नेपालगन्ज रूपैडिहा नाका हुँदा भारत तर्फ जाँदै गरेका एक नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त जाँच टोलीले १० किलो चरेश सहित पक्राउ गरेको छ ।
मंगलबार अबेर राती रिक्सा चढेर भारत जाँदै गरेका रोल्पा थवाङ–७ का ५० बर्षीय कुम्भ घर्तीमगरलाई पक्राउ गरी स्थानीय पत्रकारहरू माझ बुधबार सार्वजनिक गरिएको हो ।
‘उनीसँग बरामद भएको चरेशको मूल्य भारतीय रूपैया ४ करोड मूल्यांकन गरिएको छ’, रूपैडिहाका स्थानीय पत्रकार नबि अहमदले बिओपी एसएसबीका इन्चार्ज , इन्सपेक्टर सत्येन्द्र कुमार सिंहलाई उद्धृत गर्दै दैनिक नेपालगन्जसँग भने, ‘त्यसैअनुसारको कानुनी व्यवस्थामा अभियुक्तलाई न्यायालय बहराइच चलान गरिएको छ ।’