डुडुवा गाउँपालिका वडा नं. ५ राप्ती नदी तटमा निर्माण गर्न खोजिएको बैकुण्ठधाम सिधनियाघाटका लागि आर्थिक स्रोत जुटाउन आयोजना गर्ने आध्यात्मिक ज्ञान महोत्सव पूर्णत पारदर्शी बनाइने मूल समारोह समितिका संयोजक डा. सुरेश कुमार कनोडियाले प्रतिबद्धता जनाएका छन् ।
मूल समारोह समितिका तर्फबाट सार्वजनिक अपिल गर्दै पवित्र भावनाका साथ सुरु गरिएको सबैको साथ, सहयोगको अपेक्षा पनि गरिएको छ ।
‘महोत्सवलाई सफल बनाउन पवित्र मनोभावका साथ पारदर्शी रूपमा महोत्सव सम्पन्न गरी हाम्रा आम शुभचिन्तकहरूका बीच कार्य सम्पन्न भएपछि यसको प्रगति र भावी योजनाका बारेमा जानकारी गराउने नै छांै’, संयोजक कनोडियाले अपिलमा भनेका छन्, ‘यस पवित्र अभियानमा जोडिएर सहयोग गरिदिनुहुन आदरणीय महानुभावमा अपिल गर्दछौं ।’
बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि यही कार्तिक २२ देखि ३० गतेसम्म नेपालगन्जको रामलीला मैदानमा महोत्सव गरिंदैछ ।