- प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा प्रकरण र डेडिकेटेड र ट्रंक लाइनको विषयमा सदनमा स्पष्ट पार्न र जहाँ जे अवस्थामा छ त्यहीँबाट काम अघि बढाउन सरकारसँग माग गरेका छन् ।
- प्रतिनिधिसभामा रास्वपा सांसद हरि ढकालले डेडिकेटेड र ट्रंक लाइनको विवादको विषय उठाउँदा सभामुख देवराज घिमिरेले सांसदको बोल्ने माइकको लाइन काटेका छन् ।
- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार प्रतितोला एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
- नेपाल सरकारबाट विभिन्न मुलुकका लागि सिफारिस भएका १८ राजदूतका विषयमा संसदीय सुनुवाइ समितिले उजुरी तथा सूचना आह्वान गरेको छ । विभिन्न १८ मुलुकका लागि सरकारले सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै सुनुवाइ समितिले उजुरी आह्वान गरेको हो ।
- मधेश सरकारले ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
- ग्रीन कार्डको प्रलोभन देखाई मौरिसस पुर्याई मानवबेचबिखनमा संलग्न रहेको आरोपमा झापा कमल गाउँपालिका– १ का ५४ वर्षिय बुद्धिराज न्यौपानेलाई प्रक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गौतम मिश्रले जनाए ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका छन्।
विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताए। - कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित बनेको छ । गत ८ असारमा प्रदेशको बजेट पास भएपछि स्थगित बैठक अनिश्चित बनेको हो ।