- गृहमन्त्री रमेश लेखकले नुवाकोटमा नवनिर्मित केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभई उत्पादक कारागारका रुपमा विकास गरिने बताएका छन् । शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारकाे उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताए ।
- चेपाङ समुदायले छोनाम (न्वागी) पर्व सामूहिक रुपमा मनाउने भएका छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रुपमा हरेक वर्ष भदौ २२ गते छोनाम (न्वागी) पर्व मनाउने गर्दछन् ।
- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न नसक्ने बताएका छन् । जसपा, नेपालको आधार संगठन निर्माण अभियानअन्तर्गत शनिबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाए ।
- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले रैथाने बीउ, बाली हराउँदै जान थालेकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् । थाने एग्रो प्रोडक्ट्स् नेपाल टोखा–४ ले प्रत्येक शनिबार राजधानीको दरबारमार्गमा आयोजना गर्ने गरेको रैथाने कृषि बाली मेलाको शनिबार अवलोकन गर्दै उनले यस्ता विषयले नेपालका राजनीतिकर्मीको मन दुख्नुपर्ने बताए।
- वीरगन्ज भन्सार कार्यालय मातहतका ११ मध्ये ४ मात्र छोटी भन्सार संचानलमा रहेका छन् । हाल पर्साका ठोरी र भिष्वा तथा बाराका सिम्रौनगढ र मटिअर्वा छोटी भन्सार मात्र संचालनमा छन् ।
- चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
- सरकारले पेट्रोलमा इथानोल मिसाउने गरी कानुन निर्माणको तयारी गरेको छ । उद्योग, वाणित्य तथा आपूर्ति मन्त्रालयले आफ्नो ‘सुधार कार्ययोजना’ मार्फत पेट्रोलमा इथानोल मिश्रण गर्ने सम्बन्धी कार्यविधि आगामी तीन महिनाभित्र तर्जुमा सम्पन्न गरी कार्यान्वयनमा ल्याउने बताएको छ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले माओआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । गत १० भदौको प्रतिनिधि सभा बैठकमा प्रचण्डले श्रीलंका वा बंगलादेशजस्तो अवस्था आउन सक्ने खतराबारे बोलेका थिए ।