For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

शीतलहरको कहर : बढ्दोे जोखिममा कस्तो छ पूर्वतयारी

byDainik Nepalgunj
January 10, 2025
in News, मुख्य समाचार
0 0
0
पश्चिम तराईका केही स्थानमा कुहिरो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७९ पुस १३ (११ वर्ष)मा एक सय १६ जानाले ज्यान गुमाएका हुन् । प्राधिकरणको तथ्याङ्कानुसार शीतलहरका कारण सबैभन्दा बढी रौतहटमा ६३ जनाले ज्यान गुमाएका छन् । सप्तरीमा १९, महोत्तरीमा १५, सिराहामा ११, धनुषमा चार, बारामा दुई र झापा र नवलपरासीमा एक–एक जना गरी एक सय १६ जनाको मृत्यु भएको छ ।

प्राधिकरणको तथ्याङ्कानुसार २०६८ साल वैशाखदेखि चैतसम्ममा मात्र ६६ जनाको मृत्यु भएको थियो । यसैगरी २०७४ मा ४८ जनाको शीतलहरका कारण मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । विसं २०६८ र २०७४ बाहेक अन्य वर्षमा शीतलहरकै कारण मृत्यु नभए पनि आगो, हिटर ताप्दा भने सर्वसाधरणको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

शीतलहरको जोखिम भएका क्षेत्रमा जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम जस्तै बाक्लो लुगा, कम्बल वितरण प्रभावकारी गर्न नसक्नु, पूर्वतयारीमा राज्यको लगानी न्यून रहनु तथा शीतलहरबाट सर्वसाधरणलाई बचाउन पर्याप्त तयारी नहुँदा कयौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ ।

पछिल्लो समय भने शीतलहरकै कारण मृत्यु भए पनि पुष्टि गर्न झन्झटिलो बनेको छ । अब भने कुनै अस्पताललले शीतलहरकै कारण मानिसको मृत्यु भएको हो भन्ने कुरा कुनै अस्पतालको डाक्टरबाट नै पुष्टि हुनुपर्ने बताउनुहुन्छ, प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराई । “पछिल्ला वर्षहरूमा शीतलहरका कारण मृत्यु भएको तथ्याङ्क छैन, अबचाहिँ डाक्टरले नै शीतलहरका कारण मृत्यु भएको हो भनेर पुष्टि गरेमा मात्रै तथ्याङ्क रहने भयो”, उहाँले भन्नुभयो, “शीतलहरकै कारण मृत्यु भएको हो भनेर पुष्टि गर्न गाह्रो भएपछि चिकित्सकले नै पुष्टि गर्नुपर्ने व्यवस्था गरिएको हो । नत्र चिसोमा अन्य कारण पनि मृत्यु हुन्छ । निमोनिया, हृदयघात तथा अन्य रोगका कारण पनि मृत्यु हुनसक्छ ।”

उहाँका अनुसार शीतलरमा न्यायो कपडा वितरण गर्नेजस्ता पूर्वतयरीको जिम्मा स्थानीय तहलाइ दिइएको छ । स्थानीय तहकोे क्षमता अभिवृद्धि गर्नुपर्ने भट्टराईको भनाइ छ । तराईमा शीतलहरको अवस्था आएमा सूचना प्रवाह गरिने बताउनुहुन्छ, जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल ।

यी हुन् प्रभावित जिल्ला

प्राधिकरणका अनुसार बढी प्रभावित जिल्लामा सुनसरीको दक्षिणी भाग, सप्तरी, सिरहा, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासीपश्चिम र कपिलवस्तु गरी ११ जिल्ला छन्भने झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्ला भने कम प्रभावितमा पर्छन् ।

दाउरा वितरण

वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव उद्धवबहादुर घिमिरेले उक्त प्रदेशअन्तर्गत आठ जिल्लाका डिभिजनल वन कार्यालयलाई प्रभावित क्षेत्रमा दाउरा वितरणका लागि निर्देशन दिइएको जानकारी दिनुभयो ।

“प्रभावित क्षेत्रमा दाउरा वितरणका लागि आठ जिल्लामा रू १०–१० लाख पठाइएको छ”, उहाँले भन्नुभयो, “यसबाहेक पनि डिभिजनल वन कार्यालयले आफ्नो तरिकाले दाउरा वितरण गरेको छ । हामीले घरैपिच्छे वितरण गर्दैनौँ, मानिस भेला भएर ताप्नका लागि समूहमा दाउरा वितरण गरिरहेका छौँ ।”

जलवायुको असर

जलवायुविद् मञ्जित ढकालले जलवायु परिरवर्तनको असरका कारण मौसममा अनियमितता हुने र शीतलहरका असर बढ्नेजस्ता समस्या उत्पन्न हुने बताउनुभयो । “जलवायु परिवर्तनका कारण तापमान वृद्धि भइरहेको छ, तापमान वृद्धिका कारण गर्मी मात्र बढ्छ भन्ने होइन, चिसोमा धेरै चिसो र तातोमा धेरै गर्मी हुने भन्ने हो”, उहाँले भन्नुभयो, “शीतलहरका साथै अहिले तराईमा हुस्सुको समस्या पनि बढिरहेको छ । बाक्लो हुस्सु लाग्दा हवाई यातायतमा समस्या देखिएको छ ।”

ढकालले जलवायुजन्य जटिल समस्याबाट उत्पन्न हुने विपद् न्यूनीकरण गर्नुपर्ने र जलवायु अनुकूलनका कार्यक्रम कार्यान्वयनलाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय तहको क्षमता अभिवृद्धिमा जोड

शीतलहरजस्ता विपद् व्यवस्थापनका कार्य गर्ने अधिकार स्थानीय तहलाई दिए पनि उनीहरूको क्षमता अभिवृद्धि, पूर्वसूचनामा बेवास्ता, अन्य कार्यलाई बढी प्रथामिकता दिँदा शीतलहरजस्ता विपद् व्यवस्थापनको कार्य प्रभावकारी हुनसकेको छैन । राज्यले पनि कम प्रथामिकतामा राख्दा पूर्वतयारीमा लगानी न्यून रहेको सरोकारवालाको गुनासो छ ।

जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले शीतलहर चलेको भन्ने जानकारी राख्ने क्षमता स्थानीय तहलाई नभएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक भएको बताउनुभयो । “शीतलहरको अवस्था आउँदैछ भन्ने जानकारी स्थानीय तहलाई हुँदैन, दुई वा सोभन्दा बढी दिनसम्म तराईको तापक्रम १० डिग्रीले तल रहेमा शीतलहर आउँछ । पाँच दिनदेखि तराईमा न्यूनतम सातदेखि १२ डिग्री ससेल्सिस छ”, उहाँले भन्नुभयो, “तर शीतलहर घोषणा गर्ने अधिकार न त स्थानीय तहलाई हुन्छ न यससम्बन्धी प्राविधिक जानकारी नै ।”

उहाँले अझै तराईमा दुई दिनसम्म हुस्सु लाग्ने र अझै चिसो बढ्ने भन्दै न्यायो कपडा तत्काल बाँड्न सम्बन्धित स्थानीय तहलाई सुझाव दिनुभएको छ । उप्रेतीले शीतलहरबाट मानवीय क्षति कम गर्न प्रतिकार्य योजना बनाए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । चिसो तथा शीतलहरबाट कसरी बच्ने भन्ने सन्दर्भमा जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

मौसम पूर्वानुमान माहाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले अहिलेसम्म शीतलहरको अवस्था देखा नपरेको भन्दै शीतलहरको अवस्था आए बुलेटिन प्रकाशन गर्ने बताउनुभएको छ । “यदि भिजीबिलिटी दुई दिनसम्म १५ सय मिटरभन्दा कम भयो र अधिकतम् र न्यूनतम तापक्रम पाँच डिग्र्री सेल्सियसको फरक दुई वा सोभन्दा बढी दिन भएमा शीतलहर घोषणा गर्ने मापदण्ड छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गत वर्ष शीतलहर भएको थिएन ।

दाउरा र हिटर बाल्दा आगलागीको डर

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहरका समयमा आगलागीका घटना बढेको भन्दै दाउरा र हिटर प्रयोग गर्दा सतर्कता अपनाउन सचेत गराएको छ ।

प्राधिकरणका अनुसार चिसोको समयमा हिटर बालेर सुत्ने, दाउरा तथा कोइला बाल्दा आगलागीका घटना बढ्ने गरेको छ । विपद् व्यवस्थापनविद् डा उप्रेतीले चिसोको समयमा दाउरा तथा कोइला ताप्दा हुने आगलागीका घटना बढिरहेकामा चेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।

शीतलहरमा स्वास्थ्यमा समस्या

शीतलहरका बेला विषेश सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जनस्वास्थयविद् डा समिर अधिकारीले अचानक तापक्रम न्यून हुँदा निमोनिया हुने, छालाको समस्या, रूघाखोकी लाग्नेदेखि दीर्घरोगसमेत लाग्ने हुँदा विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो ।

“तापक्रम कम भएर शीतलर चल्दा पैताला, टाउको, घाँटी, छाती र हातबाट शरीरमा चिसो पस्छ, जसले गर्दा छाला चिलाउने, सुन्निने, रातो हुन्छ । यसका साथै झाडापखाला, बाथरोग लाग्ने, जीउ दुख्ने, मानसिक तनावसमेत हुन्छ”, उहाँले भन्नुभयो, “यस समयमा विशेष सतर्कता अपनाएर न्यानो लुगा लगाउनुपर्छ ।”

मुटुरोग विशेषज्ञ डा रञ्जित शर्माले बढी चिसो हुँदा सबैभन्दा बढी असर मुटुलाई पर्ने बताउनुभयो । चिसोेमा हाम्रो शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्ने र रक्तनली भने खुम्चँदा यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुने उहाँको भनाइ छ । अनि हाम्रो मुटुले सामान्य अवस्थामा भन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृदयघात र मस्तिष्कघातसमेत हुनसक्छ”, शर्माले भन्नुभयो ।

के हो शीतलहर ?

तराईका विभिन्न भागमा विशेषगरी पुस र माघमा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ । यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ ।

प्रभावित क्षेत्रमा बिहानदेखि बेलुकासम्म हप्तौँ वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल झर्ने हुनाले चिसो बढी हुन्छ । शीतलहर सामान्यतया विशेष मौसम प्रणालीको परिणामका रूपमा देखापर्दा तापक्रम धेरै तल झर्ने अवस्था उत्पन्न हुन्छ । शीतलहरको अवधिमा तापमान सामान्यभन्दा धेरै कम हुन्छ । जसकारण दैनिक जीवनमा विभिन्न समस्या र असुविधा उत्पन्न हुनसक्छ ।

Previous Post

रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

Next Post

हुम्लाको खार्पुनाथमा औषधि अभाव

Next Post
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव

हुम्लाको खार्पुनाथमा औषधि अभाव

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version