बाँके स्थित नौवस्ता बालसुधार गृहमा रहेका कानूनी बिवादमा परेका बालकहरूका लागि आयोजना गरिएको तीन दिने सकारात्मक सोच सम्बन्धी तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा जीवन विज्ञानका योग प्रशिक्षक गणेश अधिकारी र अधिवक्ता बसन्त गौतमले सकारात्मक सोच सम्बन्धी बिभिन्न बिषयमा सैद्धान्तिक र ब्यवहारिक प्रशिक्षण दिएका थिए ।
तालिममा प्रशिक्षकहरूले बालकहरूलाई योगका बिभिन्न क्रिया, आसन, प्राणायाम ध्यानका अध्यास गराउनुका साथै सकारात्मक सोच जगाउने ज्ञान उत्प्रेणणा दिएका थिए ।
तालिम समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिव लोक बहादुर सुनारले बिभिन्न कारणले कानूनी बिवादमा परेका बालकहरूलाई सरकारका तर्फबाट सुधारका कार्यक्रमहरू हुनु पर्नेमा जोड दिदै प्रदेश सरकारका तर्फबाट आगामी दिनमा पनि बालकहरूको आवश्यकता र माग अनुसारका कार्यक्रम गरिने बताएका थिए ।
कानून मन्त्रालयका वरिष्ठ अभिकृत गंगाधर पाण्डेयले संचालन गरेको कार्यक्रममा अधिकृत भुप बहादुर मल्ल, सुधार गृहका प्रमुख श्याम रानाले बालसुधार गृहमा सराकारात्मक सोच सम्बन्धी तालिम उपयोगी भएको बताएका थिए । तालिम समापन समारोहमा तालिममा सहभागि बालकहरूले तालिम ज्यादै उपयोगी रहेको भन्दै यस्ता खालका सिपमुलक ज्ञानमुलक कार्यक्रमको निरन्तरतामा जोड दिए । तालिम समापन समारोहमा बोल्ने बालकहरूले सुधार गृहमा अध्ययनका लागि आवश्यक पुस्तक, मनोरञ्जन, शिपमुलक र ज्ञानमुलक शिप र तालिमको माग राखेका थिए ।
एडभोकेसी फोरमको आयोजनामा संचालिन ३ महिने अग्रेजी भाषा प्रशिक्षक उपयोगी रहेको भन्दै अन्य भाषाको सिकाई कक्षाको माग बालकहरूले गरेका थिए ।
बालकहरू जिज्ञासु चंचल भएकै कारण कानूनले अपराध मानेको कार्य जानेर नजानेर गल्ती गर्दा कानूनको बिवादमा परेका हुन्छन् । उनीहरूले गरेको गल्तीको महसुस गराई असल नागरिक बनाएर समाजमा पुनस्थापना गराउने उद्देश्य बालन्यायले लिएको हँुदा बालसुधार गृहमा यस्ता खालका कार्यक्रम निरन्तर हुनु पर्ने बालन्यायको क्षेत्रमा कार्यरत अधिकारकर्मी बसन्त गौतमले बताए ।
कानूनी बिवादमा परेका बालकहरूलाई अपराधीको रूपमा ब्यवहार नगरि बालसुधार गृह भित्र सुधारका कार्यक्रमहरू मार्फत उनीहरूको आचरण सुधार गरिनु पर्नेमा गौतमले जोड दिए । गल्तीको महसुस गराई आचरण सुधारका प्रयाप्त कार्यक्रम नहुदा र उनीहरूलाई अधिकारसंगै कर्तव्य बोध गराउन नसक्दा बालसुधार गृहहरू, बेला बखतमा झडप तोडफोडका घटना हुने गरेकाले सुधार गृहलाई अपराधी उत्पादन गर्ने कारखाना हुन नदिई असल नागरिक बनाउने सुधार गृहको रूपमा बिकाश गर्न जरुरी रहेको गौतमको भनाई छ ।
यसै सन्दर्भमा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बाँकेको नौवस्ता बालसुधार गृहमा ३ दिने सकारात्मक सोच बिकास सम्बन्धी कार्यक्रम बालकहरूका लागि निकै उपयोगी भएको बताएका थिए । यस्ता कार्यक्रमले निश्चय नै बालकहरूको अपराधिक मनस्थितिमा सुधार ल्याई अधिकार संगै आफ्नो कतब्य र दायित्व बोध गराउन सकारात्मक सोचको बिकाश गर्नमा मद्दत पुग्ने सम्बद्धहरू बताउछन् ।