- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ ।प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको हो ।
- गृह मन्त्रालयले बाढी, पहिरो र डुवानका कारण बढी प्रभावित आठ जिल्लामा सहसचिव नेतृत्वमा टोली खटाएको छ । टोलीलाई बाढी–पहिरोबाट प्रभावितहरुको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कामबारे सुझाव दिने जिम्मेवारी तोकिएको छ ।
- कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेको छ ।
प्रहरीका अनुसार, विनोदलाई ‘हनीट्र्याप’मा पारी अपहरण गरेर ५ लाख रुपैयाँ फिरौती लिएपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । - माटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ । दसैँ नजिकिए सँगै घर सजावटका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिदा दुई जनाको मृत्यु भएको हो ।
- बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान ४ : ३० बजेदेखि खुला हुने भएका छन् ।
- वाग्मती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।बुधबार बिहान हेटौंडामा बसेको वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पाल्पाका ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गरेको हो ।
- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सचिव अर्जुनप्रसाद पोख्रेलसँग बुधवार कार्यसम्पादन सम्झौता गरेका छन् ।
- संसदीय सुनुवाइका क्रममा बुधबार नेपालको प्रधानन्यायाधीशमा प्रस्तावित प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतमा विचौलियाले अवाञ्छित गतिविधि गर्ने गरेको र त्यसलाई नियन्त्रण गर्न कानुनको खाँचो रहेको बताएका छन् ।