नेपालगन्जमा देखिएको विद्युत समस्या समाधानका लागि पहल गर्न नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीको संयोजकत्वमा बिहीबार संयन्त्र निर्माण गरिएको छ ।
गठित अनियमित विद्युत समस्या समाधान संयन्त्रको बिहीबार भएको पहिलो बैठकले नेपालगन्ज र कोहलपुर वितरण केन्द्रसँग लिखित रूपमा समस्या माग गर्ने, विद्युत नियमत गर्नका लागि रहेका अल्पकालीन, दीर्घकालीन समस्याको पहिचान गर्ने, निर्णय गरेको हो ।
राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नेपालगन्ज उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, नागरिक समाजका अध्यक्ष, प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतम, पत्रकार महासंघका प्रतिनिधि, उच्च अदालत बार एशोसिएसनका प्रतिनिधि, संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, संघका महासचिव सदस्य सचिव रहने संयन्त्र बिहीबार आयोजित नेपालगन्जको अनियमित विद्युत समस्या र समाधान विषयक बृहत अन्तरक्रियामा गठन गरिएको थियो ।
नेपालगन्जमा विद्युत समस्या आगामी बर्षमा झन् थपिन सक्ने भएकाले संयन्त्रले तत्कालै देखि पहल थाल्ने प्रयास सुरु गरेको छ ।