौँ बित्दासमेत ठोस निर्णय नभएको उनको गुनासो छ । ‘पानी परेपछि भित्रै पानीको ताल पर्छ । बाहिर बस्नु र भित्र बस्नुमा कुनै फरक हुँदैन । यहाँ बस्नका लागि बसेका छौँ, तर सुविधा केही छैन । हामीलाई सबैभन्दा पहिला बस्ने ठाउँको व्यवस्था चाहियो’, उनले भनिन् ।

कोहलपुर नगरपालिकाले भने होल्डिङ सेन्टरमा आश्रित परिवारको व्यवस्थापनका लागि विभिन्न समिति गठन गरी प्रक्रिया अघि बढाइएको जनाएको छ । नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार प्रभावित परिवारको विवरण सङ्कलन, भूमिहीनको पहिचान, जग्गाजमिनको अवस्था छानबिन र सम्भावित व्यवस्थापनस्थलको खोजी भइरहेको छ । थापाका अनुसार नगर विकास समितिको जग्गाबाट हटाइएका ७ सय ५१ घरपरिवारले प्रारम्भिक रूपमा पारिवारिक विवरण फाराम भरेका थिए । तीमध्ये ३ सय ३४ जनाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीका रूपमा विवरण दिएका थिए । पछि हटाउने क्रममा २ सय ४१ परिवार सम्पर्कमा आएर विवरण भरेका थिए । तीमध्ये अन्यत्र बस्ने ठाउँ नभएका १ सय १६ परिवारलाई नगरपालिकाले निर्धारण गरेका होल्डिङ सेन्टरमा राखिएको थियो ।

भूमिहीनका रूपमा विवरण भरेका सबै परिवार वास्तविक रूपमा भूमिहीन हुन् वा होइनन् भन्ने यकिन गर्न छानबिन भइरहेको थापाले बताए । प्रभावितमध्ये बाँके जिल्लाका विभिन्न स्थानीय तहका साथै देशका अन्य जिल्लाका बासिन्दासमेत रहेकाले व्यवस्थापनको प्रक्रिया थप जटिल बनेको नगरपालिकाको भनाइ छ ।

‘भूमिहीनको अवस्था यकिन गर्न सम्बन्धित स्थानीय तहसँग पत्राचार गरिएको छ । उनीहरूको नाममा अन्यत्र जग्गाजमिन छ कि छैन, ऐलानी जग्गामा बसोबास छ कि छैन र भूमिसम्बन्धी आयोगमा विवरण भरेका छन् कि छैनन् भन्ने विषयमा जानकारी सङ्कलन भइरहेको छ’, थापाले भने । उनका अनुसार सम्बन्धित स्थानीय तहबाट विवरण प्राप्त हुने क्रम जारी छ । मालपोत कार्यालयबाट समेत जग्गाजमिनसम्बन्धी अभिलेख सङ्कलन गरी अध्ययन भइरहेको छ । केही परिवारको जग्गाजमिन रहेको विवरण प्राप्त भए पनि सबैको छानबिन पूरा हुन बाँकी छ । छानबिनसँगै प्रभावित परिवारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए । अन्य जिल्लाका परिवारको हकमा सम्बन्धित स्थानीय तहका प्रमुखहरूसँग समन्वय गर्ने र कोहलपुरमै व्यवस्थापन गर्नुपर्ने परिवारका लागि सम्भावित सरकारी तथा ऐलानी जग्गाको अध्ययन गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

थापाका अनुसार नगरप्रमुख तथा सम्बन्धित समितिहरूले अन्य स्थानीय तहसँग समन्वय गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय र भूमिसम्बन्धी निकायसँगको समन्वयमा समेत सम्भावित व्यवस्थापनस्थलको खोजी भइरहेको छ ।

‘चाडपर्वको समयमा आफ्नै घरको अभावले पीडित परिवारको पीडा झन् गहिरिएको छ । उनीहरूका लागि दसैँको अर्थ नयाँ लुगा, टीका र जमरा मात्र होइन, सुरक्षित छानोमुनि परिवारसँगै बस्न पाउने आधारभूत अधिकार पनि हो’, यसअघि होल्डिङ्ग सेन्टरको अनुगमन समेत गरेका अधिकारकर्मी अधिवक्ता बसन्त गौतमले भने, ‘सरकार र स्थानीय तहले भूमिहीनको पहिचान तथा व्यवस्थापनका लागि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भए पनि लामो समयदेखि अस्थायी आश्रयमा रहेका परिवारको तत्कालीन कठिनाइलाई समेत सम्बोधन गर्नुपर्ने देखिन्छ । उनीहरूलाई चाडपर्व र मौसमको प्रतिकूलताबाट जोगाउन आवश्यक राहत, सुरक्षित बसोबास र समयबद्ध व्यवस्थापनको स्पष्ट योजना आवश्यक छ ।’

Previous Post

सीमामा नशालु औषधिको कारोबार रोक्न चुनौती

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
होल्डिङ सेन्टरमै बित्दैछ १ सय २ परिवारको दशैं

होल्डिङ सेन्टरमै बित्दैछ १ सय २ परिवारको दशैं

October 15, 2026
सीमामा नशालु औषधिको कारोबार रोक्न चुनौती

सीमामा नशालु औषधिको कारोबार रोक्न चुनौती

October 15, 2026
बाँकेमा ३५ वटा लामो दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण

बाँकेमा ३५ वटा लामो दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण

October 15, 2026
बाँकेमा ९४ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट

बाँकेमा ९४ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट

October 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version