हिन्दुहरूको मृत्यु संस्कारका लागि बाँकेको राप्ती नदी स्थित सिधनियाघाटमा निर्माण गर्ने भनिएको ‘बैकुण्ठधाम’ का लागि आध्यात्मिक महोत्सव आयोजनाको तिथि तय भएको छ । आगामी कार्तिक २२–३० गतेसम्म नेपालगन्जको रामलीला मैदानमा बृहत बैकुण्ठधाम आयोजना तिथि तय भएको हो ।
बैकुण्ठधाम संस्थाका अध्यक्ष डाक्टर सुरेश कुमार कनोडियाले बिहीबार प्रेस विज्ञप्ति जारी गरी महोत्सवका लागि आयोजक मूल समारोह समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार, ३ हजार १ जनाको मूल समारोह समिति निर्माण गर्ने निर्णयसँगै विभिन्न उपसमिति गठनका लागि स्वयं अग्रसरताको आव्हान गरिएको छ ।
‘गाउँगाउँबाट उठौं, बस्तीबस्तीबाट उठौं ः यो महान अभियानमा कोही कतैबाट पनि नछुटौं’, आव्हानमा भनिएको छ ।