- अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । शनिबार देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ ।
- तीन दिनदेखि परिरहेको अविरल वर्षा शनिबार बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए ।
- लगातारको झरीका कारण विभिन्न ठाउँमा बिजुली नभएकाले बेस ट्रान्सरिसिभर स्टेसन (बीटीएस) डाउन भएपछि फोन सञ्चार अवरुद्ध हुन थालेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले जनाएको छ । कम्पनीका अनुसार पछिल्लो समय ललितपुरमा धेरै समस्या देखिएका छन् ।
- शुक्रबारदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयले कृषि र पशु चिकित्सा विज्ञानको प्रवेश परीक्षा स्थगित गरेको छ ।
वर्षाका कारण ठाउँ ठाउँमा डुबान भएपछि विद्यार्थीलाई आउन असहज हुने हुँदा शनिबार हुन लागेको परीक्षा स्थगित गरिएको कृषि, पशु विज्ञान अध्ययन संस्थानका निमित्त डीन एवं भर्ना समितिका संयोजक डा. किशोरचन्द्र दाहालले बताए । - अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पु¥याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरिएको छ ।
- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संविधान संशोधन गरेर जनताले पाएका अधिकार खोस्न खोजेको भन्दै कुप्रचार गरिएको बताए ।
नेकपा एमाले दमक नगर कमिटीले
शनिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले संविधान संशोधनको विषयमाथि जनतालाई भ्रममा पार्न कुप्रचार गरिँदै आएको उल्लेख गरेका हुन् । - प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको वन वर्नहार्ट वर्ल्डवाइडबीच अमेरिकामा मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने विषयमा सहमति भएको छ ।
- सरकारले दसैँका लागि लक्षित गरी शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।