बाँकेमा प्रहरीले ‘नम्बर प्लेट परिवर्तन तथा ध्वनी प्रदुषण गर्ने सवारी साधन कारवाही अभियान’ सञ्चालन गरेर नियम विपरितका सवारीसाधनलाई कारवाही थालेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक जीवराज थापा क्षेत्रीका अनुसार, ३८ वटा इभी गाडीले नम्बर प्लेट परिवर्तन गरेर चलाएको पा एपछि नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा मातहत समेतबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गत कार्तिक ७ गतेदेखि सञ्चालित अभियान अन्तर्गत उक्त इभी गाडी नियन्त्रणमा लिई थप कारवाहीका लागि यातायात व्यवस्था कार्यालय नेपालगन्जमा बुझाइएको छ ।
त्यस्तै, मोटरसाइकलको वास्तविक स्वरूप परिवर्तन गरी चर्को आवाज निकालेर ध्वनि प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिई प्रहरीले जरिवाना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, १९ वटा मोटरसाइकलहरू नियन्त्रणमा लिई पुनः सोही स्वरूपमा बनाउने गरी ट्राफिक जरिवाना गरी छाडिएको छ ।