नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेको अध्यक्षमा देव बहादुर वली क्षेत्री सर्वसम्मत पुनः निर्वाचित भएका छन् । संघको शनिबार भएको अधिवेशनले क्षेत्रीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको निर्वाचिन अधिकृत कर्ण बहादुर केसीले जानकारी दिएका छन् ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र शाह, उपाध्यक्षमा अतिकुर रहमन, विनोद कुमार जयसवाल, महासचिवमा राम बाबु गुप्ता, सचिवमा सिरताज अली कसगर, कोषाध्यक्षमा टंक बहादुर बुढा निर्वाचित भएका छन् ।
निर्वाचन सदस्य सुर्यमणि पौडेलले सदस्यहरूमा रज्जव अलि साइ, शेखर चन्द्र यादव, विजय कुमार जायसवाल, धनराज काँदु निर्वाचित भएका छन् ।