For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : तीन बर्षमा ६० आमाको मृत्यु

byDainik Nepalgunj
August 16, 2024
in News, मुख्य समाचार
0 0
0
स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै
Share on FacebookShare on Twitter

कुनै बेला एक जना सुत्केरी, गर्भवतिको मृत्यु हुँदा निकै चासो र चिन्ता व्यक्त गरिन्थ्यो । राज्यका निकाय हुन् वा त्यस क्षेत्रमा कार्यरत संघ, संस्थाहरूले त्यसलाई गम्भीर रूपमा लिएर मृत्युको कारण खोज्ने र नदोहोरियोस् भनेर नीतिगत व्यवस्था गर्नुका साथै सचेतना लगायतमा केन्द्रित हुन्थ्यो । तर, पछिल्ला दिन गर्भवति, सुत्केरी आमाको मृत्युमा बेवास्ता गरिएको जस्तो देखिएको छ ।

राज्यले आमा सुरक्षाका लागि कार्यक्रमहरू ल्याएपनि बाँकेमा आमाको मृत्युमा भने खासै कमी आएको पाइँदैन ।

बाँकेमा विभिन्न जिल्लाबाट स्वास्थ्य गम्भीर भैसकेपछि आउनेगर्भवतिहरूको समेत मृत्यु भएको पाइन्छ । स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार, गत तीन आ.व.मा जिल्लामा बाँकेका मात्रै ६० जना गर्भवति÷सुत्केरीको मृत्यु भएको छ ।

‘आमाको मृत्युको तथ्यांक चिन्ताजनक छ’, स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले भनिन्, ‘त्यसको न्यूनीकरणमा गर्भवतिको पोषण, स्वास्थ्य चेकजाँच र आवश्यक उपचारका लागि सचेतनामा धेरै काम गर्नुपर्ने आवश्यक देखिन्छ ।’

स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स श्रेष्ठका अनुसार, चालु आर्थिक बर्षको साउनमा एक महिलाको मृत्यु भैसकेको छ । आर्थिक बर्ष २०८०÷८१ मा १८, आर्थिक बर्ष २०७९÷०८० मा २० जना र आर्थिक बर्ष २०७८÷७९ मा २२ जना गर्भवति, सुत्केरी आमाको मृत्यु भएको श्रेष्ठले जानकारी दिइन् ।

बाँकेमा गत आर्थिक बर्षमा सबैभन्दा बढी स्वास्थ्य संस्थाको पहुँचमा रहेको नेपालगन्जकै गर्भवति÷सुत्केरीको मृत्यु भएको तथ्यांकमा देखिएको छ । गत आर्थिक बर्षमा मृत्यु भएका १८ मध्ये नेपालगन्ज उपमहानगरपालिका ७, खजुरा गाउँपालिकाका २, डुडुवा गाउँपालिकाका २, नरैनापुर गाउँपालिका ३, राप्तीसोनारी गाउँपालिकाका २ र बैजनाथ तथा कोहलपुरका १÷१ जना रहेका छन् । बाँके भारतसँग जोडिएको सीमावर्ती जिल्ला भएकाले कतिपयको गर्भवति भारत रहँदा वा उपचारका लागि गएका बेला समेत मृत्यु भएको हुनसक्ने सम्भावना स्वास्थ्यकर्मी औंल्याउँछन् ।

बाँकेमा गत आ.व.मा मृत्यु भएका १८ मध्ये १६ जना मधेसी र मुस्लिम समुदायको रहेको स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स श्रेष्ठ बताउँछिन् । स्वास्थ्य कार्यालयले गर्भवति÷सुत्केरीको मृत्यु हुँदा त्यस्ता घटनाहरूको कारणहरू समेतका बारेमा जानकारी लिंदै आएको छ ।

‘नियमित स्वास्थ्य चेकजाँच नगराउने, गर्भवति भएको थाहा हुने वित्तिकै स्वास्थ्य संस्थामा नजाने, स्वास्थ्यकर्मीले सुझाव दिए अनुसार स्वास्थ्य परीक्षण नगराउने प्रवृत्ति पाइन्छ’, स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स श्रेष्ठ भन्छिन्, ‘उचित स्याहार सुसार, पोषण र गर्भवतिमा स्वास्थ्य समस्या देखिंदा समयमै अस्पताल नलगेका कारण पनि मातृ मृत्यु नियन्त्रण हुनसकेको छैन ।’

मातृमृत्यु जिल्लामा चिन्ताजनक भएकाले सबैको ध्यान पुग्न आवश्यक रहेको स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स श्रेष्ठ बताउँछिन् । ‘गर्भावस्थाको सुरुमा स्वास्थ्य संस्थाबाट लेखिएको परीक्षण गर्दा रकम खर्च हुने भएकाले कतिपय आवश्यक परीक्षण नै नगराउने गरेको पाइन्छ’, उनी भन्छिन्, ‘त्यसैले गर्भवतिको सबै परीक्षण निःशुल्क गर्न र पोषणमा सहयोग पुर्याउन राज्यका निकायहरूको ध्यान जान आवश्यक छ ।’

स्वास्थ्यकर्मीहरू घरमै बच्चा जन्माउने प्रयास गरी ढिलो गरी अस्पताल पुर्याउने, कम उमेरमै विवाह गरी आमा बन्ने, विभिन्न स्वास्थ्य समस्या हुँदा चिकित्सकको नियमित परामर्श नगर्ने, स्याहार, पोषणको कमी लगायतका नै गर्भवति÷सुत्केरीको मृत्युको कारण भएको बताउँछन् ।

नेपाल जनसांख्याकी तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ का अनुसार, बिवाहको औसत उमेर पुरुषको हकमा २१.७ बर्ष र महिलाको हकमा १७.९ बर्ष रहेको छ । तथ्यांक अनुसार, नेपालमा १७ प्रतिशत किशोरी आमा बनिसकेका हुन्छन् वा गर्भवति हुन्छन् । जसले गर्दा किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको हो ।

विश्वमा अति उच्च मातृमृत्युदर भएका मुलुकहरूमध्ये नेपाल पनि एक हो । गर्भावस्थामा, प्रसूति अवस्थामा वा गर्भावस्था अन्त भएको ४२ दिनभित्रमा कुनै पनि कारणले हुने महिलाको मृत्युलाई मातृ मृत्यु भनिन्छ । मातृ मृत्युदर उच्च रहनुको अर्थ देशको स्वास्थ्य अवस्था अझै जटिल अवस्थामा रहेको छ । नेपाल मातृ मृत्यु अध्ययन प्रतिवेदन, २०७८ अनुसार देशका सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा मातृ मृत्युदर उच्च रहेको देखिएको हो । अध्ययन प्रतिवेदनअनुसार लुम्बिनीमा प्रति एक लाख जीवित जन्म हुँदा मातृ मृत्यु दुई सय सात रहेको छ । त्यसपछि कर्णाली प्रदेशमा एक सय ७२, गण्डकी प्रदेशमा एक सय ६१, कोशी प्रदेशमा एक सय ५७, मधेस प्रदेशमा एक सय ४०, सुदूरपश्चिम प्रदेशमा एक सय ३० र सबैभन्दा कम बागमती प्रदेशमा ९८ आमाहरूको मृत्यु भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

Previous Post

भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध

Next Post

आयुर्वेद : न पर्याप्त बजेट न भौतिक पूर्वाधार

Next Post
आयुर्वेद : न पर्याप्त बजेट न भौतिक पूर्वाधार

आयुर्वेद : न पर्याप्त बजेट न भौतिक पूर्वाधार

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

March 15, 2026
बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

March 15, 2026
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

एघार महिनामा ६ हजार विपद्का घटना

March 15, 2026
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version