सत्य र न्यायको अधिकार सुनिश्चित गर्न बाँकेका द्धन्द्ध पीडित र अधिकारकर्मीले जोड दिएका छन् ।
एडभोकेसी फोरम नेपालले द्धन्द्ध पीडित महिला राष्ट्रिय संजाल संगको सहकार्यमा सत्यको अधिकार दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्धन्द्ध पीडित र अधिकारकर्मीले माग गरेका थिए ।
द्धन्द्ध पीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीको अध्यक्षतामा भएको संक्रमणकालिन न्यायको पछिल्लो अवस्था, पीडितको न्यायमा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमा द्धन्द्ध पीडित, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, अधिकारकर्मी लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक बसन्त गौतमले सत्यको अधिकार दिवसको सान्दर्भिकता बारे प्रकाश पार्दै मानव अधिकार उल्लघंनका पीडितको सत्य थाहा पाउने र न्याय पाउने अधिकार रहेकोले राज्यले त्यसको प्रत्याभुति गराउनु पर्नेमा जोड दिए ।
संक्रमणकािलन न्यायको पछिल्लो अवस्था, पीडितका अधिकार बारे प्रकाश पार्दै प्रदेश संयोजक गौतमले अवरुद्ध रहेको संक्रमणकालिन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुराउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरीले सत्य थाहा पाउने पीडितको अधिकार रहेको भन्दै द्धन्द्ध पीडितको न्यायमा राज्य जिम्मेवार बन्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा समन्वय समितिका उपप्रमुख सिता कार्कीले पीडितको न्यायमा ऐक्यवद्धता जनाउदै पीडितले घटनाको बारेमा सत्य तथ्य थाहाँ पाउनु पर्नेमा जोड दिईन ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सत्य थाहाँँ पाउने पीडितको अधिकार रहेको भन्दै द्धन्द्ध पीडितले न्याय प्रशासनले सहयोगी भुमिका खेल्ने प्रतिवद्धता जनाए ।
राष्ट्रिय मानव अधिकार आयोगका नेपालगंज कार्यालयका प्रमुख द्धारिका अधिकारीले मानव अधिकार उल्लघंनका पीडितको सत्यको अधिकार रहेको भन्दै पीडितको न्यायका पक्षमा आयोगले कार्य गरिरहेको बताईन ।
इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले बिस्तृत शान्ति सम्झौता भएको १८ बर्ष ब्यतित भैसक्दा समेत पीडितले घटनाको सत्यतथ्य थाहाँ पाउन नसकेको उल्लेख गर्दै अबरुद्ध संक्रमणकालिन न्याय तार्किक निष्कर्षमा पु¥याई पीडितलाई न्यायको प्रत्याभुति दिलाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरीले अवरुद्ध संक्रमणकालिन न्याय प्रक्रियालाई अगाडी बढाई द्धन्द्ध पीडितलाई न्याय दिलाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा द्धन्द्ध पीडितहरु देवीसरा बिक, कौशिला कार्की, पार्वती बुढा, देव बहादुर डिसी, धनसरा बुढा,चन्द्रकला अधिकारी लगायतले घटना भएको बर्षौसम्म पनि सत्य तथ्य थाहाँ पाउन नसकेको उल्लेख गर्दै सरकारले सिघ्र न्यायको प्रत्याभुति दिलाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानिय सरकारले पीडितका पीडा सुन्नु पर्ने भन्दै पीडित लक्षित शिपमुलक आयआर्जनका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सभाध्यक्षको आसनबाट बोल्दै द्धन्द्ध पीडित महिला संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीले घटना भएको बर्षौसम्म बेपत्ता आफन्तको लास सासको अवस्था थाहाँ पाउन नसकिएको उल्लेख गर्दै पीडितले सत्य, न्याय र परिपुरणको अधिकार पाउनु पर्नेमा जोड दिईन । कार्यक्रममा बोल्ने द्धन्द्ध पीडितहरुले बेपत्ताका श्रीमतीले सामाजिक सुरक्षाको ब्यवस्था मिलाउनु पर्ने, द्धन्द्ध पीडितलाई स्वास्थ्य उपचारको ब्यवस्था मिलाउनु पर्ने, द्धन्द्धकालिन यौन हिंशा पीडित महिलाका सवाल सम्बोधन गरिनु पर्नेमा जोड दिएका थिए ।
द्धन्द्ध पीडित र अधिकारकर्मीद्धारा सरकारलाई ध्यानाकर्षण ः संक्रमणकालिन न्याय प्रक्रियालाई सिघ्र तार्किक निष्कर्षमा पु¥याई पीडितलाई न्यायको पुत्याभुति दिलाउनु पर्नेमा जोड
सत्यको अधिकार दिवसका सन्दर्भमा बाँकेका द्धन्द्ध पीडित र अधिकारकर्मीले अवरुद्ध रहेको संक्रमणकालिन न्याय प्रक्रियालाई सिघ्र तार्किक निष्कर्षमा पु¥याई पीडितलाई न्यायको पुत्याभुति दिलाउनु पर्नेमा जोड दिएका छन् । सत्यको अधिकार दिवसका सन्दर्भमा बाँकेका अधिकारकर्मी र द्धन्द्ध पीडितहरुले एक ध्यानाकर्षण पत्र जारी गर्दै पीडितको न्यायको पक्षमा बोलेका हुन ।
बाँकेका अधिकारकर्मीहरु सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, सह संयोजक वरिष्ठ अधिवक्ता लोक बहादुर शाह, समुहका सचिव एवं एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका आवद्ध अधिवक्ताहरु बल बहादुर चन्द, अधिवक्ता बिकाश आचार्य, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी तथा द्धन्द्ध पीडित महिला संजालका केन्द्रिय कोषाध्यक्ष चन्द्रकला उप्रेती लगायतका दर्जनौ द्धन्द्ध पीडितहरुले सार्वभौम द्धन्द्ध पीडितको सत्य, न्याय र परिपुरण सहित सम्मानजनक रुपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागी सिघ्र पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
अवरुद्ध संक्रमणकालिन न्याय प्रक्रियालाइ कार्यान्वयमा ल्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग पदाधिकारीहरुको नियुक्ति सिफारिस समिति सिघ्र गठन गर्न, अयोगमा संक्रमणकालिन न्यायको क्षेत्रमा काम गरेका सक्षम, योग्य, पीडित मैत्री पदाधिकारी नियुक्ती गरिनु पर्नेमा जोड दिएका छन् ।
यसै गरि बाँकेका द्धन्द्ध पीडित र अधिकारकर्मीले द्धन्द्ध पीडितका लागी आत्म सम्मान र न्याय सहितको परिपुरणको ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको जनाएका छन् ।