फातिमा फाउण्डेसन नेपालको २२औँ साधारण सभा तथा ८औँ अधिवेशनले मैमुना सिद्धिकीलाई अध्यक्षमा चयन गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा गंगा वली, महासचिवमा हुमा अख्तर, सहसचिवमा कैकसा अन्सारी, कोषाध्यक्षमा सुवेदा फरहिन र सहकोषाध्यक्षमा राधा केवट चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा साकरा खातुन, सफिया खातुन, हसिना मुकेरी, रुकैया हलवाई, रिहाग शेषलगायत ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले फातिमा फाउण्डेसन नेपालले मुस्लिम महिलाहरूलाई संगठित गर्दै नेतृत्व विकासमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले फातिमा फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष मोहम्मदी सिद्धिकीको नाममा प्रदान गरिँदै आएको समाजसेवा पुरस्कारलाई निरन्तरता दिने र त्यसको आर्थिक दायित्व नगरपालिकाले लिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालगन्जमा मुस्लिम महिलाहरूलाई घरबाहिर निस्केर सामाजिक गतिविधिमा सहभागी हुने वातावरण निर्माण गर्न फाउण्डेसनले महत्वपूर्ण भूमिका खेलेको बताए। साथै, नवनिर्वाचित कार्यसमितिलाई आगामी दिनमा अझ सक्रियताका साथ काम गर्न सुझाव दिए।
मैमुना सिद्धिकीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नारी विकास केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठ, एनजीओ फेडेरेसन नेपालका केन्द्रीय सचिव नमस्कार शाह, पूर्वसांसद तथा फातिमा फाउण्डेसन नेपालका संस्थापक सदस्य लक्ष्मी तिवारी, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष द्वारिका अधिकारी, सल्लाहकारहरू विश्वजित तिवारी, सहिल अन्सारी र रविन्द्र कर्ण, इन्सेक प्रतिनिधि टेकनाथ आचार्य तथा नारी कल्याण केन्द्रकी नारायणी रूपाखेतीलगायतले बोलेका थिए ।
वक्ताहरूले फातिमा फाउण्डेसन नेपालले स्थापनाकालदेखि नै महिला, बालबालिका, तथा सीमान्तकृत समुदायको हकहित र सशक्तिकरणका लागि निरन्तर काम गर्दै आएको छ । महिला सशक्तिकरण, बालविवाह न्यूनीकरण, सीपमूलक तालिम, शिक्षा, लंैगिक समानता तथा सामाजिक सचेतनाका क्षेत्रमा संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
अधिवेशनमा सामाजिक लेखापरीक्षक मनबहादुर भण्डारीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाकी सदस्य कैकसा अन्सारीले सञ्चालन गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष र बार्षिक प्रतिवेदन महासचिवले प्रस्तुत गरेका थिए ।






























