For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके क्षेत्र नम्बर २ : विरासत बनाउने, जोगाउने र फर्काउनेको संघर्ष

byDainik Nepalgunj
February 5, 2026
in News, मुख्य समाचार
0 0
0
बाँके क्षेत्र नम्बर २ : विरासत बनाउने, जोगाउने र फर्काउनेको संघर्ष
Share on FacebookShare on Twitter

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि देशभर मतदान हुँदैछ । उम्मेदवारी दर्तापछि दलहरु घोषणापत्र बनाउने, प्रचारप्रसार कार्यालय खोल्ने, उम्मेदवारहरू मतदाताको आकांक्षा बुझ्ने र मत माग्न घरदैलो पुगिरहेका छन् ।

मुलुकको परिस्थिति, मतदाताको मनःस्थितिमात्रै होइन, विगतको चुनावभन्दा यसपटक चुनावी समीकरण पनि फेरिइसकेको छ । यसअघि २०७९ मा निर्वाचन लडेका दलमा भएको विवाद तथा फुट र थपिएका नयाँ दलको सशक्त उपस्थितिले यसपटक देशभरकै निर्वाचन परिणाम सहजै अनुमान लगाउने अवस्था छैन । विगतका निर्वाचन परिणामहरू हेर्ने हो भने बाँकेमा मतदाताले प्रत्येक पटक फरक–फरक उम्मेदवारलाई विजयी गराएको पाइन्छ ।

निर्वाचनका गतिविधिले सक्रियता पाइरहँदा बाँके निर्वाचन क्षेत्र नं. २ अहिले चर्चामा छ । वि.सं. २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. २ बाट एमालेसँगको गठबन्धनबाट विजयी भएका राप्रपाका डा. धवल समशेर राणा यसपटक भने चुनाव लड्नबाट पछि हटे । राप्रपाले युवा नेता ऋषिराज देवकोटालाई मैदानमा उतारेको छ ।

नेकपा एमालेसँगको गठबन्धनमा वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाट निर्वाचन लडेका पार्टी महामन्त्रीसमेत रहेका डा. राणाले २९ हजार ५ सय ७७ मत ल्याएर विजयी हुँदा उनको पार्टीले समानुपातिकतर्फ आधा मत पनि पाएको थिएन । राप्रपाले समानुपातिकमा ११ हजार ३ सय ८० मत मात्रै प्राप्त गरेको थियो । मतदाताले प्रत्यक्षमा डा. राणा र समानुपातिकमा अर्को पार्टीलाई मत दिएको तथ्यांकले देखाउँछ ।

राप्रपा राजनीतिसँगै डा. राणाका निकट सहयोगी देवकोटा पार्टी सह–महामन्त्री पनि हुन् । दुई पटकसम्म नेपालगन्जको नगर प्रमुखसमेत हुन सफल डा. राणा आफु र आफ्नो पार्टी राप्रपाको नाम लेखाइएको त्यो विरासत जोगाउन सक्छन् ?

वि.सं. २०७९ मा डा. राणासँग बाँके क्षेत्र नं. २ मा निर्वाचन लडेका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका तत्कालीन नेता मो. इस्तियाक राई यसपटक भने एमालेको निर्वाचन चिन्ह ‘सूर्य’ लिएर बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन् । वि.सं. २०७९ मा राईले २३ हजार ५ सय २० मत प्राप्त गरेका थिए ।

वि.सं. २०७९ मा राप्रपाका उम्मेदवार डा. राणालाई सघाएको नेकपा एमालेले तत्कालीन निर्वाचनमा समानुपातिकतर्फ ९ हजार ३ सय ४६ मत प्राप्त गरेको थियो । यसपटक मो. इस्तियाक राईलाई एमालेले क्षेत्र नं. २ मा उम्मेदवार बनाएको छ ।

वि.सं. २०७९ का निकटतम प्रतिद्वन्द्वी राई जसपा नेपाल छाडेर छुट्टै पार्टी जसपा खोल्दै महासचिवजस्तो जिम्मेवारीमा पुगे । अहिले त्यो पार्टीले राईलाई सबै जिम्मेवारीबाट मुक्त गरिसकेको छ । पछिल्लो समय उक्त पार्टीका नेताहरू अन्य पार्टीमा प्रवेश गरेपछि राई एमालेको निर्वाचन चिन्ह ‘सूर्य’ लिएर निर्वाचनमा होमिएका हुन् । वि.सं. २०७९ मा पराजित राई २०७४ सालमा भने तत्कालीन संघीय समाजवादी फोरमबाट २१ हजार ५ सय ७५ मतसहित विजयी भएका थिए । विकासवादीको छवि बनाएका राईले यसअघिका निर्वाचनमा आकर्षक मत ल्याउन ओडेको छाता उनीसँग छैन । यस्तो अवस्थामा एमालेको संगठनात्मक जनाधार र राईको व्यक्तिगत तथा सामुदायिक प्रभावको विरासत जोगाएर उनलाई विजयको ‘ताजपोशी’ फागुन २१ म सम्भव होला ?

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट यस पटक कमरुद्दिन राई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छन् । मनोनयनको अघिल्लो दिन नेपालगन्ज उप–महानगरपालिकाको नगर उपप्रमुख पदबाट राजीनामा दिएर उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

वि.सं. २०७९ मा समानुपातिकतर्फ जनता समाजवादी पार्टी नेपालले २० हजार २ सय ५१ मत प्राप्त गरेको थियो । तर, अहिले उक्त पार्टी फुटिसकेको र छाता ओडेर जित्दै, जिताउँदै आएका प्रभावशाली नेता मो. इस्तियाक राई नेकपा एमालेबाट उम्मेदवार रहेकाले कति मत कता बाँडिन्छ भन्ने दावीमा दुबै आफुलाई अब्बल सावित गर्न खोजिरहेका छन् । आफ्नो प्रतिबद्धताको घोषणापत्र र नगर उप–प्रमुख जिम्मेवारीको कार्यकाल बिचैमा छाडेर महत्वाकांक्षाको छाता बोकेका कमरुद्दिनलाई १९ हजार ९५० मत दिने नगरवासीले जवाफदेहिताको प्रश्न अपेक्षित हुन्छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेससँगको गठबन्धनबाट राईले नगर प्रमुखमा प्रशान्त विष्टले २३ हजार ४६० मत प्राप्त गर्दा उप–प्रमुखमा झण्डै ४ हजार कम मत प्राप्त गरेका थिए । यो पृष्ठभूमिमा छाताको असली ओज कसरी निर्धारण होला ? यसपटकको निर्वाचनले खाका कोरिदिने निश्चित छ ।

वि.सं. २०७९ को निर्वाचनमा बाँके क्षेत्र नं. २ मा काँग्रेसका उम्मेदवार सुदीप नरसिंह राणाले ४ हजार ४ सय ३ मत प्राप्त गरेका थिए । तत्कालीन माओवादी केन्द्रसँगको गठबन्धनका बाबजुद राणाले काँग्रेसले समानुपातिकमा पाएको आधा मत पनि प्राप्त गर्न सकेका थिएनन् । समानुपातिकमा नेपाली काँग्रेसले १० हजार १ सय ९८ मत प्राप्त गरेको थियो । यसपटक क्षेत्र नं. २ बाट नेपाली काँग्रेसले पार्टीका जिल्ला सचिव सुधांशु कोइरालालाई उठाएको छ । काँग्रेसले सुशील कोइरालाको निर्वाचन क्षेत्रका रुपमा बाँके निर्वाचन क्षेत्र नम्बर २ लाई आफ्नो परम्परागत विरासत मान्दै आएको छ । तत्कालिन प्रधानमन्त्री कोइरालाको उत्तराधिकार लिन उद्यत सुधांशुले पनि त्यो विरासत फर्काउन मतदाताको साथ पाउलान् ?

वि.सं. २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली काँग्रेसलाई सघाएको तत्कालीन माओवादी केन्द्रले समानुपातिकमा ३ हजार ४४ मत प्राप्त गरेको थियो । उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा अहिले नेपाली कम्युनिष्ट पार्टी बनेको छ । पार्टीले युवा उद्यमी दिपेन्द्र विष्टलाई उम्मेदवार बनाएको छ । नयाँ पुस्ताका विष्ट हिजोको माओवादी छवि भन्दा पछिल्लो जेनजी आन्दोलनको पृष्ठभूमिलाई ‘क्यास गर्न’ सक्रिय छन् भन्ने कुराको पुष्टि बुधवार शहीद परिवारलाई भेटेर उनले दिएको अभिव्यक्ति र प्रतिबद्धताबाट हुन्छ ।

वि.सं. २०७९ को निर्वाचनमा यस क्षेत्रमा रास्वपाले समानुपातिकमा ४ हजार १ सय ३ मत प्राप्त गरेको थियो । तर, प्रत्यक्षतर्फका तत्कालीन उम्मेदवार विनोद कुमार अग्रहरीले १ हजार ३ सय ३३ मत मात्रै प्राप्त गरे । बाँके क्षेत्र नं. २ मा यस पटक रास्वपाले विवेक कुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि रास्वपा देशैभरि सशक्त ढंगले अगाडि बढेकाले श्रेष्ठलाई पनि बाँके क्षेत्र नं. २ मा बलियो उम्मेदवारका रूपमा हेरिएको छ । उनी त्यो सम्भावनाको विरासत बनाउन र सम्हाल्न सक्छन् ? यो सबै विस्तारै सङ्लिदै जान्छ ।

२० जना उम्मेदवार

एक लाख बढी मतदाता

बाँके क्षेत्र नं. २ मा यसपटक २० जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । जसमा तीन जना स्वतन्त्र उम्मेदवार छन् ।

नेकपा एमालेबाट मो. इस्तियाक राई, नेपाली काँग्रेसबाट सुधांशु कोइराला, नेपाली कम्युनिष्ट पार्टीबाट दिपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेक कुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ऋषिराज देवकोटा, जसपा नेपालबाट कमरुद्दिन राईले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, जनमत पार्टीका मो. आजाद साई, नेमकिपाबाट प्रकाश शाह, राष्ट्रिय जनमोर्चाबाट जगदीश ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट माजिद अली शेष, राष्ट्रिय एकता दलबाट सिताराम यादव, जय मातृभूमि पार्टीबाट गोपाल प्रसाद गिरी, श्रम संस्कृति पार्टीबाट रामचरण चौधरी, नेकपा (माओवादी)बाट महेन्द्र प्रकाश चन्द, उज्यालो नेपाल पार्टीबाट शैलेन्द्र कुमार कर्ण, राष्ट्रिय जनमत पार्टीबाट इरफान अहमद शेख, आम जनता पार्टीबाट अब्दुल उमर साई उम्मेदवार छन् ।

त्यस्तै, मनोज कुमार चौधरी, सौभाग्य जंग शाह र दिपेन्द्र लामा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेपालगन्ज बाँकेको २ नम्बर क्षेत्रमा पर्छ । बाँकेका डुडुवा गाउँपालिका र २३ वटा वडा रहेको नेपालगन्ज उपमहानगरपालिकाका १६ र १७ नम्बर वडा बाहेकका २१ वटा वडा क्षेत्र नं. २ मा पर्छन् । ५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र ६ जना अन्यसहित कुल १ लाख ८ हजार २९० मतदाता यस क्षेत्रमा रहेका छन् ।

Previous Post

कमजोरी औंल्याउनुपर्छ, जनतासँग माफी माग्नुपर्छ

Next Post

बाँके क्षेत्र नं १ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्रमुख चुनावी मुद्दा बन्दै

Next Post
जैविक मार्गको अवरोधले मानव–जीवजन्तुबीचको द्वन्द्व बढ्दै

बाँके क्षेत्र नं १ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्रमुख चुनावी मुद्दा बन्दै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
रुपैडिहामा फोहोर व्यवस्थापन संकट

रुपैडिहामा फोहोर व्यवस्थापन संकट

March 24, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा एसईई परीक्षा तयारी पूरा, यसवर्ष नौ हजार ६८३ परीक्षार्थी

March 24, 2026
रुपैडीहामा नेपाल–भारत मैत्री होली मिलन

रुपैडीहामा नेपाल–भारत मैत्री होली मिलन

March 23, 2026
अमेरिकी सहयोगमा ‘उद्यमशीलता सीप विकास’

अमेरिकी सहयोगमा ‘उद्यमशीलता सीप विकास’

March 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version