वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभा आज शनिबार नेपालगन्जमा आयोजना हुँदैछ ।
‘नेपालगन्जबाटै सहकारी सुधारको एउटा गतिलो पहल र प्रयास गरिरहेका छौं’, वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सञ्जय थापाले दैनिक नेपालगन्जसँग भने, ‘१५औं साधारणसभाले त्यसको भरपर्दो आधार तयार गर्दै एउटा प्रष्ट दिशानिर्देश गर्नेछ ।’
सहकारीका प्रबन्धक थानिश्वर पाण्डेयले सहकारीको नीति, विधि र सिद्धान्तका आधारमा वेष्टर्नलाई जिल्लामै उत्कृष्ट वित्तिय संस्थाका रूपमा विश्वासिलो संस्था बनाउने तर्फ साधारणसभाले थप गति लिने बताए ।