For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

सांसद, कर्मचारी सम्बन्ध ः कहिले चैन, कहिले बेचैन

byDainik Nepalgunj
September 8, 2024
in News, मुख्य समाचार
13 0
0
सांसद, कर्मचारी सम्बन्ध ः कहिले चैन, कहिले बेचैन
3
SHARES
161
VIEWS
Share on FacebookShare on Twitter

प्रेम विश्वकर्मा

लुम्बिनी प्रदेशको सबैभन्दा बढी विकासे योजना मुख्यमन्त्री र मन्त्रीहरूको निर्वाचन क्षेत्रमा पुगेका छन् । प्रदेश सरकारले सांसदहरूलाईं खुसी बनाउन अघोषित रूपमै बजेट सिलिङ्ग तोकिदिएको छ । प्रदेश सभा निर्वाचनबाट निर्वाचित ८७ जना सांसदमध्ये प्रत्यक्ष निर्वाचित ५२ जना र समानुपातिक ३५ जना छन् । प्रत्यक्ष तर्फ प्रति सांसद २ करोड ७५ लाख रूपैयाँ र समानुपातिक तर्फ १ करोड रूपैयाँ बराबरको बजेट सिलिङ्ग चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि तोकिएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा भने प्रति सांसद प्रत्यक्ष तर्फ २ करोड २५ लाख रूपैयाँ र समानुुपातिक तर्फ ७५ लाख रूपैयाँ बराबरको बजेट सिलिङ्ग तोकिएको थियो ।

सत्ता, शक्ति र पहुँच पु¥याउन सक्ने सांसदले तोकिएको बजेट सिलिङ्ग भन्दा बढीका पनि विकासे योजना आफनो क्षेत्रमा तानिरहेका छन् । समानुपातिक तर्फका सांसद अम्बिका काफ्ले भन्छिन्, ‘कानुनी रूपमा प्रदेशका ८७ जना नै सांसदको भूमिका बराबर, समान रहन्छ । तर ब्यवहारिक रूपमा त्यहाँ पनि विभेद छ । लुम्विनी प्रदेशभरीका जनतालाईं समान हक अधिकार दिलाउन ८७ जना सांसद फरक–फरक राजनीतिक दलबाट प्रतिनिधित्व गछौं । तर, प्रदेश सभाभित्र ८७ जना सांसद बीचमा पनि अधिकारको सवालमा विभेद भएको पाईन्छ ।’

सांसदलाईं दिईंएको बजेट सिलिङ्गका सम्बन्धमा भने सांसद अम्बिका काफ्ले आफुहरूले जनता र प्रदेश सरकारबीच मध्यस्थकर्ताको भूमिका मात्र निर्वाह गरेको बताउँछिन् । उनी भन्छिन्, ‘एउटा योजना बैंक मार्फत गए मात्र प्रदेशभरी समान किसिमले योजना वितरण हुन्छ । यसको आवाश्यकता देखिएको छ ।’ यस हिसावले उत्तरमा सिस्ने पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म फैलिएको लुम्बिनी प्रदेशको १२ वटा जिल्लाका १०९ वटा स्थानीय तह र ९८३ वटा वडामा समान किसिमले पुग्नुपर्ने प्रदेशका विकासे योजना सत्ता र शक्तिको बलमा वितरण भएको पाइन्छ ।

सांसदका तजवीजी योजना
प्रदेशको बजेट ल्याउनुअघि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सांसदहरूको टाउको गनेरै एउटा निश्चित बजेट सिलिङ्ग तोकिदिन्छ जसमा सांसदहरूलाईं क्षेत्रअधिकारभित्र रहेर योजना ल्याउन भनिन्छ । तर, योजना कार्यान्वयन गर्ने निकायसँग आवश्यक समन्वय भएको भने हुँदैन । सांसदले माग गरेका विकासे योजनाको शीर्षक मात्र राखेर प्रदेशको अन्य वार्षिक योजनामा समावेश गरी रातो किताबमा प्रकाशित गरिन्छ । कार्यविधि बनेर आएपछि मात्र कार्यान्वयनमा जाने यी सांसदका अघोषित विकासे योजना हुन् । प्रत्यक्ष तर्फका सांसद राजकुमार चौधरी भन्छन्, ‘२ करोड ७५ लाख रूपैयाँभित्रका योजना आर्थिक मामिला तथा योजना मन्त्रालय र बाँकी थप योजनाहरूको लागि संम्बन्धित मन्त्रालयमा लबिङ्ग गरी पेश गछौं ।’ यो चालु आर्थिक वर्ष २०८१÷०८२ मा पनि आफना विभिन्न किसिमका विकासे योजनाहरू रहेको सांसद राजकुमार चौधरीले बताए ।

चौधरीका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका १० को भादा खोलामा पुल निर्माणका लागि ८० लाख रूपैयाँ, बारबर्दिया नगरपालिका वडा नम्बर ११ बिजयनगर स्कूलको भवन निर्माणको लागि १८ लाख रूपैयाँ र बारबर्दिया, गुलरिया नगरपालिका क्षेत्रमा लोकसेवा तयारी कक्षा सञ्चालन गर्न १८ लाख रूपैयाँ बराबरको योजना रहेको छ ।

‘कानुनतिर ध्यान छ तर कर्मचारीतन्त्रको भूमिका असमान, मनोमानी भएकाले सांसदहरूलाईं बजेट, योजना, कार्यक्रमका लागि तँछाडमछाँड गर्नुपर्ने बाध्यता छ । कानुन मात्रै बनाएर, नहुने रहेछ । नियमावली, कार्यविधिहरू गरिबका लागि सम्बन्धित मन्त्रालयका मन्त्री, सचिवले बनाएनन् । कर्मचारीतन्त्रमा अझै संघीयता आएको छैन । प्रदेश सांसदलाईं जनप्रतिनिधि नै मान्दैनन् । कर्मचारीतन्त्र अझै पनि संघीयतालाईं असफल बनाउने दाउमा छ,’ प्रदेश मामिला तथा कानुन समितिका सदस्य समेत रहेका सांसद राजकुमार चौधरी भन्छन्, ‘स्थानीय सरकारले टेरदैनन । तर संविधानले सहकार्य, सह–अस्तित्वको कुरा गर्छ । गरिब, दलित, थारु, मुस्लिम, मधेसी, अल्पसंख्यक, सिमान्तकृतको पहुँच योजना र कार्यक्रममा अहिलेसम्म पनि पुगेको छैन ।’

भौतिक निर्माणका विकासे योजना
विकासे योजनालाईं खासगरी दुई किसिमले बाँडफाँड गरिएको छ । एउटा हार्डवेयर र अर्को सफ्टवेयर । हार्डवेयर अन्तर्गत भौतिक निर्माण लगायतका विकासे योजना पर्दछन् । त्यस्ता योजना सांसदहरूले जनताको माग, आवाश्यकता महसुस गरेबमोजिम छनौट गरिएको भनेर दाबी गरेपनि समानरूपले वितरण गर्न भने सकेका छैनन् । आफनो क्षेत्र अनुसार निकटका कार्यकर्ता, ब्यक्ति–संस्थालाईं पहिलो प्राथामिकता दिएका छन् । त्यस्ता विकासे योजनामा सांसदको नाम भने राखिदैन ।

लुम्विनी प्रदेश मातहत रहेको शहरी विकास तथा खानेपानी मन्त्रालय खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेमा गत आर्थिक बर्ष २०८०÷०८१ मा प्रत्यक्ष तर्फका सांसद भण्डारी लाल अहिर र आदेश कुमार अग्रवालसँग जोडिएको खानेपानी धारा जडान सम्बन्धीका योजना रहेका थिए जसअनुसार सांसद भण्डारी लाल अहिरको क्षेत्रमा ३० लाख रूपैयाँ बजेटभित्र रही १ सय १५ वटा घरधुरीलाईं पुग्ने गरी वडाको सिफारिसमा धारा जडान गरिएको छ ।

यस्तै सांसद आदेश कुमार अग्रवालको निर्वाचन क्षेत्रमा १० लाख रूपैयाँको बजेटभित्र रही ३५ वटा धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र खत्री भन्छन्, ‘यो बर्ष पनि एक, दुई वटा योजना आएको हुन सक्छ, हामी हेर्दैछौं । थप योजना, कार्यक्रम भएपनि हाम्रो बजेट सिलिङ्गभित्रै आउँछन ।’ कार्यालयका निमित्त प्रमुख प्रकाश जंग शाह भन्छन्, ‘प्रदेश कार्यालयले प्रस्तावित गरेवाहेकका योजना हुन् । माननीयहरूले मन्त्रालय मार्फत आफ्नै पहलमा बजेट, योजना ल्याउनुहुन्छ ।’

लुम्विनी प्रदेश मातहत नै रहेको पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेमा त झन ७० प्रतिशतभन्दा बढी सांसदहरूकै योजना आउने गरेको कार्यालयको भनाईं छ । कार्यालयका निमित्त कार्यालय प्रमुख टंकनाथ खनाल भन्छन्, ‘५ लाखदेखी ५० लाखसम्मका स–साना योजना धेरै छन् । पहुँचका भरमा धेरै योजना मन्त्रालयबाटै तोकेर आउँछन् ।’

तालिमे कार्यक्रममा पनि सांसदका योजना

तालिम, सचेतनामूलक कार्यक्रम लगायतका सामाजिक कार्यलाईं सफ्टवेयर विकासे योजना अन्तर्गत समावेश गरिएको छ । जस्तै, लुम्विनी प्रदेश सरकार मातहत रहेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा गत आर्थिक बर्ष २०८०÷०८१ मा प्रत्यक्षतर्फका प्रदेश सांसद कृष्णा केसी (नमुना) सँग जोडिएको कुल ६० लाख रूपैयाँ बजेट रहेको थियो । सांसद कृष्णा केसी (नमुना) को क्षेत्र नरैनापुर, कोहलपुर, राप्तीसोनारीमा सिलाईं कटाईं तालिम र गड्यौला मल, कम्पोष्ट मल बनाउने तालिमसहित प्रविधि हस्तान्तरणको योजना थियो ।

यसैगरी समानुपातिक तर्फका सांसद अम्बिका काफ्लेसँग जोडिएको १५ लाख रूपैयाँको बजेट आएको थियो । सांसद अम्बिका काफ्लेको नेपालगंजमा ड्राइभिङ्ग, कुक र उद्यमशिलता तालिमको योजना रहेको थियो । चालु आर्थिक बर्ष २०८१÷०८२ मा पनि समानुपातिक सांसद सायरा बानो लगायतका सांसद र उनका स्वकिय सचिवहरूले फोन गरेर आफुहरूले योजना हालेको भनी जानकारी गराईंरहेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख रमेश बहादुर बुढाथोकीले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय गुलरिया, बर्दियामा चालु आर्थिक वर्ष २०८१÷०८२ मा कार्यान्वयन हुने गरी समानुपातिक तर्फका सांसद मालती सोडारी सँग जोडिएको गुलरियाको एक सहकारीलाईं प्रविधि खरिदका लागि ६ लाख रूपैयाँ बजेट तोकेर आएको छ । सांसद सोडारीसँग नै जोडिएको ठाकुरबाबामा रहेको नारी एकता शक्ति केन्द्र (महिला सशक्तिकरण तथा सिप विकास कार्यक्रम भनेर ८ लाख रूपैयाँ बजेट तोकेर आएको छ । प्रत्यक्ष तर्फका सांसद राजकुमार चौधरीसँग जोडिएको गुलरिया १२, मा सिलाई कटाई तालिमका लागि भनी १० लाख रूपैयाँ तोकेर आएको छ ।

सांसद–कर्मचारीबीच द्वन्द्व
लुम्विनी प्रदेश मातहत रहेको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारी भन्छिन्, ‘वडा नै तोकेर माननीयको तोकुवा योजना, कार्यक्रम आउँछन । समन्वय नगरे जागिरै जान सक्छ । कार्यदेश अनुसार काम नगरी भुक्तानी माग्ने मात्रै होइन नदिए मुद्दा समेत दर्ता गर्छन् ।’ अधिकारीका अनुसार गत आर्थिक वर्षमा १० लाख रूपैयाँ बजेटमा नयाँ पोखरी निर्माणको एउटा आयोजना अन्तर्गत लुम्विनी कृषि पशुपंक्षि तथा माछापालन कृषक समूह नेपालगंज १४, ले उच्च अदालत नेपालगंजमा मुद्दा नै दर्ता गरेको छ जुन मुद्दा अहिले विचाराधीन अवस्थामा छ ।

यसैगरी गत आर्थिक बर्ष २०८०÷०८१ मा समानुपातिक तर्फका सांसद शुसिला वादी (नेपाली) सँग जोडिएको ७ लाख रूपैयाँ बजेट बराबरको बादी अल्पसंख्यक समुदायका लागि आयआर्जन कार्यक्रम भनेर कोहलपुर क्षेत्रका लागि राखिएको थियो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा पनि सांसदका तोकुवा कार्यक्रम आएका छन् । तर, कुन सांसदका हुन भनेर एकिन भईंनसकेको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीको भनाईं छ । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय गुलरिया, बर्दियाका प्रमुख सागर ढकालले पनि आफनो कार्यालयले मागेभन्दा थप केही योजना र कार्यक्रम आउने गरेको बताए । उनी भन्छन्, ‘अझै पनि बजेट, कार्यक्रम थपघट हुने संम्भावना छ, त्यसैले अहिले केही भन्न सकिन्न । हामी औपचारिक कार्यक्रम गरेरै सबै जानकारी गराउँछौं ।’

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

Next Post
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version