बामपन्थी चिन्तक, लेखक साहित्यकार भुपेन्द्र प्रकाश शर्मा बास्तोलाको स्वर्गारोहण भएको छ । लामो समयदेखि अस्वस्थ शर्मा केही दिनयता सिकिस्त थिए ।
पारिवारिक स्रोतका अनुसार, शनिबार विहान करिब १० बजे देहत्याग गरेका शर्माको आज आइतबार विहान राप्तीनदी सिधनियाघाटमा अन्तिम दाहसंस्कार गरिंदैछ ।
भेरी साहित्य समाजले आफ्ना आजीवन सदस्य शर्माको शवयात्रामा सहभागिताका लागि अनुरोध गरेको केन्द्रीय अध्यक्ष इन्द्र बहादुर बस्नेतले जनाएका छन् । नेपालगन्जमा ‘प्रकाश आर्ट’को नामले चित्रकलामा निकै ख्याती कमाएका शर्माको चक्रब्यूह (कविता संग्रह–२०७२) रूपकली (उपन्यास–२०७६) र गत बर्षमात्रै कविता संग्रह प्रकाशित छन् । दैनिक नेपालगन्ज लगायतका विभिन्न पत्रपत्रिकामा नियमित विचार सम्प्रेषण समेत गर्ने शर्मालाई गत बर्ष मात्रै भेरी साहित्य समाजले सम्मान पनि गरेको थियो ।