राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका बाके निर्वाचन क्षेत्र नम्बर २ का सासद धवलशमशेर राणा पक्राउ परेका छन् । उनीसंगै वरिष्ठ नेता रविन्द्र मिश्र पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले केहीबेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादु तामाङले उनीहरूलाई पक्राउ गरेर राखिएको पुष्टि गरेको समाचार अनलाइन खबरले प्रकाशित गरेको छ ।