जयेन्दु बालसुधार गृह आसमानपुरमा एक दिने लागू औषध विरुद्ध अभिमूखिकरण कार्यक्रम आयोजना गरिएको छ ।
होप टेड्रिङ्ग एण्ड रिसर्च सेन्टर, एडभोकेसी फोरम नेपाल, जयेन्दु बालसुधार गृह, जिल्ला प्रहरी कार्यालय,समेतको संयुक्त आयोजनामा जयेन्दु बाल सुधार गृह आसमानपुर बाँके स्थित कानूनी बिवादमा परेका बालकहरूको लागि लागू औषध विरुद्ध अभिमूखिकरण कार्यक्रम गरिएको हो ।
अभिमूखिकरण कार्यक्रममा पुन प्रहरी नायव उपरिक्षक समेत रहेका होप टेड्रिङ्ग एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजन कुमार गौतम, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतम, जिल्ला प्रहरी कार्यालय बाँके महिला बालबालिका तथा जेष्ठ नागरिक नागरिक
कार्यालयका प्रहरी निरक्षक शिवा थापा, बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगर, अधिवक्ता सुरेश कुमार गौतम लगायतले लागु औषध विरुद्धका बिभिन्न सवाल र
कानूनी पाटोमा सहजिकरण गरेका थिए ।
सय बढी बालक उपस्थितिमा गरिएको कार्यक्रममा बालकहरूले लागु औषधको प्रयोग नगर्ने र बालसुधार गृहलाई लागु औषध मुक्त गृहको रूपमा बिकास गर्न आफ्नो सामुहिक प्रतिवद्धता जनाएका थिए ।
पछिल्लो समय बालसुधार गृहमा समेत लागु औषध छिर्ने गरेको र यसले बालकहरूको आचरण सुधार्ने भन्दा पनि अपराध गर्न उत्प्रेरित गरि बिभिन्न हिंसात्मक क्रियाकलापहरू हुने गरेको चर्चा चलेको सन्दर्भमा अभिमूखिकरण
कार्यक्रम गरिएको एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक रहेका अधिवक्ता बसन्त गौतमले बताए ।
लागु औषधको सेवनले ब्यक्तिको ब्यक्तित्व समाप्त पार्ने मात्रै नभई यसले बिभिन्न अपराधिक क्रियाकलाप निम्याउने भएकाले यसको रोकथामका लागी बालकहरू आफै जागरुक हुनु पर्ने होप टेड्रिङ्ग एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजन कुमार गौतमले बताए ।