नेपाल आदिवासी जनजाती महासंघ, बाँकेले नेपालगन्जमा महोत्सव लगाउने तयारी गरेको छ । महासंघले कार्तिक २९ देखि मंसिर १८ गतेसम्म नेपालगन्जमा महोत्सव आयोजना गर्न लागेको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ्
प्रथम कृषि, पर्यटन प्रवर्दन, व्यापारिक, संरक्षण तथा सांस्कृतिक महोत्सवमा २ सय ५० स्टल, जातीय भेषभुषाको प्रदर्शन, १२ जिल्लाको धार्मिक तथा पर्यटकीय स्टल रहने, जातीय खाना प्रदर्शनी गरिने महासंघका अध्यक्ष डम्बरबहादुर थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
महोत्सवमा तीन लाख दर्शकले अवलोकन गरेर ५ करोडको कारोबार हुने र त्यो रकमबाट संस्थाको भवन निर्माण गर्ने सचिव राजन रानामगरले बताए ।