- उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन् । नेपाली कांग्रेस चितवनले आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए ।
- विद्युत महशुल भुक्तानी नभएको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटिदिएको लुम्बिनी प्रदेशका २३ वटा उद्योगमध्ये छ वटा उद्योगले किस्ताबन्दीमा महशुल बुझाउन थालेका छन् ।
- प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सहकारी रकम ठगी र संगठित अपराधसँगै सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई बाहिरै राखेर अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले आग्रह गरेकी छन् ।
- यस वर्षको तिहारका लागि नेपाल राष्ट्र बैंकले चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बुधबारसम्म सर्वसाधारणले सिक्का खरिद गर्न पाउनेछन् । काठमाडौं बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागबाट सिक्का बिहान ११ बजेदेखि मध्यान्न ४ बजेसम्म सिक्का किन्न सकिने छ ।
- रारा राष्ट्रिय निकुन्जमा वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्य्राप जडान सुरु भएको छ । निकुन्जभित्र पाइने ठूला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र वितरणबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गर्न लागिएको हो ।
- भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा सरकार अग्रसर रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । भ्रष्टाचार निवारणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित गरेर प्रतिनिधिसभाको आगामी अधिवेशनमा प्रस्तुत गरिदिन पनि गृहमन्त्री लेखकले आग्रह गरे ।
- समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारले दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन लागेको बताएका छन् ।
- नेपालगञ्जकी निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले सत्तारुद्ध नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
खानसहितका महिलाहरुले ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका थिए । तर, सुनुवाइ नभएको भन्दै उनले सत्तारुद्ध दल कांग्रेसको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन थालेकी हुन् ।