खजुरा स्थित जुनिया जुनियर युवा रेडकर सर्कल ज्ञानोदयले मन्दिर स्थानीय शिवकालिका मन्दिर सरसफाई तथा मृर्गौला पीडितलाई नगद सहयोग गर्दै ६२ औँ रेडक्रस दिवस मनाएको छ ।
नेपाल रेडकर सोसाइटी बाँकेका सदस्य यमनारायण महतोको प्रमुख आतिथ्यता एवं नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखाका सचिव अर्जुन थापाको विशिष्ट अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ज्ञानोदय जु. यु.रे.स सर्कलका संरक्षक ऋषिराम सापकोटा, शिक्षक नायक लेकप्रसाद प्याकुरेल, सहनायक दिलमाया खत्री सर्कल अध्यक्ष प्रियंका चौधरी लगायत ६६ जना सहभागीहरूको उपस्थिति रहेको थियो ।
बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा दुवै मृर्गौला फेल भई उपचार गराइरहेका बिरामीलाई सर्कलका संरक्षक ऋषिराम सापकोटा तथा सचिव आरती विश्वकर्माद्वारा संयुक्त रूपमा नगद सहयोग गरेपश्चात सहभागीहरूले स्थानीय शिवकालिका मन्दिरको सरसफाई गरेका थिए ।
सरसफाई पश्चात् आयोजित भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले लुम्बिनी प्रदेश स्तरीय सर्कल गोष्ठी भव्यतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई ज्ञापन गर्नुका साथै रेडक्रसको महत्व र भूमिकामाथि प्रकाश पारेका थिए । कार्यक्रममा विशिष्ट अतिथि अर्जुन थापा, संरक्षक ऋषिराम सापकोटा र शिक्षक नायक लेकप्रसाद प्याकुरेलले समेत रेडक्रस सम्बन्धी प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेको जानकारी सहनायक दिलमाया खत्रीले गराएकी छन् ।
