समृद्ध र दिगो भविष्यको बाटोमा नेपालगञ्ज कनक्लेभको दोस्रो संस्करण आउँदो २० र २१ मंसिर (५–६ डिसेम्बर, २०२४) नेपालगन्जमा हुने तय भएको छ ।
धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजना हुँदैआएको कनक्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डस्ले आयोजना गर्दैआएको छ ।
यसपटक आठ वटा सत्रमा छलफल गरिने तय भएको कनक्लेभका निर्देशक जनक नेपालले बताउनुभएको छ । कनक्लेभमा स्थानीय सरोकारको मुद्दादेखि राष्ट्रिय महत्वका समसामयिक विषयमा बहस हुनेछ’ निर्देशक नेपालले भने, ‘गत वर्षको सफलताबाट उत्साहित भएर यसपटक सत्रहरु बढाएका छौं । नेपालगञ्ज कनक्लेभले आमसरोकारका मुद्दामा सार्वजनिक बहसको प्रबद्र्धनलाई सघाउने अपेक्षा छ ।’
यसपटकको कनक्लेभमा स्थानीय मुद्दाका रुपमा नेपालगञ्जको उर्जा सङ्कटलाई बहसको विषय बनाइएको छ । बितेको वर्ष हामीले आँखै अडाडि जलवायु परिवर्तनका असरहरु देख्यौं । हिमतालहरु फुटे भने तराईमा पानीको सतह गहिरिँदै जानुका साथै गर्मी बढ्यो । नेपालगञ्ज कनक्लेभको अर्कोसत्र जलवायु परिवर्तनले निम्त्याउन लागेको संकट र अनुकूलनको रणनीतिमा केन्द्रीत हुनेछ ।
यसैगरी, हाम्रो शिक्षा प्रणालीमा गर्नुपर्ने सुधारबारे अर्को सत्र संचालन हुनेछ । शिक्षामा सुधारमा स्थानीय सरकारले गर्नसक्ने र गरेका अभ्यासमाथि यो सत्रमा छलफल गर्ने तय गरिएको छ ।
नेपालगञ्ज कनक्लेभमा अर्थतन्त्र सुदृढीकरणका लागि व्यापार घाटाको दिगो व्यवस्थापनबारे गहन छलफल हुनेछ । सो सत्रमा नेपालले बर्षौदेखि भोग्दैआएको व्यापार घाटा कम गर्न र हाल निर्यात गरिरहेका बस्तुमा मूल्य बृद्धि (ख्बगिभ ब्मम)का उपायबारे छलफल हुनेछ । अर्थतन्त्रसँगै जोडिएको अर्को विषय पर्यटनमा अर्को सत्र संचालन हुनेछ । त्यसमा नेपालको पर्यटन व्यवसायको नक्सामा पश्चिम नेपालको सम्भावनाको खोजी हुनेछ । पश्चिम नेपालमा बन्नसक्ने नयाँ पर्यटकिय सर्कितबारे बहस हुने अपेक्षा हामीले लिएका छौं ।
नेपालगञ्ज कनक्लेभ १० औँ धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा हुनेछ । त्यसैले खेलकुद्लाई जोडेर अर्को महत्वपूर्ण सत्र छ– किन दौडिन्छ मानिस ? जहाँ म्याराथनको मात्र कुरा हुनेछैन, जीवन र जगत, करिअर र संघर्ष अनि, सिर्जना, सफलता र सन्तुष्टिबारे छलफल हुनेछ ।
साहित्यमा यसपटक नेपाली आख्यानबारे चर्चा गर्नेछौ, जहाँ साहित्यको ऐनामा समाज कति अट्न सक्यो बहस हुनेछ । नेपालगञ्ज कनक्लेभमा यसपटक राजनीतिक सत्र पनि थपिएको छ । खासगरी पछिल्लो समय हुर्किंदै गएको निराशाको अन्र्तय खोतल्ने प्रर्यत्न हुनेछ । साथै, निराशालाई चिरेर नयाँ आशा र उत्साह जगाउन राजनीतिक नेतृत्वसँग के योजना छ, बहस हुनेछ ।
नेपालगञ्ज कनक्लेभका दुवै दिनका शुभारम्भ विद्वत प्रवचनबाट हुनेछन् भने बहुभाषिक कविता वाचन र मुशायरा पनि सँगै हुनेछन् । कनक्लेभका वक्ताहरु छिट्टै सार्वजनिक गरिनेछ । २२ मंसिरमा १०औँ धारा नेपालगञ्ज म्याराथनको घोषणा भइसकेको छ । कनक्लेभ र म्याराथनका कारण मंसिर २०, २१ र २२ गते नेपालगञ्ज उत्सवमय हुने विश्वास आयोजकले लिएको छ । यी दुवै कार्यक्रममा सहकार्यका लागि पनि हामी आह्वान गर्दछौं ।