सौंधन वैश्यहरूको सामाजिक संस्था, कसौंधन वैश्य समाजले ‘संरक्षक मण्डल’ गठन गरेको छ । समाजका अध्यक्ष सन्तोष कुमार वैश्यका अनुसार, पूर्व अध्यक्ष रमाशंकर वैश्यको अध्यक्षतामा भएको पूर्व अध्यक्षहरू सहितको बैठकले समाजका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा ‘संरक्षक मण्डल’ गठन गर्ने निर्णय गरेको हो । ‘यसले समाजलाई सही ढंगले अगाडि बढाउन अभिभावकत्व प्रदान गर्नेछ’, संरक्षक मण्डलका अध्यक्ष नन्दलाल वैश्यले समाजले महत्वपूर्ण जिम्मेवारी आफुलाई दिएको प्रतिक्रिया दिंदै भने, ‘यसले समाजमा कुनै समस्या छन् भनेपनि तत्काल समाधान गर्ने दिशामा पहल कदमी लिनेछ ।’
संरक्षक मण्डलको सचिवमा पूर्व अध्यक्ष स्वामीदयाल गुप्तालाई मनोनयन गरिएको समाजले जनाएको छ । ‘पूर्व अध्यक्षहरूको बृहत छलफल र सर्वसहमतिबाट समाजले संरक्षक मण्डल गठन गरेको छ’, समाजका अध्यक्ष सन्तोष कुमार वैश्यले समाजलाई गतिशिल बनाउन अध्यक्ष मण्डलको अभिभावकत्व महत्वपूर्ण हुने विश्वास गर्दै भने ।
समितिको सदस्यमा कैलाशनाथ कसौधन, सुनिल कुमार कसौधन र सुनिल कुमार वैश्य रहेका छन् ।